आँखा तरेर कसोरी सहमति होला
गाली सुन्न आज, को तयार होला
आफ्नै घरमा कुरा मिलेन रे तिनको
आशैआशमा विजोग भयो सबको ।
तित्राको मुख भनेर मुख धुन्न नमिल्ने
लोकतन्त्रमा बोल्ने हक छिन्न झनैँ नमिल्ने
मान्छे ताक्ने बन्दुक फ्याक भन्नुपर्या छ
दोष जति अरूलाई दिई मन लाग्दो गर्या छ ।
कलङ्की, काठमाडौँ
युवामञ्च २०६७ चैत
