Skip to content

पुस्तक/कृति समीक्षा

बर्मेली समाजमा आधारित ‘पश्चाताप’ उपन्यासको अध्ययन

दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा खिम बहादुर बुढाथोकीसँग साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा भिम बहादुर बुढाथोकी (खिम–कौशिक)बाट यो कृति उपहार स्वरूप हात लाग्यो । खिम–कौशिकको जन्म २००३ कार्तिक १० गते राजा बस्ती मोगोकमा पिता शुद्धिमान बुढाथोकी र माता चन्द्रकला बुढाथोकीका पुत्ररत्नकको रूपमा भएको थियो ।

‘काँडा टेकेर फूलका कुरामा’ गजलसङ्ग्रहमा साहित्यकारको धारणा

सिर्जनाको नशा लागेपछि सर्जकहरूको सिर्जना गर्ने प्यास कहिल्यै मेटिदो रहेनछ । सर्जक तीर्खाएकै तीर्खाएको हुँदो रहेछ । साहित्य सुधाको जति पान गर्यो त्यति मीठो र त्यत्तिकै रसिलो हुँदो रहेछ । साहित्य सुधामा रमाइरहेका कविता, गीत, गजल र मुक्तका सिर्जनाका हरि कट्टेलले विलौनै विलौना लघु काव्य (२०४५), अनावृत आकृति छन्दोबद्ध कवितासङ्ग्रह (२०६१), आँखामा अल्झिएका आँखाहरू गजलसङ्ग्रह २०६४), मुटु टुक्रिएपछि मुक्तकसङ्ग्रह (२०६९) र काँडामा टेकेर फूलका कुरा गजलसङ्ग्रह मार्फत आफ्ना धारणा र भावना पाठकसामु पस्किसकेका छन् ।

स्मृतिको झोला निबन्ध संस्मरणको एक अध्ययन

कविता चापागाईको जन्म, मैवाखोला साँघु, ताअप्लेजुङ, मेची अञ्चलमा २०१० साल भाद्र १८ गते बुवा बैजनाथ भट्टराई र माता यमुनादेवी भट्टराईकी माहिली पुत्रीरत्नको रूपमा भएको थियो । शैक्षिक योग्यतालाई केलाउँदा उहाँले एम.ए. (इतिहास), बी.एड. डिग्री हाँसिल गरी सक्नुभएको छ । कविताजीको २०३६ देखि २०७२ भाद्र ९ गतेसम्म विभिन्न, शिक्षणसंस्थासँग पेशागत संग्लग्नता देखिन्छ ।

‘तन्नेरी हजुरबा’ उपन्यास : सामाजिक कुरीतिउपर गतिलो प्रहार

वि.सं २००३ साल साउन १ गते पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स., वडा नं. १, हाल फलेवास नगरपालिका, वडा नं. ३, नुवार, ठूलाघरमा माता नन्दकली रिजाल र पिता कलाधर रिजालको जेष्ठ सुपुत्रको रूपमा जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी । बि.एस्सी. (एजी) शैक्षिक उपाधि हासिल गरेका उहाँ ३४ वर्ष सरकारी सेवामा रही हाल नवलपुर जिल्लाको कावासोती नगरपालिका, शान्तिचोकमा सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । इञ्जिनियर बन्ने चाहना पूरा नहुने देखेर आफूलाई ‘अभागी’ लेख्न थालेका उहाँ साहित्यिक लेखनमा ‘सदानन्द अभागी’का नामबाट परिचित हुनुहुन्छ भने कृषि विज्ञानसम्बन्धी लेखहरूमा ‘सदानन्द जैसी’का नामबाट ।

कैकेयी महाकाव्यलाई अध्ययन गर्दा

गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एव म नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पुर्याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एव म छन्दोवादी काव्यधाराका मानक स्रष्टाको ‘कैकेयी’ महाकाव्यलाई मैले आज अध्ययन गर्न थालेको छु र ‘कैकेयी’ महाकाव्यमा केही शब्द पस्कने विचार पनि गरेको छु ।

श्याम आशाका लघुकथामा एक दृष्टि

श्याम आशाको जन्म ने.सं.१०७५मा भक्तपुरमा भएको हो । उनी एक सिद्धहस्त लघुकथाकारको रूपमा आफूलाई स्थापित गर्न सफल भएको व्यक्तित्व हुन् । उहाँ ज्ञानज्योति पुस्तकालयको संस्थापक अध्यक्षको साथै विराट गुथि र नेवा गुथिको आजीवन सदस्य हुनुहुन्छ भने उहाँको लेखन कार्य नेपालभाषा र नेपाली भाषा दुवैमा हुने गरेको देखिन्छ । आवरण पृष्ठ सहित ६६ पृष्ठमा संरचित यस कृतिमा २५ ओटा ओजस्वी लघुकथाहरू समावेश गरिएका छन् ।

तिम्रो माया मुटुभरि

मायावी संसारमा मायाका बखान जति गरे पनि सकिदैन । यही मायाका कुरा लिएर पिता अ.स.ई. स्व. तीर्थराज तिमल्सिना र माता स्व. चोला अधिकारी तिमल्सिनाकी सुपुत्री मीरा तिमल्सिना ‘धरा’ हाम्रो अगाडि देखा परेकी छन् ।

साहित्यकार एवम पल्लव साहित्य प्रतिष्ठान नारायण चितवनका गोर्खे साइँलोको निवासमा मुस्कानको साथमा प्रवेश गरेपछि मीराजीसँग साक्षत्कार भयो । ‘तिम्रो माया मुटुभरि’ नामक गजलसङ्ग्रह पनि मेरो हातमा पर्यो ।

सिर्जनाका रहरहरू पढ्दा पढ्दै

परिचय – दुर्गा रिमाल (अधिकारी)जीसँग कपन वानेश्वरले २०७४ साल श्रवण ७ गते आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा प्रत्येक्ष हुने मौका मिल्यो । यस अवसरमा उहाँका ‘सिर्जनाका रहरहरू’ र ‘त्रिवेणी’ कवितासङ्ग्रहहरू दुई थान उपहार्स्वरूप प्राप्त गर्ने सौभाग्य मिल्यो । यी कृतिहरू आज ‘सिर्जनाका रहरहरू’लाई पढ्ने दिन जुर्यो र केही शब्द कोर्ने मन पनि जाग्यो ।

शब्दयात्रीलाई अवलोकन गर्दा

कवि लोकनाथ खराल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ र शब्दयात्री कविता सङ्ग्रह, २०७४ कृतिको साथै विभिन्न पत्रपत्रिकामा थुप्रै फुटकर कविताहरू प्रकाशनमा आएका छन् । उपन्यास, नाटक–एकाङ्की, गीतिसङ्ग्रह, कविता एव म कथासङ्ग्रह आदि प्रकाशोन्मुखको रूपमा तयारी गर्दै गरेका कवि खराल हिमायती (साहित्यिक मासिक) कावासोतीका सम्पादक पनि हुन् ।

‘देश सधैँ रुने छैन’ कविता सङ्ग्रह : देशप्रेमको दस्तावेज

युवाकवि भेषराज रिजालको कविता सङ्ग्रह ‘देश सधैँ रुने छैन’ सरसर्ती पढेँ । शंकरपोखरी, पर्वतमा जन्मेका कविका यसअघि ‘बालुवाको मुठ्ठी’ गीति कविता सङ्ग्रह, लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् । विविध गद्य विधामा कलम चलाउँदै आएका कविको व्यक्तित्वलाई अझै निखार तुल्याउने यो कविता सङ्ग्रहको सामान्य प्रतिक्रिया दिनु मेरो उद्देश्य रहेको छ ।

‘देश सधैँ रुने छैन’ कविता सङ्ग्रह गद्य विधामा लेखिएको छ अर्थात् रबर छन्दमा । यसमा संग्रहित सैँतीसवटा रचनामध्ये तेत्तीसवटा कविता रहेका छन् । ‘तिम्रो प्रतिक्षामा’, ‘आफ्नै गीत’ र ‘बितिगए दुईदशक’ यस सङ्ग्रहमा रहेका गीतहरू हुन् भने एउटा गजल पनि रहेको छ ‘हाँस्दै हाँस्दै’ शीर्षकमा । गीत र गजल हेर्दा मलाई कविजी पहाड घन्काउने सरल र सहज गायकझैँ पो लागिरहेछ । जीवनलाई हेर्ने दृष्टिकोण सफा सुन्दर प्रकृतिझैँ पो छ ए उनका गजल पढ्दा—

“हिजो बादलमुनि थियौ मसँग धर्ती रायो
चाँदनीको संघार टेकी आज आकास पसेको छु ।”

कमला बुढाथोकी सरुपको कथाशिल्प

विषयप्रवेश : कमला नेपाली साहित्यमा कमला सरुपका नामबाट चिनिन थालेकी छन् । ‘लघुताभास’ कथाका माध्ययमबाट नेपाली कथाका फाँटमा देखा परेकी कमला सरुपको सम्झौताको मोडमा शीर्षक कथासङ्ग्रहका अतिरिक्त अन्य केही फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

कलिलै उमेरमा कथासिर्जनतर्फ प्रवृत्त भई थुप्रै कथाहरू सिर्जना गरिसकेकी कमला सरुप वर्तमान युवापुस्ताकी सिर्जनशील नारी कथाकार हुन् । यो लेख कथाविश्लेषणको संरचनात्मक देखिए पनि सन्दर्भ र प्रसङ्गपरिवर्तनका परिप्रेक्ष्यबाट भने तिनको विभाजनरेखा खुट्याउन सकिन्छ । यति हुँदाहुँदै पनि लघु आयामका कारण कतिपय कथामा सहज विभाजनको स्थिति देखिन्न ।

“अनमोल पुरस्कारहरू”को एक विवेचना

वि.सं. २०२७ चैत्र १८ गते शंकरपोखरी पर्वतमा, माता यशोदा रिजाल र पिता प्रेमप्रसाद रिजालको जेष्ठ पुत्रको रूपमा जन्मनु भएका भेषराज रिजालले वि.कम. विएड. र एम. ए.सम्मको शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ साथै सरकारी सेवामा उपसचिव पदमा कार्यरत हुनुहुन्छ । २०४७ सालबाट २०५३सम्म शिक्षक सेवामा कार्यरत रहेर २०५३ देखि हालसम्म सरकारी सेवामा विभिन्न पदमा कार्यरत भै राष्ट्र, जनता र साहित्य सेवामा आफूलाई समर्पित गर्दै आउनु भएको छ ।

उत्कृष्ट संस्मरणात्मक शोक ग्रन्थ : ननिख्रिएका आँसु

वि.सं. २००७ साल भदौ ११ गते गोरखा जिल्लाको ताकुमाझ लाकुरीबोट गाउँमा माता ललिताकुमारी गुरुङ र पिता कप्तान दीर्घसिंह गुरुङको कोखबाट जन्मनुभएका दोलखबहादुर गुरुङले शिक्षा स्नातक (B.ED.) प्रशासन स्नातक (D.P.A.) र समाजशास्त्रमा स्नातकोत्तर (M.A.) शैक्षिक उपाधि हासिल गर्नुभएको छ । २०६३ सालदेखि निर्वाचन आयोगको आयुक्त हुँदै कार्यवाहक प्रमुख आयुक्त पदबाट वि.सं. २०७२ साल भदौ १० गते सेवानिवृत हुनुभएको छ । २०२३ देखि २०२६ सालसम्म परोकार आदर्श मावि, जौबारी, गोरखामा र २०३० सालदेखि २०३२ सालसम्म भानु मावि, दरबारहाइस्कुल, रानीपोखरीमा अध्यापन गरी जागिरे जीवन शुभारम्भ गर्नुभएका गुरुङले २०३३ सालदेखि २०३६ सालसम्म माध्यमिक विद्यालय निरीक्षक रही मुगु र सिन्धुपाल्चोक जिल्लामा काम गर्नुभयो ।

मेरा पाइलाहरू (यात्रा अनुभूतिका पाइलाहरू) एक अध्ययन

परिचय
वि.सं. २०२७ चैत्र १८ गते शंकरपोखरी पर्वतमा, माता यशोदा रिजाल र पिता प्रेमप्रसाद रिजालको जेष्ठ पुत्रको रूपमा जन्मनु भएका भेषराज रिजालले वि.कम. विएड. र एम. ए.सम्मको शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ साथै सरकारी सेवामा उपसचिव पदमा कार्यरत हुनुहुन्छ । २०४७ सालबाट २०५३सम्म शिक्षक सेवामा कार्यरत रहेर २०५३ देखि हालसम्म सरकारी सेवामा विभिन्न पदमा कार्यरत भै राष्ट्र, जनता र साहित्य सेवामा आफूलाई समर्पित गर्दै आउनु भएको छ ।

स्वप्नदृष्टि यात्रा महाकाव्यको शल्यक्रिया गर्दा

परिचय –रामप्रसाद ज्ञावलीको जन्म, वि.सं.२०२४ वैशाख११ गते थानापति गा.वि.स.को वडा नं –३ मा पिता पं दुर्गाप्रसाद ज्ञावली र माता कुन्तादेवी ज्ञावलीका काहिँला पुत्ररत्नको रूपमा, भएको हो । उहाँले आफ्नै घरबाटै अध्ययनको प्रारम्भ गर्दै स्थानीय विद्यालयबाट औपचारिक शिक्षको थालनी गर्नुभयो । बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री प्रथम श्रेणीमा पास गरी, त्रिभूवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए. प्रथम श्रेणीमा प्रथम भै सोही विश्वविद्यालयबाट नै नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्वको अभिव्यक्ति विषयमा विद्यावारिधिसम्मको उच्च शैक्षिक योग्यता हासिल गर्नुभएको छ । उहाँ आफूलाई शैक्षिक पेसामा समर्पित गर्नुभएको छ ।

वियोगान्त उपन्यास स्मारिकाको एक झलक

परिचय–
कावासोती नगरपालिकामा आजकल युवाहरू साहित्यको विकासको लागि लागिपरेको पाइन्छ । यहाँ कहिले एकल कविता वाचन हुन्छ भने कहिले युगल गजल वाचन तथा गजल गायनका कार्यक्रम भएको पाइन्छ । साधाना सङ्गमको मासिक साहित्यिक कार्यक्रम एनकेन चलेकै छ । साहित्यिक संस्थाहरूले पनि साहित्यिक कार्यक्रम फाटफुट सञ्चालन गरेको पाइन्छ । मध्यविन्दु, सामर्थ्य, नवलपुर र कावासोती एफएमहरूले पनि साहित्यिक कार्यक्रम सञ्चालन गरेर साहित्यको सवलताको लागि सेवा पुर्याइरहेका छन् । देउचुली र स्टार च्यानल पनि साहित्यिक कार्यक्रममा सकृय देखिन्छन् ।कृतिहरू पनि प्रकाशन भै रहेकाा छन् ।

तीनजुरेदेखि अनार खोलीसम्म, अनुभव कथा संगालो एक झलक

कपन बानेश्वर साहित्यिक सप्ताहिकको २०७४ श्रावण ७ गतेका दिन सञ्चालित साहित्यिक कार्यक्रममा एक जान उच्च कद, आकर्षक व्यक्तित्त्वले यी दुइवटा मेरा कृतिमा “तीनजुरेदेखि अनारखोलीसम्म”समालोचनाको लागि हो भन्दै हतार हतारमा प्रदान गर्नुभयो र उहाँ हतारमै बाहिरिनु पनि भयो । तत्क्षणत मैले उहाँलाई चिन्न सकिन तर उहाँका कृति “तीनजुरेदेखि अनारखोलीसम्म” र “आमा मेरी आमा (सम्झनाका केही विम्बहरू)”का आवरण पृष्ठबाटै मलाई याद आयो, उहाँ कृषिमन्त्रालयमा उपसचिव हुँदा मलाई बरिष्ठ माटो विज्ञको बढुवाको पत्र थमाउनु भएको थियो । एकातिर मलाई उहाँसँग भेटहुन पाएकोमा अत्यान्त खुसी पनि लाग्यो तर परिचय नविकरण गर्न नपाएकोमा निकै निरुत्साही पनि भएँ । उहाँको ‘तीनजुरेदेखि अनारखोलीसम्म’अनुभव कथा संगालो अहिले मैले अध्ययन गर्दै छु र मलाई लागेका केही बुँदाहरू यहाँ पस्कने अनुमति चाहन्छु ।

