मन्दिरमा भक्तालुजनको घुइँचो !
पूजापाठ, स्वस्तिशान्ति, भाकल, भोजभतेर र तीर्थव्रतमा धन खर्च !!
प्रश्न – यो सब केका लागि गर्दै हुनुहुन्छ ?
उत्तर- पुण्यप्राप्ति, मन शान्ति !!!
उनीहरूको भित्री चाह थाहा पाएको मूर्तिको मुस्कुराहट ।
भित्तामासँगै झुण्डिइरहेको भित्तेपात्रो तस्वीरलाई भन्दै थियो – “तिम्रो जस्तो जिन्दगी नि के जिन्दगी। न कहिल्यै रूप फेर्नु छ न कहिल्यै फर्कनु छ। हामीलाई हेर हामी प्रत्येक महिना नयाँ-नयाँ रङ्ग रूपमा सजिएर बस्छौँ।”
पहाडको टाकुरोको नजीक भएको ढुङ्गोले फेदीमा पटक-पटक आएर ठोक्किइरहने समुद्री छालतिर हेर्दै ओठ लेब्र्यायो र भन्यो – “जतिसुकै प्रयास गर तर तैँले मलाई भेट्न सक्दैनस्।”