Skip to content

पुस्तक/कृति समीक्षा

अग्निसूत्रको सौन्दर्य

लेखक जगदीश घिमिरेको ‘अग्निसूत्र’ नामक कविता संग्रह भर्खरै सार्वजनिक भएको छ । यसमा उनका २०२५ देखि २०६२ सालसम्म रचित कविता संकलित छन् । घिमिरेको यो पहिलो कविता संग्रह हो । यी कविता कुनै फुटकर, कुनै गीत र कुनै मुक्तक स्वरूपका छन् । यी कविताले आफ्ना कालखण्डका कटुतम यथार्थलाई प्रतिबिम्बित गरेका छन् ।

सिद्धिचरण : एक रक्षाकवच

  • by

कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आफ्नो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा ‘मेरो प्यारो ओलखढुंगा’को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । उनका लागि ओखलढुंगा प्राकृतिक सौन्दर्यले सिँगारिएको स्वर्गसमान थियो र त्यसको प्रतिलोमरूपी काठमाडौँ थियो उजाड मरुभूमितुल्य मानव-बस्ती ।

तीतो सत्य

  • by

जीवनका लामा बाटाहरूमा यात्रा गर्दा जिम्मेवारी र कर्तव्यपूर्ण मोडमा कतिले खुट्टा कमाएर बाटो बिराए, कतिले बाटो हिँड् नेहरूलाई झुक्याएर छिर्के हाने र कतिले यस्ता विषम-यात्रालाई निर्भयपूर्वक गन्तव्यको किनारसम्म टेकाउन सक्षम भए ? पुरानो कालखण्ड हुँदै झन्डै एक दशकअघिसम्मको नेपाली साहित्य, कला र राजनीतिक फाँटको वृत्तान्त वर्णन गरेका छन्, इतिहासकार ज्ञानमणि नेपालले आफ्नो पुस्तक अतीतका स्मृति र अनुभूति -विश्वेश्वरदेखि वीरेन्द्रसम्म मा ।

जवाहरलाल नेपालप्रति नरम थिएनन्

२००७ सालको सेरोफेरोमा लेखिएका दर्जनौ“ पुस्तक, लेख र संस्मरणहरूभन्दा भिन्न छ मातृकाप्रसाद कोइरालाको आत्मकथा । किनभने, यो सुनिजान्ने र देखिजान्ने साक्षीको बकपत्रजस्तो मात्र नभई भोगिजान्ने पात्रकै कलम र निजी सङ्कलनका लिखतमा आधारति ग्रन्थ रहेछ । भनौ“, यहा“ छापिएका कुराहरूको आधिकारकिताबारे पाठक ढुक्क हुन पाउने रहेछन् । मातृकाप्रसादको निधन भएको ११ वर्षछि उहा“को यो जीवनी कुन पृष्ठभूमि र सर्न्दर्भमा जनसमक्ष ल्याउन सम्भव भएको हो, त्यसको जानकारी प्राक्कथनमा वरष्िठ अधिवक्ता गणेशराज शर्माले सविस्तार दिनुभएको छ ।

‘दोभान’ महाकाव्यमा प्रकृति-चित्रण

  • by

भरतराज पन्त शास्त्रीय छन्दका सिद्धहस्त कवि हुन् । उनले वाणिर्क वृत्तमा आधारित दर्जनौ सुन्दर काव्यकृति नेपाली रसिक पाठक समाजलाई दिएका छन् । अनुवाददेखि लिएर मौलिक, फुटकरदेखि लिएर काव्य-महाकाव्यसम्मका रमणीय रचनाले नेपाली काव्य-जगत्लाई साधु-अवदान दिने कवि पन्तको रचना-कौशलले आˆनो दीर्घयात्रा तय गरेको छ ।

मुनामदन र बसाइँको कीर्तिमान

  • by

पुसको अन्तिमसाता प्रज्ञाभवनमा आयोजित पुस्तक पर््रदर्शनी । शिक्षामन्त्री राधाकृष्ण मैनालीका नजर बरण्डामा सुताइएका कृतिहरूमा टिकेको दृश्य । पुस्तकहरूको भीडमा केही त उनको हातमा परे पनि । चारसय चानचुन रुपियाँ तिर्ने इच्छा पूरा गरे । उनी भन्दै थिए- “फर्ुसदका बेलाँ साहित्यिक किताबहरू पढ्छु नि !” सरकारका पर्ूव सचिव दामोदर ढकालले गएको साल प्रकाशित गरे ‘यात्रा संस्मरण’ । पुस्तक डेढसयप्रति त आफन्त, साथीभाइलाई बाँडेरै सके । हालसम्म कति बिक्री भए, उनलाई अत्तोपत्तो छैन ।