जीवनयात्रा महाकाव्यको शैल्यक्रिया

माधवप्रसाद चालिसेको जन्म वि.संस २०१४/१०/०६ सालमा पिता पंण्डित भवीश्वर चालिसे र माता पवित्रा चालिसेका पुत्ररत्नको रूपमा जैदी बाग्लुङ धौलागिरी अञ्चलमा भएको थियो । हाल माधवजी ॐशान्तिमार्ग गैडाकोट –५ नवल परासीमा आउनु भएको छ । साहित्याचार्य शैक्षिक योग्यता भएका माधवजी नेपाल संस्कृत विश्वविद्यालय कालिका र्संस्कृत विद्यापीठ गैडाकोट नवलपरासीको सहप्राध्यापकको साथै साहित्य तथा सिद्धान्तज्योतिषको विभागाध्यक्ष हुनुहुन्छ ।

‘तिम्रै पर्खाइमा’लाई नियाल्दा

भनिन्छ प्रतिक्षाको घडीको सुई निकै ढीलो गरी घुम्छ । पर्खदा पर्खदा निकै पट्यास पनि लाग्न सक्छ तर जब मिलनको घडीको समय आउँछ, त्यतिवेला जो आनन्द आउँछ समय बितेको थाहै लाग्दैन । यहाँ टीका देवी पोख्रेलको ‘तिम्रै पर्खाइमा’ म अध्ययनमा व्यस्त छु । यहाँ मैले समयको आवाज कति बुलन्द भएर दगुरेको छ या आनन्ददायी जीवनका पहलहरूमा सुनमा सुगन्ध थपेको छ या निरासका पाइलाले विकासका पाइलाहरूमा अवरोध खडा गरेको छ त्यसको लेखा जोखा गर्न भने बाँकी नै छ । सर्वप्रथम टीकादेवी पोखरेल सापकोटाको परिचयमा लागौं ।

कालीगण्डकी महाकाव्यको शैल्यक्रिया

नवराज पान्डेय ‘चातक’को जन्म २०२१ सालमा पिता पंण्डित सिद्धिनाथ पाण्डे र माता जानकी पाण्डेका पुत्ररत्नको रूपमा सुवर्ण खाल (१ अर्घाखाँचीमा भएको थियो । हाल उहाँको ठ्गाना बुटवल – ९, रुपन्देही हो । नवराजका नित्यकर्मपद्धि (२०५८),वेद स्तुति नेपाली व्याख्य (२०६४ ), परमानन्दचरितामृत म संस्कृत काव्यम्(२०६८), नित्यकर्मविधि (२०६९), परमलघुमञ्जूषातत्त्वविचार (व्याकरण २०७३), र कालीगण्डकी (महाकाव्य) कृतिहरू बजारमा आइसकेका छन् । नवराजको शिक्षा क्षेत्रका विविधपदमा रहेर आजसम्म माध्यमिक शिक्षण सेवा (२०४४–२०४७) र नेपाल संस्कृत विश्वविद्यालय सेवा (२०५० देखि हालसम्म)मा लामो अनुभव छ साथै शिक्षा क्षेत्रमा उहाँले पुर्याएको योगदान अनुकरणीय छ । शिक्षा क्षेत्रमा पुर्याएको लामो योगदानलाई कदर गर्दै शिक्षा पुरस्कार (२०६४ले विभुषित हुनु भएको छ । त्रिवेणी साहित्य परिषद, नवलपरासीको आजीवन सदस्य हुनुहुन्छ ।