Skip to content

मधुपर्क २०६५ माघ

माया !

  • by

आफ्नो बच्चा मरेकोले त्यसको पीरमा कुकुर्नी रातभरि त्यसकै वरपर घुम्दै घुकिरही । त्यसको घुकाइका कारण टोलभरिका धेरैको निद्रा बिगि्रएको थियो, सुत्न पाएका थिएनन् अनि मैले पनि ।

कालो चश्मा

  • by

बाहिरको वातावरणबाट भित्र पस्नेबित्तिकै एउटा सानो डम्पिङ साइडमा गएजस्तो याद आउँछ । चिसोले भित्ताहरूमा लेउले बनेका धर्साहरू देखिन्छन् ।

आकाश

  • by

आँधी, बेह्री र बादलले वातावरण खलबलिनसम्म खलबलियो ।

प्रकृति विचलित भइनन् पटक्कै जसलाई जे गर्न मन लाग्यो गर्न दिई नै रहिन् ।

केही नलागेपछि पन्छिएर गए आँधी, बेरी र बादल सबै नै । उतिपर बसिरहेको रहेछ आकाश-शान्त, सुस्थिर र निर्मल भएर ।

हजूरबाउको भूत

  • by

उमेरले पचासमा टेक्नासाथ कुखुरे बैँस एक पटक फेरि उर्लेर आउँदो रहेछ कि क्या हो, आफूमा पनि सोह्र वर्षे जोश फेरि फर्केर आएको हो कि जस्तो भइरहेको थियो । रङ्गीचङ्गी चिजहरूमा बढी आँखा जान खोज्न थालेको थियो भने छेउछाउका तरुनीहरूतिर, ठसक्क परेका अधबैँसेहरूतिर कर्के नजर दौडन खोजिहाल्थ्यो । यस्तो पहिले हुँदैन्थ्यो । घरमा भएकी एक थान झन्डै एक कुइन्टलतर्फ ठ्याम्मै मुन्टो सोझ्याउन मन लाग्दैनथ्यो । यो पचास लागेपछि त उसको पनि अलिकता भाउ बढेर आएको देख्दा यो मन भन्ने कुरोे पनि बुझिनसक्नु रहेछ जस्तो लागिरहेको थियो । मन त्यसै त्यसै सन्किन लागेकै थियो, त्यही बेला कताबाट हो हाम्रो वंशावलीको एउटा पुस्तक कसले हो घरमा छोडेर हिँडेछ । के रहेछ त भनेर यसो पल्टाई हेरेको त मन त झन् बहुलायो नै भने पनि हुन्छ ।

प्रगतिवादी शिविरका प्रतिबद्ध स्रष्टा-विमल निभा

  • by

नेपाली कवितामा राजनीतिक आग्रह राख्दाराख्दै पनि कविताको सम्पूर्ण कला बचाउने एउटा कवि पुस्ता छ र त्यस पुस्तामा कवि विमल निभाको उपस्थिति अग्रपङ्क्तिमा पर्छ । नेपाली राजनीतिको जनवादी सङ्घर्षमा कवि निभाको सिर्जनात्मक उपस्थितिले एउटा छुट्टै महìव राख्छ । उनी जनवादी शिविरका सौन्दर्यमूल्यमा अनेक मान्छेको सरोकार व्यक्त गर्छन् । राजनीतिक दल, पेशागत समुदाय र व्यक्तिहरूको इमानदार प्रयासप्रति कवि सक्रिय ऐक्यबद्धता जनाउँछन् भने विकृतिविरुद्ध पूरै शक्तिले आक्रमण गर्छन् ।

नापित जातिको उत्पत्ति र रहनसहन

  • by

‘नापित’ नेवार समुदायको एक जाति हो । वास्तवमा नापित जात नभएर थर मात्र हो । कपाल काट्ने हजामलाई ‘नाउ’ भनिन्छ । त्यही ‘नाउ’ जातिबाट नापित हुन गएको हो । यो तथ्यलाई हेर्दा नापित जाति पेशाबाट परिचित भएको पाइन्छ । कपाल काट्ने पेशा अवलम्बन गर्नेहरू नै ‘नापित’ हुन गएकाले यो जातिको न्वारान पेशाबाट हुन गएको मान्नुपर्दछ ।

बज्जि गणराज्यको अभिनन्दन

  • by

यादव गोत्रीय राउतहरू शान्त स्वभावका जङ्गली जातिका थिए । उनीहरूको प्राचीन थलो यमुना वा महिष्मती नदीको किनार नै हो ।

बज्जि गणको क्षेत्रफल कति थियो यस कुराले खासै अन्तर पार्दैन, मात्र किम्वदन्ती हो । यसको न गतिलो इतिहास छ, न अन्वेषणको आधार भेट्न सकिएको छ । यो इतिहास नहुँदा समय र घटना नलिए पनि फरक पर्दैन । यो केवल तर्क मात्र हो । पुरानो कुरो लेख्न बस्दा ‘हो’- ‘होइन’ मा अल्झिन हुँदैन । ‘हो-होइन’ मा अल्भिmँदा लेख्नुपर्ने कुरो छुट्न सक्छ । नलेख्नुपर्ने कुरा धेरै लेख्न पुगिन्छ ।

विकलसँग बिताएका पल

  • by

मङ्सिर महिनाको मध्यान्ह छ । चिसो मौसम । आरुबारीको रौनक बेग्लै छ । बाँसका रूख हल्लिरहेका छन् । केही पर हरियो जङ्गल । एउटा बूढो पीपलको रूख नजिकै रहेको घर । त्यसैको छतमा बसेर पारिलो घाममा जिउ तताइरहनु भएको थियो वरिष्ठ साहित्यकार रमेश विकल, जो यतिखेर हामीमाझ हुनुहुन्न ।

स्मृतिमा रुद्रसर

  • by

जहाँ जीवन छ, त्यहाँ मृत्यु पनि छ तर पनि जीवन हुने कसैले पनि जन्म र मृत्युको पूर्वआभाष पाएको हुँदैन । जसरी थाहा नपाइकन जीवन पाइन्छ, त्यसरी नै मृत्यु पनि । त्यस्तै भयो आदरणीय गुरु रुद्र खरेलको पनि । ०६५ साल भाद्र ७ गते अध्यात्मवादले भनेजस्तो पञ्चतत्वको शरीर पञ्चतत्वमै विलीन हुन पुग्यो वा भौतिकवादअनुसार शून्यबाट शून्यमै विलीन हुन पुग्नु भयो थाहा भएन । यति भने सत्य हो रुद्र सरको भौतिक उपस्थिति अब छैन । कहीँ कतै भेटिनु हुन्न ।

राज्यको भाषिक नीति

  • by

राज्यको भाषिक नीति कस्तो हुनुपर्ला ? यो आजको गम्भीर एवं ज्वलन्त प्रश्न हो । यस प्रश्नको समुचित उत्तरले नै सबै राष्ट्रभाषाको समान विकास र संरक्षण, भाषिक अधिकारको सम्मान, भाषिक विभेदका कारण सिर्जित द्वन्द्वको अन्त्य, अनावश्यक र अनपेक्षित आकाङ्क्षाको समाप्ति तथा भाषालाई लिएर गरिने षड्यन्त्रहरूलाई चिर्ने कार्यमा सफलता प्राप्त गर्न सकिने छ । नेपालमा लामो समयदेखि भाषिक विभेदका विषयमा बहसहरू चल्दै आएका छन् । आज भाषिक अधिकारसम्बन्धी विषयमा अभूतपूर्व जागरण आएको छ ।