Skip to content

खुशी सबै समेटेर गयौ

दु:ख पिडा मलाई दीई, खुशी सबै समेटेर गयौ
मेरो विश्वाशको हत्त्या गरि, दुर्भाग्य आज लेखेर गयौ।

अग्नीको सातफेरा, तिम्रालागी एक खेलै भएछ
सात जन्मको पवित्र नाता, पलभरमै मेटेर गयौ।

सुखमा मा रम्दै दु:ख सहदै, यत्रो यात्रा सगै गरियो
के पयौ र आज अचानक, उस्मा के देखेर गयौ।

चोट सहन नसक्ने मेरो, कमजोरित तिमीलाई थाहै थियो
किन फेरी मुटुमेरो, करौतीले रेटेर गयौ।

म मुर्छा परेपनी, तिमित पुरै होसमा थियौ।
पराइको हात समाएर हाँस्दै, मलाई त्यही टेकेर गयौ।

के “अमरदीप”
हाल : दुबइ
krishnagk_102@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *