Skip to content

noviceuttam

ओरालो

हरी बाजे पुसको पारिलो घाम ताप्दै चौतारीमा पत्रिका पढ्दै के थिए, भुराभुरीहरु कुद्दै आए, र पिरोल्न थाले -“हजुरबा ! हजुरबा ! एउटा कथा भन्नु न ! ”

भुराभुरिको गाला मुसार्दै बाजेले सोधे- ” लु त लु, के को कथा सुन्छौ ?”
भुराले भने – “सुँगुरको |”

नचिताएको बिषयले बाजे एकछिन तिरिमिरी भए, एकछिनमा जुँगा मठार्दै कथा भन्न थाले-

प्रतिकार

उसले सिनेमाहरूमा र राता किताबहरूमा देखेको थियो, नायकहरूले डाँडामा गएर जे बोल्छन् सोहि आवाज बारम्बार गाउँथ्यो डाँडाले । ऊ पनि आफूलाई नायक नै ठान्थ्यो । त्यसैले, आफ्ना बोलीहरू गुन्जयमान गराउन ऊ बाँदर लड्ने डाँडामा गयो । डाँडा हरियो-हराभरा थियो ।

उसले डाँडाहरूमा जिन्दावाद र मुर्दावाद भन्दै विभिन्न नाराहरू कुर्लियो ।

हाँगो हेर

नाता कस्तो हुन्छ फूल र हाँगो हेर
खस्दा पनि खुसी पानी र छाँगो हेर
किन भन्छौ मेरो मात्रै हो आकास
माथि माथि चंगा र तल धागो हेर ।

हौसला

मुक्तक:

दिउँसो नदेखिने तारापनि चम्कन्छन् राती राती हेर
छर्दछ ज्योति आफैं सकिँदै जल्दै गरेको बाती हेर
सानै चोटले ढल्नेहरु हो हौसला के हो बुझ्नलाई
सयौं पाइलाले कुल्चिंदा पनि हाँस्ने बगरको छाती हेर

हुँदैन

घाम बेलुकी कमजोर भएपनि अँधेरो छरेको हुदैन
ज्योति छर्ने जुनतारा रातमा, भुइँमा झरेको हुदैन
सीता हरणमा परिन् भन्दै उत्साह नगुमाउ बहिनी
रावणकै राज्यमा पनि , “बिभीषण” मरेको हुँदैन |

(अनुराधा कोइराला प्रति समर्पित)

हुँदो रैछ

आफ्नो अतीत भुल्न गारो हुँदो रैछ
सानो गल्तीले आँखामा धारो हुँदो रैछ
शकुनी र मन्थराको बोली बिकेपछि
मर्यादापुरुष राम नै तारो हुँदो रैछ ।

प्रजातन्त्र

१.
काले काले मिलेर खाएको भाले जस्तो भयो प्रजातन्त्र!
जो चोर छ उसैलाई राखेको पाले जस्तो भयो प्रजातन्त्र!
प्रजातन्त्र पछि न शान्ति नै भयो न त विकास नै भयो
खरानीको दुःखले घर नै बाले जस्तो भयो प्रजातन्त्र!
२.
पाकेको बालीमा असिना झरे पछि के लाग्छ ?
जो नेता उसैले भ्रष्टाचार गरे पछि के लाग्छ ?
प्राकृतिक सुन्दरताले मात्र देश देश हुँदो रहेनछ
बाँदरको हातमा नरिवल परे पछि के लाग्छ ?

नजरको के कुरा ?

मुक्तक:

तीरझैँ बर्सिने ती नजरको के कुरा ?
इन्द्रेणीझैँ खुल्ने ती अधरको के कुरा ?
नजर र अधरको असर नै काफी छ
मलाई बेहोस पार्न जहरको के कुरा ?

परेली

मुक्तक:
उठे प्रात: परेली झुके रात लाग्छ भन्थ्यौ तिमी
पिउनै पर्दैन नजरको मात लाग्छ भन्थ्यौ तिमी
डुबुल्की मार्छ ज-जसले सागरको गहिराइमा
अनमोल मोती उसैको हात लाग्छ भन्थ्यौ तिमी

श्रमको मुल्य

मुक्तक:

परदेशीलाई सोध श्रमको मुल्य कस्तो हुन्छ
हिजोको रास्ट्रिय दैनिक भन्दा सस्तो हुन्छ
सपना फुलाउन जतिनै सिंचे पनि पसिनाले
तातो मरुभूमीमा पिच्च थुके जस्तो हुन्छ |

तातो पानी ( लघुकथा )

” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो |
” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट पोखियो |

जुठो भात (लघुकथा)

मृत्युशैयामा अन्तिम सास फेरिरहेको बुढो बिरालोलाई सोधियो -“यस्तो तिलस्मी योजना तपाईंलाई कसरी फुर्यो ?”

उसले सासले भन्न भ्यायो – “जुठो भात,” अनि आँखा चिम्ल्यो । अर्को दिन “जुठो भात” को रहस्य पत्ता लगाउन अनुसन्धान टोलीको गठन भयो ।

केही समयअघिको कुरा थियो, बिरालोको दुध चोर्ने बानीले दिक्दार किसानहरू दूधलाई भाँडोमा राखेर ताल्चा लगाउन थाले ।