अनेसास नवोदित साहित्यिक वाचन शृंखला शुआरम्भ

  • by
20110411_TirthaSangamRai_News-01


तीर्थ संगम राई
दोहा, कतार ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कतार च्याप्टर र नवोदित साहित्यिक मोबाईल पुस्तकालय, कतारको संयुक्त आयोजनामा संचालन भएको साहित्यिक वाचन शृंखलाको पहिलो शृंखला यही ०८ अप्रिल २०११ नेशनल स्थित टपफम रेष्टुरेण्टमा भब्यताका साथ सम्पन्न भयो । साहित्यलाई जसरी सम्मान गरिन्छ त्यसरी नै सम्मानपूर्वक श्रवण पनि गरिनु पर्छ भन्ने उदेश्यका साथ यो शृंखलात्मक वाचन सुरु गरिएको हो ।

दोहामा छरिएर रहेका सिर्जनाधर्मीहरूको निश्चित मिलनबिन्दु र हरेक शृंखलामा वाचन गरिएका उत्कृष्ट रचनाहरूलाई रचनाकारको स्वरमा रकर्ड गर्दै, एक अर्कामा सिर्जना आदान प्रदान गर्ने अर्को उदेश्य रहेको छ । हरेक महिनाको दोस्रो शुक्रबार पारेर थालनी गरिएको यो पहिलो शृंखलाका संयोजक दीपक भेट्वाल रहनुभएको थियो । हरेक महिना फरक-फरक संयोजक रहने यस शृंखलामा आगामी महिना र शृंखलाका लागि संयोजक चर्चित ढुंगेल चयन भएका छन् ।

यस शृंखलाको अर्को आकर्षण पक्ष रहेको छ – नौलो प्रस्तुति र साहित्यिक वातावरण । रचना वाचन, साहित्यिक वहस र अन्तरक्रिया अनि परिचायत्मक क्रमसँगै हरेक शृंखलामा बिभिन्न पेशा र क्षेत्रका बिशेष ब्यक्तित्वहरूलाई बोलाएर रचना श्रवण गराईनेछ ।

यो पहिलो शृंखलामा बिशेष व्यक्तित्वको रुपमा राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका सह-सम्पादक दीपक पौडेल र प्रवास साप्ताहिक कान्तिपुरका अरव संयोजक दीनेश रेग्मी रहनु भएको थियो ।

४९ जना साहित्य अनुरागीहरूको उपस्थित यस शृंखलामा बिभिन्न बिधाका २५ जना सर्जक र स्रष्टाहरूले आफ्ना साहित्यिक रचना बाचन गरेका थिए । मनग्ये रुपमा महिलाहरू पनि उपस्थित रहेको उक्त शृंखलामा गजलकार दुःखी दीपक राजबंशी पराईको गजल संग्रह “भावना” पनि दोहाका स्रष्टाहरू हेमन्त परदेसी, सेलीङ केसी, भानु सुनुवार र दीपक पौडेलको हातबाट लोकार्पण गरियो । संग्रहका बारेमा हेमन्त परदेसीले बोल्नु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा मोवाईल पुस्तकालयका निवर्तमान सचिव र हालका संयोजक ईश्वर दाहाल कविजीलाई संस्थागत औपचारिक बिदाई गरिएको थियो ।

संस्थाका प्रथम उपाध्यक्ष कृष्ण क्षितिज राईले कदरपत्र, र संस्थाका पदाधिकारीहरूले संयुक्तरुपमा मायाँको चिनो प्रदान गरेका थिए । ईश्वर दाहाल कविजी कतार नआउँने गरी नचाँडै नेपाल फिर्दै हुनुहुन्छ । कविजीसँगको पहिलो भेटदेखि हालसम्म गरेको साहित्य संघर्षको लामो कथा भनिरहँदा रेगिस्तानी कवि तीर्थ संगमको आँखा आँशुले निथ्रुक्क भिजेको थियो । यो दृश्य र कविजीको साहित्यिक योगदान सुनेर उपस्थित सबैको मुहारमा पीडाको झल्को हेर्न लायक थियो ।

संस्थाको तर्फबाट कवितात्मक बिदाई राजेश्वर ढकालले गरेका थिए ।

बोल्ने क्रममा कविजीले समस्त सहयात्रीहरूलाई र दोहालाई कहिले पनि बिर्सन नसक्ने बताए । दोहामा सुरुवात गरेको साहित्यिक क्रान्तिलाई नरोक्न आग्रह गर्नुभयो । वहाँले भन्नुभयो, “यो वाचन शृंखलाको सुरुमा जति उत्साहित थिएँ, मेरो बिदाईले त्यतिनै भावुक बनाएको छ ।” र, आफ्नो अन्तिम रचना दोहालाई वाचन गरेर समर्पित गनुभयो ।

यो वाचन श्रृखला नवोदित साहित्यिक मोवाईल पुस्तकालयका महासचिव तीर्थ संगम राईले संचालन र समापन गरेका थिए ।

१. तीर्थ संगम राई
२. ईश्वर दाहाल कविजी
३. हेमन्त परदेसी
४. भानु सुनुवार
५. सेलीङ केसी
६. दीपक पौडेल
७. दीनेश रेग्मी
८. निराजन लुईटेल
९. सन्तोष निरौला
१०. अतृप्त कमल
११. दीपक राजबंशी
१२. प्रकाश गुरुङ
१३. श्रीकृष्ण भट्टराई
१४. महेन्द्र गुरुङ
१५. कृष्ण क्षितिज राई
१६. महेश्वर नेपाल
१७. पुर्ण बेघा
१८. चर्चित ढुङ्गेल
१९. ईन्द्रमणी नेपाल
२०. मुनाल भट्टराई
२१. अब्दुल रजाक
२२. अनिल लामा
२३. बिजय तामाङ
२४. अम्बर बहादुर गुरुङ
२५. भक्त बहादुर लामा
२६. जानेन्द्र प्रसाद अम्गाई
२७. भोजराज दाहाल क्याक्टस
२८. धीरज चाम्लिङ
२९. युगयोगी राई
३०. उद्धव राई
३१. रेखा राई
३२. राम कुमार राई
३३. आकाश पराजुली
३४. दल बहादुर मगर
३५. राजन सिंखडा
३६. प्रेम लामा
३७. शक्ति बहादुरक्षेत्री
३८. दीपक आचार्य
३९. दीलिप रेग्मी
४०. भीम बहादुर मगर
४१. दीपक परियार
४२. शोभाकर बिक
४३. केदार प्रसाद गैरे
४४. सैनिदिन मियाँ
४५. बिष्णु प्रसाद गैरे
४६. बीर बहादुर पाईजा
४७. सुर्य काफ्ले
४८. राजेश्वर ढकाल
४९. लक्ष्मण संकल्प

स्मरण रहोस्, यो शृंखला हरेक महिनाको दोस्रो शुक्रबार नेशनल स्थित टपफम रेष्टुरेण्टमा दिनको ३ बजेबाट सुरु हुनेछ । पहिलो शृंखलामा आउँनुहुने समस्त साहित्यप्रेमी अनुरागीहरू, सर्जकहरू र स्रष्टाहरूमा अनेसास कतार र नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै आउने शृंखलामा नयाँ तथा पुराना सबैलाई उपस्थित हुन बिनम्र अनुरोध गर्दछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *