“दिदी, हेर्नु त घर बनाई नसकी तपाइर्ँको घरमा गौंथलीले गुँड लगाएछ । यो घर त लछिनको पो रछ त दिदी !” घरको दलानमा लगाउँदै गरेको गौंथलीको गुँड देखाउँदै शान्ताले भनी ।
मित्रलाल पंज्ञानी विभिन्न विधामा साहित्य सिर्जना गर्ने सिद्धहस्त स्रष्टा हुन् । विशेषतः छन्दमा लेखिएका उनका कविताले थोरैमा पनि धेरै कुरा भन्ने सामर्थ्य राख्छन् । सहजरूपमा कविताको विषयवस्तु उठान गरेर व्यङ्ग्यात्मक शैलीमा प्रभावपूर्ण कविता लेख्नु पंज्ञानीको विशेषता नै हो ।
वर्षौ बिते, बिति नै रहे
चित्रभावमा छचल्किदो छ आहृलादित दृश्य
स्मृतिले स्पर्श गर्दै झझल्किन्छ वर्तमान आँखाभरि
उमेरको उकालोसँगै कुपि्रएको ढाड, सेतै फुलेको कपाल
चाउरिएको अनुहारमा बान्की मिलेका बनावटी दाँतमा उजेलिँदै