राजेश रुम्बा लामा
सागर जस्तै गहिरो पहाड जस्तै अटल हामी दुइ हुनु पर्छ है
“गीत” सागर जस्तै गहिरो पहाड जस्तै अटल हामी दुइ हुनु पर्छ है चिर्न सक्ने बादल… Read More »सागर जस्तै गहिरो पहाड जस्तै अटल हामी दुइ हुनु पर्छ है
तिम्रो चाह बोक्छ यो मन चारैतिर घुम्छ
मलाई जस्तै तिमीलाई पनि त्यस्तै हुनी भए
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
तिम्रो चाह बोक्छ यो मन चारैतिर घुम्छ
नभेट्दा कतै तिमी आँशुले परेली चुम्छ
साँच्चै याद आउँदा मेरो मुटु छुनी भए
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
थाहा त थियो तिमीलाई पनि एक्लै हुन्छ भन्ने
तिम्रो अभाब हुँदा खेरि खोज्दै रुन्छ भन्ने
किन नाटक गर्यो सानु त्यो मन खुनी भए ?
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
मलाई जस्तै तिमीलाई पनि त्यस्तै हुनी भए
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
–राजेश रुम्बा लामा “अतृप्त”
जल्न खोजे नसम्झिनु तिमीले खुशी पा’देखि
“गीत”
मलाई दुख्दा हाँस्यौ आज,तिमीलाई दुख्दा रुन्थें म
तिम्रो निम्ति खुशी ल्याउन,अनेक कुरा गुन्थें म
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
मलाई के थाहा तिम्रो दुखाइ,आफु डुब्ने ताल हो भन्ने
दु:ख बिसाई खुशी खोस्ने,निर्मुहीको चाल हो भन्ने
बर्षाद पछी लाली ल्याउन,बलेसी भै चुन्थें म
तिम्रो निम्ति खुशी ल्याउन,अनेक कुरा गुन्थें म
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
जल्न खोजे नसम्झिनु तिमीले खुशी पा’देखि
मात्र मुटु दुखेको हो,झुटो माया ला’देखि
तिमीलाई थ
शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत
“गीत” ऋण-गुण दिलाई छाड्यो,निष्ठुरीकै भयो जित शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~ सामिप्यमा हुँदा… Read More »शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत
मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ
गीत- धेरै गयो तिज,दसैं,पुगेछैन माइत गाउँ मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ अरु जान्छन कुम… Read More »मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ
हरेक प्रहार खप्ने गर्थें रुन्थें बरु एक्लै बसी
“गीत” जुनी भरि घायल पार्ने मलाई रोग दिलाएर किन जान खोज्छौ सानु मलाई जहर पिलाएर… Read More »हरेक प्रहार खप्ने गर्थें रुन्थें बरु एक्लै बसी
टाढा-टाढा अझै टाढा,जाँदा हुन्छ सानु
“गीत” टाढा-टाढा अझै टाढा,जाँदा हुन्छ सानु सम्झना नि चाहिन्न भो,लाँदा हुन्छ सानु ———————————— सम्झनामा तडपिएर… Read More »टाढा-टाढा अझै टाढा,जाँदा हुन्छ सानु
अपनाउ भने बाधा लाग्छ,छोडाउ पाप लाग्छ
“गजल” स्थाई अन्तर मिलाएर,गीत लेखाउँ कि सानु अजम्बरी हामीदुइको,प्रीत लेखाउँ कि सानु / ““““““““““““““““““““““ अपनाउ… Read More »अपनाउ भने बाधा लाग्छ,छोडाउ पाप लाग्छ
समालेर बस्नु पर्छ,हुन्छन जाने आउने
“गीत” धेरै हुन्छन बैंसा छान्दा,हामीलाई नजर लाउने समालेर बस्नु पर्छ,हुन्छन जाने आउने “““““““““““““““““““““ कुनै बेला… Read More »समालेर बस्नु पर्छ,हुन्छन जाने आउने
