Skip to content

शिक्षक मासिक

नैतिक भ्रष्टाचार

आम्दानी घटेको छ । महंगीले आकाश पाताल एक पारेको छ । भूकम्पले आम्दानी सुकायो । आम्दानीमै लागेको नाकाबन्दीले खर्च मात्र बढ्ने गरायो । जीवन नै उकुसमुकुस पारेको छ । दु:ख वारि ल्याएको छ । सुख जति नदी पारि तारेको छ ।

प्यारी ! घरदेखि टाढा डेरा थापेको छु । आजका कोपिला र भोलिका मुलुकका मेरुदण्डलाई बलियो बनाउन जुटेको छु ।

एकाध प्रश्न

रगत बगाउँदा पुगेन । ज्यानै दिँदा मन बुझेन । एकएक गर्दै एक दशकमा हजार–हजार मुटुहरू पड्किए । सिउँदो पुछिने र भाग्य मेटिनेहरू गनिसाध्य भएनन् । भोकानाङ्गाहरू अँझै रोगाए । मोटाघाटाहरू अँझै मोटाए । परिवर्तनको छेउटुप्पो देखिएन । साँच्चै उजाड वस्तीहरूमा लालुपाते र गोदावरी फुल्ने नामै लिएनन् ।

हैकमी परम्परा

जम्ला हात गरेर मात्र हुन्न । चाकरी–चाप्लुसीले मात्र पुग्दैन । द्रव्यदान गर्ने हिम्मत छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ । किनभने जति नून थपे पनि अलिनै हुन्छ । जति मिश्री घोले पनि तीतै बाँकीरहन्छ । जति भर्न खोजे पनि उसको झोला आधाको आधै रहन्छ ।

सुटबुट उसकै छ । मीठो–मसिनो उसकै थालीमा पर्छ । धाक–धक्कु र सोर्सफोर्स उसैले पालेको छ । तलदेखि माथिसम्म उसकै पहुँच छ ।

मुस्कानको बढोत्तरी (लघु निबन्ध)

गाउँघरमा लुम्रे नामले चिनिएको ऊ कमलो मनको छ । भरदिन सहरमा पसिना बेच्छ । दिन सिद्धिनासाथ घर फर्कन्छ । पत्नीले दिएको रुखोसुखो खान्छ । विस्तरामा पल्टन्छ । गरिबीले पोल्न थाल्छ । विचारहरू युद्धमैदानमा उत्रन्छन् । शरीर झन भारी हुन्छ । मन अस्थिर हुन्छ । कहिल्यै अघाउँजी जीवन नभोगी वित्ने हो कि भन्ने त्रासले तर्सन्छ । निक्कै बेरको गलफतीपश्चात् मन स्थिर बनाउँछ । र, सुनसान रातलाई अँगालो हालेर आनन्दमा डुब्छ ।

काउछोको माला (लघु निबन्ध)

हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी भने दिनानुदिन टुसाउँछौ । हामी अँझ चाम्रँदै होचिन्छौँ । तिमी भने उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाइरहेझैं छ । हाम्रो शुद्धि हराइरहेझैं छ । अरू बेला हप्काउँछौ; थर्काउँछौ; त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा भने हाम्रो छाप लिन गुलिया आश्वासन वितरण गर्छौ । तिम्रो आश्वासनमा विश्वास गरी हामी मख्ख हुन्छौँ । र, अन्तिम पटक भन्दै आफ्नो नागरिक अधिकार तिम्रा नाममा हवाला गर्दिन्छौँ ।

साक्षरता शिक्षाका आधारभूत पक्षहरू

  • by

परिचय

साक्षरता शिक्षा भन्ना साथ निरक्षरबाट मुक्त बनाई साक्षर तुल्याउनका लागि दिइने शिक्षा भन्ने बुझिन्छ । विद्यालयीय शिक्षा प्रणालीमा एकल समय–सीमा, कठोर प्रकृतिको पाठ्यक्रम र तोकिएको पाठ्यपुस्तक हुन्छ । साथै, कक्षा उक्लन निर्णयात्मक मूल्याङ्कन गरी उत्तीर्ण भएमा उपाधि समेत दिइन्छ । तर, साक्षरता शिक्षा प्रणाली अनौपचारिक प्रकृतिको हुन्छ । यसमा सिकारुहरू आफ्नै सिकाइ गतिमा सिक्ने र विशेष सिकाइको चरणमा प्रवेश गर्न उन्मुख हुन्छन् ।