केशब सिंह धामी
अधुरो प्रेम
कुरा केही महिना अगाडिको मात्र हो, जतिखेर म आफ्नो योवनतामा साउने भेलसरी बगेकी थिए । केबल कसैसँग माया प्रेममा लिप्त भई भोतारिदै दिन रात साझ बिहान प्रतेक क्षण केबल हामी बिचको सम्बन्ध अनि ती वितेका कहाली लाग्ला रातलाई सँम्झिरहेकी छु अनि त्यही प्रतिबिम्बलाई अँगाल्दै बसेकी छु ।
म एक साधारण लेख पढ गरेकी गाउँमा बस्दै गरिकी केटी थिए, जति खेर मेरो उमेर १९ वसन्त पार गरी २० सोँ बर्षे जवानीमा हिनीरहेकी थिए ।
“उकाली ओराली “
सुख दु:ख भनेकै सम्बन्ध त हो नी । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दु:खको या सुखको । उनका दीनहरू आजकल गुलाफझैँ फुल्न थालेका छन् । मीठो सम्झना शीतल पवन बनेर कहिले काही अझैपनी सम्झिनै रहन्छे । आजभोली पनि बिगतका ती तितामिठा कुराको वर्णन गर्छिन नजिकैको समिपमा आएर “केसु” माया नमार है यो जुनीमा त हजुरकी सङगेनी हुन नसके अर्को जुनीमा हजुरकै हुने छु । सम्झना बिर्सना मनको त्रिसना बाड्ने दिन सपनामा मात्र बाँकी छन, मनले सोचेको पुरा हुनेभए त आज हामी दुई किनारा भई बस्नु पर्ने नै थिएन । दैबको लीला भनुकी भाग्य को खेल भनु हामी बीचको सम्बन्धले नजुराएपछी कस्को के नै लाग्छ र?
जिन्दगीका केही पल
समयको गति संगै कहाँ को मान्छे कहाँ आयर नाता जोड्न पुगियो यो केवल उनि र म मा मात्र सिमित भयको छ । जिन्दकी मा अनेक थरिका मान्छे भेटिय नि मैले उनि संगै नाता किन जोडेछु मलाइ नि थाहा भयन, मात्र केही प्राप्ति को लागि भन्दा अनौठो लग्न सक्छ । तर मैले सोचेको थिया जिन्दकिमा कहिले कहिँ अनेक थरिका मोड हरु मा एक घुम्ती रहेछ जहाँ आफ्नै गति मा सिमित हुनु पर्ने मा कहाँ गयर अल्घियाछु मलाइ नि थाहा भयन । जवानी को जोस भनु की मर्द को चाहना भनु पराइ केटी प्रती को आकर्षित हुन्न होला र?
“जिन्दगी को यात्रा”
“जिन्दगी को यात्रा”
कुन शब्दले सम्बोधन गरु तपाईंलाई आफैँ अलमलमा परे अनि सोचे तपाईंकै नाम मात्रै लेखु । कति नमिठो हुदोँरहेछ विछोडको पिडा…नचाएर पनि भोगीरहेको छु । मिलनका कसमहरु पुरा गर्न नसक्दा यो अन्तिम पलमा पनि तडपिरहेको छु । तडपिनु बाहेक अरु के नै गर्न सक्छु र जब समयले नै धोका दिइगयो । साथ रहने वाचा हाम्रा सबै खेर जाने भयो । विवशता अनौठो आइलाग्यो, अप्ठेराहरु अच्चमका देखापरे । सधैँ साथ दिन्छु भन्थे तर बाध्यतावश हाम्रो साथ छुट्ने भयो ।…..
