Skip to content

मुक्तक मनोहर ( फेसबुक ग्रुप )

हाँगो हेर

नाता कस्तो हुन्छ फूल र हाँगो हेर
खस्दा पनि खुसी पानी र छाँगो हेर
किन भन्छौ मेरो मात्रै हो आकास
माथि माथि चंगा र तल धागो हेर ।

हौसला

मुक्तक:

दिउँसो नदेखिने तारापनि चम्कन्छन् राती राती हेर
छर्दछ ज्योति आफैं सकिँदै जल्दै गरेको बाती हेर
सानै चोटले ढल्नेहरु हो हौसला के हो बुझ्नलाई
सयौं पाइलाले कुल्चिंदा पनि हाँस्ने बगरको छाती हेर

हुँदैन

घाम बेलुकी कमजोर भएपनि अँधेरो छरेको हुदैन
ज्योति छर्ने जुनतारा रातमा, भुइँमा झरेको हुदैन
सीता हरणमा परिन् भन्दै उत्साह नगुमाउ बहिनी
रावणकै राज्यमा पनि , “बिभीषण” मरेको हुँदैन |

(अनुराधा कोइराला प्रति समर्पित)

हुँदो रैछ

आफ्नो अतीत भुल्न गारो हुँदो रैछ
सानो गल्तीले आँखामा धारो हुँदो रैछ
शकुनी र मन्थराको बोली बिकेपछि
मर्यादापुरुष राम नै तारो हुँदो रैछ ।

प्रजातन्त्र

१.
काले काले मिलेर खाएको भाले जस्तो भयो प्रजातन्त्र!
जो चोर छ उसैलाई राखेको पाले जस्तो भयो प्रजातन्त्र!
प्रजातन्त्र पछि न शान्ति नै भयो न त विकास नै भयो
खरानीको दुःखले घर नै बाले जस्तो भयो प्रजातन्त्र!
२.
पाकेको बालीमा असिना झरे पछि के लाग्छ ?
जो नेता उसैले भ्रष्टाचार गरे पछि के लाग्छ ?
प्राकृतिक सुन्दरताले मात्र देश देश हुँदो रहेनछ
बाँदरको हातमा नरिवल परे पछि के लाग्छ ?

नजरको के कुरा ?

मुक्तक:

तीरझैँ बर्सिने ती नजरको के कुरा ?
इन्द्रेणीझैँ खुल्ने ती अधरको के कुरा ?
नजर र अधरको असर नै काफी छ
मलाई बेहोस पार्न जहरको के कुरा ?

परेली

मुक्तक:
उठे प्रात: परेली झुके रात लाग्छ भन्थ्यौ तिमी
पिउनै पर्दैन नजरको मात लाग्छ भन्थ्यौ तिमी
डुबुल्की मार्छ ज-जसले सागरको गहिराइमा
अनमोल मोती उसैको हात लाग्छ भन्थ्यौ तिमी