Skip to content

आफ्नै मन

आत्माको बोली

संसारको माया बन्धन हो यो
रुमलिएको मान्छे
बाँचिरहेर मेलाभर्न
दुखसागर हो मान्छे

छु म जाह सधै हाँसी
दुख सुख सहज गरी
दुखकस्ट जति जे आओस
झेल्नुछ नमानी डर रतिभरि
आफ्नै सुरमा चलिरहने,
हास्ने कसैको भर नगरी

खुशी सबै समेटेर गयौ

दु:ख पिडा मलाई दीई, खुशी सबै समेटेर गयौ
मेरो विश्वाशको हत्त्या गरि, दुर्भाग्य आज लेखेर गयौ।

अग्नीको सातफेरा, तिम्रालागी एक खेलै भएछ
सात जन्मको पवित्र नाता, पलभरमै मेटेर गयौ।

शुभकामना

मुस्कुराउनू सधैं तिमी गुलाबको फूल सरी
ईश्वर दाहिने भइरहुन जहापनी सधैंभरि
सानातिना ठेस लाग्दा नआत्तिनु कहिले पनि
कुरेर बसोस दोबाटोमा सफलताले जहिले पनि

कुर्कुरे बैस

ऐना हेर्दा आँफैलाई लाग्न थाल्यो लाज हजुर
मेरै मात्रै चर्चाचल्छ सङिनीको माज हजुर

सबै भन्छन “कतिछिटो तरुनी भाकी योत ”
सधैं जसो सोचाइमै बित्छ पुरै रात हजुर