कविता र मुक्तक बन्छन्
मेरो आत्मकथाहरूले
निबन्ध नै निबन्ध बन्छन्
मेरो तनको व्यथाहरूले
गजल बनी गुन्जिएन
मेरो दिलको चोटहरूले
देश बनाउने सभासद बनेन ।
मैले दिएका भोटहरूले
सही सडक लत्याएर
झोरको गल्छिडो हुँदै भाग्ने ।
कस्तो राजनीतिज्ञ हो तिमी ?
देशवासीहरूलाई रुवाइ रहने ?
मत मतदाता मात्र हुँ
देशको जिम्मा तिमीलाई दे’ को ?
सही सदुपयोग गर्देनौ किन ?
मैले दिएको अभिमतको ।।
