Skip to content

मेरो सामु नआऊ अब

  • by


परायाको सिन्दुर हाली मेरो सामु नआऊ अब
अरुसँग मलाई जस्तै झुटो माया नलाऊ अब

सुहागरातको बिछ्यौना तिम्रो प्रिय हुन्छ जब
सतीत्वको स्वाङ् पारी उसलाई पनि नदाऊ अब

शिशिरको घाम बनी तिम्रो खसम आउँछ जब
मुटु धस्ने कटारी झै तिखो कसम नखाऊ अब

नारी बिना सस्तो जीवन खल्लो यौवन सुन्य रहेछ
मलाई जस्तै उसलाइ पनि चटकमा नचाऊ अब

किन्चित् हासो कुण्ठित् माया प्रेयसीहरुको सब
बिर्सिएर प्रियसीका बस्तीहरु सँगम नजाऊ अब

दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *