Skip to content

राजेश रुम्बा लामा

उमेर बढ्यो बैंश चढ्यो

  • by

उमेर बढ्यो बैंश चढ्यो जवानीलाई नरोक
सारा वैंश देऊ यतै लगानीलाई नरोक

चल्छ जीवन् हाम्रो अब यसै उसै माया गरी
प्यास लाग्दा तिम्ले दिने पानीलाई नरोक

मेरो देश सुन्दर छे र सु-सम्पन्न छे

  • by

कसैले कस्तो देख्लान
कसैले बेग्लै देख्लान
र कसैले रुँदै गरेको देख्लान
तर म देख्ने गर्छु
मेरो देश सदा सुन्दर र
बसन्तको नयाँ पालुवा झैं

मातृभूमिको झझ्ल्को

  • by

प्रभातको शुन्यलाई चिर्दै
जब घाम मध्यान्तरमा पुग्थ्यो
टावरहरू तातो घामले डढ्दै
तातै बालुवाको लेप लगाउँदै
सडक् वरिपरि उभिएका
खजुरका बोटहरूलाई छल्दै

ए कान्छी तिम्रो त्यो (युगल गीत)

  • by

केटा: ए कान्छी तिम्रो त्यो अधरै राम्रो ….
केटी: भो कान्छा तिम्रो त्यो नजरै राम्रो ………

केटा:
जिउडाल हेर्दा लोभै लाग्दो शिर सुन्दर हिम झैं
रित्याएर आफ्नो संसार तिमIलाई नै दिम झैँ
केटी :
कोमल रहेछ त्यो दिल तिम्रो उस्तै मोहनी बोली
मलाई पनि दिम झैं लाग्यो सारा दिल खोली

जति टाढा रहोस यो ज्यान

  • by

जति टाढा रहोस यो ज्यान याद गाउँ घरको,
उस्तै माया लाग्छ सानु भञ्ज्याङ् पिपल-वरको

बादलु भै माथि उडी आकास टेक्न पाए,
नपुगे रै हुन्थे खुशी गाउँ घर देख्न पाए,
जाईजुई सुनगाभा त्यस्तै माया खरको
उस्तै माया लाग्छ सानु भञ्ज्याङ् पिपल-वरको

म कहाँ हराउनु र ?

  • by

म कहाँ हराउनु र ? नेपथ्य्यमा हेर्दै थिएँ
गजब लाग्यो तिम्रो नाटक र त दिलमा कोर्दै थिएँ

चिन्नु थियो तिम्रो रंग जहाँ म घोल्नु थियो
विश्वासको पर्खाल देखे मनको कुरा खोल्नु थियो
मुखै मात्रै रहेछ तिम्रो र त यो मन सेर्दै थिएँ
गजब लाग्यो तिम्रो नाटक र त दिलमा कोर्दै थिएँ

उराठ यो जिन्दगीमा रङ्ग छैन

  • by

उराठ यो जिन्दगीमा रङ्ग छैन
आशाहरू मरिसके उमङ्ग छैन

खुसी हुन भाग्यमा नै हुनुपर्छ
अभागी छु दु:ख मात्रै छुनुपर्छ
मेरो आकाशमा नौ गंगा छैन
त्यसैले त यो मन् चङ्गा छैन

अनियासै मुटु दुख्छ फुट्छ आँशु ताल

बादलुले छाई दिंदा मनको खोला नाला
अनियासै मुटु दुख्छ फुट्छ आँशु ताल

जति उमेर ढल्दै गयो बोझ बढेपछि
धमेरा नै सल्कियो आज बैशा ढलेपछि
जति मरी मेटे पनि भैयो रित्तो ढाला
त्यसैले त दुख्छ मुटु फुट्छ आँशु ताल

देशको परिवर्तनको लागि मैले एउटा लडाईँ छेड्नु छ

  • by

यो म नै हुँ त?
हो त
म छामछाम् छुमछुम गर्छु
सबै सबै अङ्गहरू सग्लै रहेछन्
म त क्षतविक्षत थिएँ
कसरी कसरी पुर्ण र सग्लो भएछु
हिजो सम्म म यहि क्षत् विक्षत् शरीरलाई
लाशहरूको थुप्रोमाथि चढाउँदै थिएँ

RajeshRumbaLama-03

म प्रतिकार गर्छु

स्वाभिमान ओढेर
म विचारको पहाड बोकेर
सफलताको शिखर चुम्न
जसै लम्किन्छु
एक हुल ईच्छा आकांक्षा बाटो छेक्दछ
म विचारको पहाड नबिसाई
बाटो छोड्न भन्दछु

बोक्सी

  • by

आफू जन्मी-खेली हुर्किएको बाग झैँ लाग्ने ती बस्ति आज जीवनको उत्तरार्धमा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरी ब्यक्त गरौँ यी समाज र ढडेन झैँ लाग्ने मेरो मनको कथा व्यथा । हो साँच्चै कुनै ढडेन भन्दा कम छैन मेरो मन भनौँ जीवन । जहाँ कुनै फूलहरू मुस्कुराउँदैनन् । तर, तर सबै भोग्न, हेर्न अनि बाँच्न विवश छु ।

मसँगको यात्रा गर्दा

  • by

मसँगको यात्रा गर्दा, असिम सुख पाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

अनायसै मसँगको मायाजालमा परेपछि
मेरो हात समाई हिड्ने प्रण तिम्ले गरेपछि
नलाउ माया भन्दा भन्दै, खुसीसाथ लाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

सामाजिक कथा “कहाँको बोक्सी हुनु?.!”

आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ति आज जिबनको उतार्दामा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ |खै कसरि ब्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको कथा व्यथा | हो साँच्चै कुनै ढडेन भन्दा कम छैन मेरो मन भनौ जिबन | जहाँ कुनै फूलहरु मुस्कुराउँदैन| तर.तर सबै भोग्न,हेर्न अनि बाँच्न बिबश छु |