राजेश रुम्बा लामा
बिना कारण् रुन्छ यो मन
“गज़ल”
बिना कारण् रुन्छ यो मन,किन किन कुनै बेला
सारै बैमान् हुन्छ यो मन किन किन कुनै बेला
–
कस्तो मन यो बोकेँ मैले, आफैलाई दिक्का लाग्ने
आँशु भै चुहुन्छ यो मन,किन किन कुनै बेला
–
नदी जस्तै बग्छ अनि,वादल् जस्तै उड्छ पनि
ओँठ्को खुशी थुन्छ यो मन,किन किन कुनै बेला
–
माकुरी झैँ आफ्नैसंसार,बनाउला जस्तै गरि
खै!त्यस्तै जाल बुन्छ यो मन,किन किन कुनै बेला
राजेश रुम्बा लामा “अतृप्त”
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो
“गीत”
नखाएको बिष पनि,खाए सरी पारि दियो
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो
–
कुन शब्दले पोखाउँ पिडा,भाछु पिरले लाछी सरि
भेल पछिको बगरमा,तड्पीने त्यो माछी सरि
सहन्थें दु:ख यो मुटुले,तिर हानेर झारी दियो
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो
–
नखाएको बिष पनि,खाए सरी पारि दियो
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो
………………….
कसको बिश्वाश भो र अब,आफ्नैले ठगे पछी
अन्तिम घडी न-आइपुग्दै,आर्यागाट लगे पछी
साथ् जुनी नबिर्सिने,पिरको मलाई भारि दियो
बाँच्ने रहर हुँदा हुँदै निर्मोहीले मारी दियो
–
तिम्रो ओंठको मुस्कान मेरो चाह त्यहि हो……..
जल्दै छ यो मुटु तिम्रो सम्झनामा देखाऊँ म को सामु ?
मेरो पीडा बुझ्ने तिमी टाढा भयो पोखाऊँ म को सामु ?
आफ्नै आँशु पनि शीत झैँ भयो अहिले, सुकेछ मूल पनि
पत्थर लाग्यो सारा तिम्रो साथ नहुँदा, सारो भो फूल पनि
जति टाढा हुनु तिमी मेरो आकाश, शिरमा जून राख है
तिम्रो निम्ति प्रिय रित्याई दिन्छु नस, चाहेमा खून माग है
हल्लै हल्लामा चलेको देश नेपाल
सडकको किनारमा एक अधबैसें लोग्ने मान्छेको लाश शरीरैभरि घाउ बोकेर मुडा झैँ लडेको छ । । वरपर त्यो लाश हेर्ने मान्छेको भीड देखिन्छ । पुलिसहरू पनि त्यो लाशको मुचुल्का उठाउदै छन् । पत्रकारहरू पनि आफ्नो नोट बुकमा त्यहाँको रिपोर्ट तयार पार्दै छन्, कोही त्यो लाशको तस्बिर कोण-कोणबाट आफ्नो क्यामरामा कैद पार्दै छन् । कोही पत्रकारहरू त्यहाँको बस्तु स्थिति प्रत्यक्ष प्रसारण गर्नका निम्ति लागि परेका छन् । कसैलाई थाहा छैन त्यो कसको लाश हो र कसरी सडकको किनारमा आफ्नो देह बिसायो ।
नभेटे रै साटिएछन,प्रिय हाम्रो मन
“गीत”
सयौं डाँडा तगारो छन्,अलग हाम्रो ज्यान
नभेटे रै साटिएछन,प्रिय हाम्रो मन |
______________________
बिधाताको लेखन हो या,कुन जुनीको पाप हो
अलग बसी तड्पिनु, के माया अभिशाप हो ?
तिम्रो यादमा रुन्छु हाँस्छु,कस्तो पागल पन
नभेटे रै साटिएछन,प्रिय हाम्रो मन |
सयौं डाँडा तगारो छन्……………………..
__________________________
मनमा हुरी चल्छ सानु,डर नि लाग्छ धेरै
टाढा छौ तिमी तर,भर नि लाग्छ धेरै
तिम्रै साथ् घुमौं लाग्छ डांडा पाखा वन
नभेटे रै साटिएछन,प्रिय हाम्रो मन |
___________________________
सयौं डाँडा तगारो छन्,अलग हाम्रो ज्यान
नभेटे रै साटिएछन,प्रिय हाम्रो मन |
सुझाब
कातिकको महिना मौसम पनि निक्कै रमाइलो थियो, बाहिरको कोलाहालले नमिठोसँग चिथोरिंदा म भातको गाँस मुखमै राखी बाहिर कुदेँ । म छाँगाबाट खसे झैं भो जब मेरो लुते कुकुरलाई छिमेकी गाउँको एउटा भुत्ते कुकुरले जमिनमा धसार्दै थियो । हत्त न पत्त मैले त्यो भुत्ते कुकुरलाई ढुंगाली हानेर भगाएँ, केही क्षेणमै मेरो कुकुरको प्राणपखेरु उड्यो ।
मैले मात्रै नभई वल्लोपल्लो घरको सबैले निक्कै माया गर्थे मेरो कुकुरलाई। किनकि अरु कुकुर जसरी अन्त कतै जाने थिएन र घर गाउँमा स्याल पस्न दिने थिएन ।
आफ्नै जीवन आफैलाई,अहिले भार भयो
“गीत” घरकी छाडी अन्तै नजर,लाउँदा हार भयो आफ्नै जीवन आफैलाई,अहिले भार भयो ___________________________ बैंश छँदा… Read More »आफ्नै जीवन आफैलाई,अहिले भार भयो
तिम्रै रानी हुँ भन्नेले पार्यो मलाई रुनी
“गीत”
मन नदुखाऊ मेरो राजा,मौका मिल्द बोल्छु भन्थी
नखोलेको मनको कुरा त्यहि बेला,खोल्छु भन्थी |
_______________________________
उनको सामु पर्दा आज,अन्तै तर्कियो हो…….
थाहा छैन कुन शब्दले ,त्यो मन चर्कियो
हाम्रो प्रेम फूलाउनालाई,सबै जोखिम मोल्छु भन्थी
नखोलेको मनको कुरा त्यहि बेला,खोल्छु भन्थी |
_______________________________
कोमल लाग्थ्यो त्यो मन फूल झैं,किन बदल्यो कुनी
तिम्रै रानी हुँ भन्नेले पार्यो मलाई रुनी
सयौं जुनी आँशु हाँसो,एकापसमा घोल्छु भन्थी
नखोलेको मनको कुरा त्यहि बेला,खोल्छु भन्थी |
_______________________________
आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ जिउनु
“गीत” पटुकिले कस्नु गुनिउ लाज छोप्न च्याते सिउनु आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ… Read More »आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ जिउनु
