उसले एक जना मारेथ्यो जेल गयो
कानुनले धावा बोल्यो
किनकि ज्यान मार्नु कानुनमा अपराध हो ।
तर एकदिन जेल तोड्यो, बाहिर आयो
उ विद्रोही बन्यो
विद्रोह उसको रगतमा थियो
हिंसा विचारमा
मारी रहृयो विद्रोहको नाउँमा
दस, बीस र सयौं मरे
तब त उ नेता भयो
संसारकर्मी उसका पछाडि
अन्तर्वार्ता लिनेको ताँती
विचार संप्रेषण गर्नेको तँछाड मछाड
तर मार्ने प्रक्रिया अटुट, अनन्त
अब त हजारौँ मारिएछन् क्यारे
उ मन्त्री भयो
सत्ताको मालिक, कानुन बनाउने नायक
त्यसैले त भनेको रै छ
‘शक्ति बन्दुकको नालबाट आउँछ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *