राजेश रुम्बा लामा
पश्चतापको आहालमा डुब्दैछ शेरे (कथा)
एकाबिहानै शेरे कागजको कपमा कफी पिउँदै कल्पनाको सागरमा डुबुल्की मार्दैछ । । वरिपरि गगनचुम्बी महलहरू (टावरहरू) बिचको ६५ तले टावरको ग्राउण्ड फ्लोरमा गल्फ कम्पनीको एउटा क्यापेट एरियामा ऊ सोच मग्न छ। कहिले कफीको सुर्की लिन्छ कहिले निक्कै बेर सोचमा डुबिरहन्छ । शायद ऊ हिजो हिडेकोबाटोहरू अनि हिंड्दै जाँदा पुगेका दोबाटो, चौबाटो, घुम्ती र कुइनेटोमा ठोकिएका पलहरूले झस्किदै छ र त क्षण क्षणमै सोच भङ्ग गर्दै त्यसको झोकमा कफीको सुर्की कसेर तान्छ। नझस्किनु पनि कसरी ? घरदेश छाडेर प्रदशको यो मरुभूमि, बालुवाको खानीमा पाइला टेकेको पनि १० औं वर्षा बितिसकेछ ।
आज भोलि कुनै पीडा हुन्न तिमी रुँदा
तिमी रुंदा आँशु मैले झार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठकोमुस्कान मार्नु पर्थ्यो पहिले
आज भोलि कुनै पीडा हुन्न तिमी रुँदा
अभिनय पो गर्यो लाग्छ तिमी दुखी हुँदा
त्यता दुख्दा यता मुटु गाँठो पार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठकोमुस्कान मार्नु पर्थ्यो पहिले
किन मलाई यस्तो हुन्छ तिमी आफै जान
फर्किएर हेर्ने गर्नु स्मृतिका पाना
मलाई दुख्दा त्यसै हाँसी टार्नु पर्थ्यो पहिले
तिमीलाई दुख्दा ओंठकोमुस्कान मार्नु पर्थ्यो पहिले
तिमी रुंदा आँशु मैले झार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठकोमुस्कान मार्नु पर्थ्यो पहिले
राजेश रुम्बा लामा ”अतृप्त”
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय
सपना फुल्ने ति नयनमा आँशु नपार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय
–
साँच्नु बरु धेरै रहर सारा जगत हेर्छु भनि
काँडेयुगलाई बदलेर फूलको भेषमा फेर्छु भनि
दरो बनाउ इच्छ्या शक्ति कहिल्यै नहार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय
–
जहाँ इक्छ्या त्यहीं उपाय यदि तिमीले चायो भने
बन्नु पर्छ बतास तिमी मनमा बादल छायो भने
गर्दा सबै पुरा हुन्छ चाह नमार्नु प्रिया
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय
–
सपना फुल्ने ति नयनमा आँशु नपार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय
–
राजेश रुम्बा लामा “अतृप्त”
आफ्नै बागमा फुले पनि खुशी भागे झैं
“गीत”
आफ्नै बागमा फुले पनि खुशी भागे झैं
उदास देख्छु तिम्रो मुहार,केहि मागे झैं
–
बैशालु त्यो काँडाले कतै कोर्यो कि
निर्मोहीले जालमा पारि यौवन चोर्यो कि
छाती दुख्दा त्यहि पीडाले सिमा नागे झैं
उदास देख्छु तिम्रो मुहार,केहि मागे झैं
–
केछ त्यस्तो मनमा पीडा भए मलाई भन
हल्का हुन्छ मनको बोज बिन्ति भने मान
नसम्झिनु मौका छोपी लिन लागे झैं
थोरै भाको खुशी पनि मैले मागे झैं
–
आफ्नै बाग्म फुले पनि खुशी भागे झैं
उदास देख्छु तिम्रो मुहार,केहि मागे झैं
–
राजेश रुम्बा लामा “अतृप्त”
जल्थें होला कुनै बेला,तिमीलाई आफ्नो ठान्दा
“गीत”
छाडी जाने निष्ठुरी तिम्रो यादले जल्यो नठान
भाछु चट्टान तिम्रो घातले,अहँ ! ढल्यो नठान
~
जल्थें होला कुनै बेला,तिमीलाई आफ्नो ठान्दा
आफ्नो मुटु भन्दा पनि तिमीलाई प्यारो मान्द
रोक्यो पाइला म बिना साँच्चै गल्यो नठान
भाछु चट्टान तिम्रो घातले,अहँ ! ढल्यो नठान
~
तिमीले मलाई छल गरेर बरु जिउन जानेको छु
फाट्न खोज्दा जिन्दगि यो आफै सिउन जानेको छु
भोमारीमा पर्यो कठै!लक्ष्य देखि छल्यो नठान
भाछु चट्टान तिम्रो घातले,अहँ ! ढल्यो नठान
~
छाडी जाने निष्ठुरी तिम्रो यादले जल्यो नठान
भाछु चट्टान तिम्रो घातले,अहँ ! ढल्यो नठान
~
राजेश रुम्बा लामा “अतृप्त”
यस्तो लाग्यो जिन्दगीमा,अब कुनै बहर छैन
“गीत”
यस्तो लाग्यो जिन्दगीमा,अब कुनै बहर छैन
आँधी आइ बगाइ लग्यो,मेरो कुनै सहर छैन
______________________________
घामको मुख नदेखे रै,गोधुलि साँझ आइ छाउँदा
रित्तो जिबन जिउंदैछु म,लाखौँ-लाख प्रहार पाउँदा
कोपिला मै ओइलियो यो मन,फुल्ने रहर छैन
आँधी आइ बगाइ लग्यो,मेरो कुनै सहर छैन
______________________________
यस्तो लाग्यो जिन्दगीमा,अब कुनै बहर छैन
आँधी आइ बगाइ लग्यो………………..
____________________
आफ्नो भन्ने छैन कोहि,एक्लै पारि गयो सबै
बिपतिमा पर्या देखि,माया मारी गयो सबै
सम्झनाको सागर सुक्यो,बग्ने अब लहर छैन

फूललाई मैले मन पराए थेँ, फूलले अन्तै मन दिएछ