Skip to content

राजेश रुम्बा लामा

RajeshRumbaLama-02

उनले अन्तै तन दिएछ

फूललाई मैले मन पराए थेँ, फूलले अन्तै मन दिएछ
सुनाउँदै थिइन् हाँस्दै आज, उनले अन्तै तन दिएछ

उसलाई हाँसो खुशी दिनु मेरो पनि चाहना थियो
उसले हाँस्दा म नि हाँसे त्यो त एउटा बहाना थियो
पापी नजर लाग्ला लाग्थ्यो तर कसैलाई यौवन दिएछ
सुनाउँदै थिइन् हाँस्दै आज, उनले अन्तै तन दिएछ

दुवै मिली सामन्तको पर्खाल छेड्नु पर्थ्यो

यस्तो लाग्यो तिम्लाई भेट्दा पहिलै भेट्नु पर्थ्यो
दुवै मिली सामन्तको पर्खाल छेड्नु पर्थ्यो

मिल्दो रैछ विचार हाम्रो चाह पनि उस्तै
छातीभित्र उर्लिरहने बह पनि उस्तै
एकार्काको हात समाई क्षितिज टेक्नु पर्थ्यो
दुवै मिली सामन्तको पर्खाल छेड्नु पर्थ्यो

पश्चतापको आहालमा डुब्दैछ शेरे (कथा)

एकाबिहानै शेरे कागजको कपमा कफी पिउँदै कल्पनाको सागरमा डुबुल्की मार्दैछ । । वरिपरि गगनचुम्बी महलहरू (टावरहरू) बिचको ६५ तले टावरको ग्राउण्ड फ्लोरमा गल्फ कम्पनीको एउटा क्यापेट एरियामा ऊ सोच मग्न छ। कहिले कफीको सुर्की लिन्छ कहिले निक्कै बेर सोचमा डुबिरहन्छ । शायद ऊ हिजो हिडेकोबाटोहरू अनि हिंड्दै जाँदा पुगेका दोबाटो, चौबाटो, घुम्ती र कुइनेटोमा ठोकिएका पलहरूले झस्किदै छ र त क्षण क्षणमै सोच भङ्ग गर्दै त्यसको झोकमा कफीको सुर्की कसेर तान्छ। नझस्किनु पनि कसरी ? घरदेश छाडेर प्रदशको यो मरुभूमि, बालुवाको खानीमा पाइला टेकेको पनि १० औं वर्षा बितिसकेछ ।

यस्तो लाग्छ हामी दुईको ढुकढुकीको ताल उस्तै

  • by

यस्तो लाग्छ हामी दुईको ढुकढुकीको ताल उस्तै
एक दिनको बिछोडमा नि हामी दुईको हाल उस्तै

चखेवाको जोडी जस्तै नछुटेर बसौं जस्तो
प्रेमको डोरी कस्दादुख्छ तर पनि कसौं जस्तो
घाम बिनाको दिन रुन्छ हाम्रो पनि चाल उस्तै
एकदिनको बिछोडमा नि हामी दुइको हाल उस्तै

तिमी रुँदा आँशु मैले झार्नु पर्थ्यो

  • by

तिमी रुँदा आँशु मैले झार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठको मुस्कान मार्नु पर्थ्यो पहिले

आज भोलि कुनै पीडा हुन्न तिमी रुँदा
अभिनय पो गर्यो लाग्छ तिमी दुखी हुँदा
त्यता दुख्दा यता मुटु गाँठो पार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठको मुस्कान मार्नु पर्थ्यो पहिले

हैमा हार्ङ्लान सारी तैला (तामाङ गीत)

  • by

हैमा हार्ङ्लान सारी तैला पाङ्बा ङाला टु’जे
हैमा हार्ङ्लान ख्लारी न्हेला पाङ्बा ङाला सु’जे

नाख्रु म्हुसी टु तसी तैलाई म्हिला सारी
हैमा बिलाई अज्याबा बचन हामा ङाला नारि
यार्गो एला नाम्सा पाङ्बा छोर्बा तुजु म्हु’जे
साँच्चिन यार्गे हार्ङ्ला ख्लारी पाङ्बा ङाला सु’जे

आज भोलि कुनै पीडा हुन्न तिमी रुँदा

तिमी रुंदा आँशु मैले झार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठकोमुस्कान मार्नु पर्थ्यो पहिले

आज भोलि कुनै पीडा हुन्न तिमी रुँदा
अभिनय पो गर्यो लाग्छ तिमी दुखी हुँदा
त्यता दुख्दा यता मुटु गाँठो पार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठकोमुस्कान मार्नु पर्थ्यो पहिले

किन मलाई यस्तो हुन्छ तिमी आफै जान
फर्किएर हेर्ने गर्नु स्मृतिका पाना
मलाई दुख्दा त्यसै हाँसी टार्नु पर्थ्यो पहिले
तिमीलाई दुख्दा ओंठकोमुस्कान मार्नु पर्थ्यो पहिले

तिमी रुंदा आँशु मैले झार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठकोमुस्कान मार्नु पर्थ्यो पहिले

राजेश रुम्बा लामा ”अतृप्त”

कुन पलको गीत लेखौं

  • by

कुन पलको गीत लेखौं, साँझको हो या रातको
घाम हराएको दिनको हो या, शुन्य त्यो प्रभातको

कयौं पलको लेखिसकें गाउन पनि गाएँ
रङ्गमञ्चमा हुन्छु एक्लै हेर्ने धेरै पाएँ
मिलन त त्यो नाटक थियो के लेखौं गीत साथको
शितको थोपा नचम्केको शुन्य त्यो प्रभातको

सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय

सपना फुल्ने ति नयनमा आँशु नपार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय

