Skip to content

लक्ष्मीप्रसाद देवकोटा

20110219_LaxmiPrasadDevkota_Moon

प्रश्नोत्तर

‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’
‘सच्चा कमाइ गरिखानु भनेर जान ।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ ?
‘आफू मिटाई अरुलाई दिनु जहाँ छ ।’

‘पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर ?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।’

हामीलाई कवितामा के चाहिन्छ ?

  • by

कवि खालि केमेरा होइन, त कविता फोटो। यद्यपि हामी फोटोलाई कला भन्ने मान्छे पाउँछौँ । चित्रण यान्त्रिक नभए आजसम्म यथार्थवादी कविता संसारले सहेकै छ । मजा लाग्ने उदाहरण पनि पाइन्छन्। तर जहाँ यथार्थवादी कविताले रुलाउँछ, त्यहाँ बाहृय प्रकृतिको फुस्रो चित्रण छोडेर आभ्यन्तरिक हृदयानुभूतितिर डुबेको देखिन्छ । हृदयको रङ राम्ररी नदेखिने कवितालाई हामी ठूलो दर्जा दिन सक्तैनौँ । शब्दले फूल उतार्नु-रङ र रुप साथमा, केही कला हो।

शीर्षकविनाको कविता

  • by

मध्य रातको नीरबखतामा पिल्पिलाउँदो मधुरो प्रकाशमा
सम्पूर्ण संसारमा आँखामा छाएको बेला मेरो आत्मामा प्रश्न उठ्छ-
“जीवनको सार के हो ?”
करुणामयका अश्रुकण जस्ता सहस्रौं ताराहरु टिल्पिल टिल्पिल गर्छन्ः
र मनले खालि चाल पाउँछ ः
जीवन ! ओ जीवन ! अफशोच ! तेरो चोला, तेरो बास छोटो छ ।

पुतली

  • by

म रङ्गीचङ्गी छु वसन्त छोरी ।
म जन्मिएँ कोकिलले कर्राई ।।
झुसिल्किराको सपना सिँगारी ।
दिए पखेटा प्रभुले मलाई ।।१।।

म हूँ पहीली बुझ पङ्खदार ।
वसन्तको फूल लिँदी सिँगार ।।
कता कताको सुकुमार सार ।
फुलेर उठ्दो क्षणको विचार ।।२।।

पोखरा

  • by

माछापुच्छे!’हिमशिखरको बादशा’ पोखराली !
देखेँ तिमै्र वरपर सबै पश्चिमा राज्य खालि !
डाँडाकाडाँ वन नद दरी सम्थली औ कराली
साराका छौ प्रभु सरि तिमी दिव्य श्रीपेच डाली !

दाल भात डुकू

  • by

दुःखको लामो सडकमा,
पीरको केही छडकमा,
चल्दथे ‘टुक टुक टुकू!’
आफूजस्तै लाख हेरी,
बेला, बेला,
पार्न साजा ध्येयध्वनि नै मानवी डरबाट फेला,
जसको आत्मा रस-घुट्को,
पथमा चल्दै’टुक टुक टुकू!’
‘टुक टुक टुकू!’

ईश्वर तैँले रचेर फेरि

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ?

यात्री

  • by

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ?