Skip to content

युवामञ्च २०६६ असार

राजीनामा

पढाइमा ऊ राम्रो थियो । राम्रो पढाइले मात्र जागिर पाउन गाह्रो देशको व्यथालाई उसले राम्रैसँग बुझेको थियो त्यसैले उसले त्यो व्यथाको ओखती पनि विद्यार्थीकालमा नै बनाएको थियो । यी दुई कारणले उसले एउटा सानदार जागिर पायो, ‘विश्वविद्यालयको लेक्चर’ विश्वविद्यालयको प्रवेशसँगै उसलाई गहन जिम्मेवारीले थिच्न थाल्यो, विद्यार्थीलाई असल मान्छे बनाउने, देशको निम्ति दक्ष जनशक्ति तयार पार्ने, इमानदार, बफादार, कर्तव्यनिष्ठ अनुशासित, सुयोग्य,…. नागरिक निर्माण गर्ने ।

आक्रोश

  • by

कविता र मुक्तक बन्छन्
मेरो आत्मकथाहरूले
निबन्ध नै निबन्ध बन्छन्
मेरो तनको व्यथाहरूले
गजल बनी गुन्जिएन
मेरो दिलको चोटहरूले
देश बनाउने सभासद बनेन ।

शक्तिको स्रोत

  • by

उसले एक जना मारेथ्यो जेल गयो
कानुनले धावा बोल्यो
किनकि ज्यान मार्नु कानुनमा अपराध हो ।
तर एकदिन जेल तोड्यो, बाहिर आयो
उ विद्रोही बन्यो
विद्रोह उसको रगतमा थियो