साँच्नु बरु धेरै रहर सारा जगत हेर्छु भनि
काँडेयुगलाई बदलेर फूलको भेषमा फेर्छु भनि
दरो बनाउ इच्छ्या शक्ति कहिल्यै नहार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय

जहाँ इक्छ्या त्यहीं उपाय यदि तिमीले चायो भने
बन्नु पर्छ बतास तिमी मनमा बादल छायो भने
गर्दा सबै पुरा हुन्छ चाह नमार्नु प्रिया
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय

सपना फुल्ने ति नयनमा आँशु नपार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय

राजेश रुम्बा लामा “अतृप्त”

यही मझेरी काफी छ

यही मझेरी काफी छ, अन्त नफुल्नु है
जंघार तर्दा दोभानमा, मलाई नभुल्नु है

सँधैभरि तिम्रै निम्ति, बनिदिम्ला माली
हाँसी खुशी फुलै रहने, बनिदिम्ला डाली
जिन्दगीको खोलि यो, सँगै तरम् न है
गाम-बेसी र मेला पात, सँगै गरम् न है

आफ्नै बागमा फुले पनि खुशी भागे झैं

“गीत”
आफ्नै बागमा फुले पनि खुशी भागे झैं
उदास देख्छु तिम्रो मुहार,केहि मागे झैं

बैशालु त्यो काँडाले कतै कोर्यो कि
निर्मोहीले जालमा पारि यौवन चोर्यो कि
छाती दुख्दा त्यहि पीडाले सिमा नागे झैं
उदास देख्छु तिम्रो मुहार,केहि मागे झैं

केछ त्यस्तो मनमा पीडा भए मलाई भन
हल्का हुन्छ मनको बोज बिन्ति भने मान
नसम्झिनु मौका छोपी लिन लागे झैं
थोरै भाको खुशी पनि मैले मागे झैं

आफ्नै बाग्म फुले पनि खुशी भागे झैं
उदास देख्छु तिम्रो मुहार,केहि मागे झैं

राजेश रुम्बा लामा “अतृप्त”

मुक्तकहरु – कट्टुको जुम्रा टुप्पीमा पुग्दा,औगात भुल्छ भन्थे मान्छेले

१)
हेर्न त हेर्यो जूनले, खै कस्लाई हेर्यो थाहा छैन
फिँजाएर किरण उस्ले, खै कस्लाई बेर्यो थाहा छैन
हरेक साँझ हेर्छु म, बोलाउने नि गर्छु उस्लाई
निशब्द भै टोलाउछिन, खै कस्लाई टेर्यो थाहा छैन ।

केहि मुक्तकहरु

१)
तिमीले लाउनी चोली र सारी मन पर्छ
घोर्ले स्याल लुकी बस्ने बन घारी मन पर्छ
भन्न त नहुने हो तर भन्नै मन लाग्छ हौ सानी,
तिमीले बोकी हिँड्ने त्यो क्या…भारी मन पर्छ ।

जल्थें होला कुनै बेला,तिमीलाई आफ्नो ठान्दा

“गीत”
छाडी जाने निष्ठुरी तिम्रो यादले जल्यो नठान
भाछु चट्टान तिम्रो घातले,अहँ ! ढल्यो नठान
~
जल्थें होला कुनै बेला,तिमीलाई आफ्नो ठान्दा
आफ्नो मुटु भन्दा पनि तिमीलाई प्यारो मान्द
रोक्यो पाइला म बिना साँच्चै गल्यो नठान
भाछु चट्टान तिम्रो घातले,अहँ ! ढल्यो नठान
~
तिमीले मलाई छल गरेर बरु जिउन जानेको छु
फाट्न खोज्दा जिन्दगि यो आफै सिउन जानेको छु
भोमारीमा पर्यो कठै!लक्ष्य देखि छल्यो नठान
भाछु चट्टान तिम्रो घातले,अहँ ! ढल्यो नठान
~
छाडी जाने निष्ठुरी तिम्रो यादले जल्यो नठान
भाछु चट्टान तिम्रो घातले,अहँ ! ढल्यो नठान
~
राजेश रुम्बा लामा “अतृप्त”

यस्तो लाग्यो जिन्दगीमा,अब कुनै बहर छैन

“गीत”
यस्तो लाग्यो जिन्दगीमा,अब कुनै बहर छैन
आँधी आइ बगाइ लग्यो,मेरो कुनै सहर छैन
______________________________
घामको मुख नदेखे रै,गोधुलि साँझ आइ छाउँदा
रित्तो जिबन जिउंदैछु म,लाखौँ-लाख प्रहार पाउँदा
कोपिला मै ओइलियो यो मन,फुल्ने रहर छैन
आँधी आइ बगाइ लग्यो,मेरो कुनै सहर छैन
______________________________
यस्तो लाग्यो जिन्दगीमा,अब कुनै बहर छैन
आँधी आइ बगाइ लग्यो………………..
____________________
आफ्नो भन्ने छैन कोहि,एक्लै पारि गयो सबै
बिपतिमा पर्या देखि,माया मारी गयो सबै
सम्झनाको सागर सुक्यो,बग्ने अब लहर छैन

ङ्हाछ्याङ सोसी थप्राउ (तामाङ् भाषाको गजल)

ङ्हाछ्याङ सोसी थप्राउ धरेम,ङैनु जागीर चाबान मुला
होस लाउ या वा ओई साईली,लाहुर तसि ङा खाबान मुला

तिल्माका ङा लुते मुबाम्,चा आम्याङमबाला मकर राङ्बा,
तन्देम छोसी ल्हुन्दि राङ्,निक्कै घोर्ले ताबान मुला