Skip to content

सुबेश घिमिरे

कलेजोमा सम्झनाको छुरी धसिएछ

आज फेरि एकान्तमा आँखा रसिएछ
कलेजोमा सम्झनाको छुरा धसिएछ ।।

बिछोडको घाउ दुख्छ भन्ने थाहा थियो
पीडा हुन्छ मुटु पोल्छ भन्ने थाहा थियो
जानी जानी पिरतीमा यहाँ फसिएछ
कलेजोमा सम्झनाको छुरा धसिएछ ।।

हर जुनेली रातहरुमा

हर बासन्ती पालुवामा तिम्रै आभा देख्छु म त,
हर जुनेली रातहरुमा तिम्रै छाया देख्छु म त ॥

लेक – बेंशी, कन्दरामा तिम्रो निश्‍वास जस्तो वतास,
बुकी -फूलको सु-वासना तिम्रै साथ जस्तो आभाष ।
कोइलीले ‘कोहो ! कोहो !’ तिम्रै स्वरमा गाए जस्तो,
इन्द्रेणीले सातै रंग तिम्रै रुपमा पाए जस्तो ॥

हर कोपिला तिम्रै निम्ति फक्रिएको देख्छु म त,
हर जुनेली रातहरुमा तिम्रै छाया देख्छु म त ॥

पहरामा छंगिएकी स्वच्छ, निर्मल, कञ्‍चन झरना,
वन – पाखा हरियाली, तिम्रो मात्र तिम्रो बर्णन ।

लक्ष्मीमा समर्पित कलमको क्रन्दन

  • by

नलेखौं लेखौं के भन न तिमी नै आज मइले
उनौं कस्ता शब्द कसरी कविता लेंखु अहिले
जयन्तीमा तिम्रो कुन सुमन लौ अर्पण गरु
सुके सारा पुष्पै किशलय सुके माजरीहरु ॥ ॥१॥

नया नेपाललाई शुभ-कामना

  • by

फैलोस्‌ लोक भरी सुवाष अब ता नेपालको मग् – मग,
मौलाएर बढोस् ‌ धरा अब सदा सद्‍मार्गमा पल्‌ – पल,
नांगा प्रस्‍तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा,
नेपाली पसिना फुलोस्‌ अब सदा पाखा पखेरा महाँ ॥
॥१॥

प्रकृति-नियम

अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत
पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक
पदार्थ – शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम
अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन॥
॥१॥

अनन्त भौतिकी जगत्‌ समस्त जीव, सृष्‍टिका
नक्षत्र, सूर्य, चन्‍द्रमा खगोलका निहारिका
नदी, समुन्द्र, हैमका चुली, पहाड, पर्वत
पदार्थ – शक्ति कै बडो बिराट रूप सार्थक ॥
॥२॥

अल्लाहलाई निवेदन

  • by

घना गृहै युद्ध, मुलुक भर नै बादल सरी,
अनिश्चित् प्राणै भो, अब शिव हरे ज्युनु कसरी –
भरै के गोलीको – पट पट कतैबाट उदर,
फुर्टाई, प्राणै यो, हरण सहजै गर्न सफल ।।
।।१।।

प्रियतमा

  • by

मुहार शौम्य चन्द्र झैं प्रत्यंग हाय ! कोमल
गुलाफ फुल्छ ओठमा सुरम्य आह ! कुन्तल !!
सुश्राब्य मृदु बोलकी धनी ! पृया ! निरञ्जना
नशालु नैन गर्दछन्‌, अथाह गोप्‍य मन्त्रणा ॥
॥१॥