Skip to content

व्यक्तित्व समीक्षा

कवि एवं गीतकार ईश्वरबल्लभ

  • by

आकाश मात्रै नहेर, धरती पनि हेर्नुपछ
धरतीले मानिसलाई साह्रै माया गर्छ
जतिनै तारा आकाशमा छन्
त्यति नै थापा यहाा पानी पर्छ
त्यति नै बिरूवा यहाा सर्छ ।

भूपीको सम्झना

  • by

“सबै बाटा रोमतर्फ लाग्छन्” भन्ने अंग्रेजीे उखानजस्तै शिक्षाका लागि त्यस बखत नेपालका सबै बाटा वनारसतर्फ लाग्दथे । तिनैमध्ये एउटा बाटो थाक खोला, पोखरा, बुटवल, भैरहवा र सुनौली हुँदै वनारसतर्फ लागेको थियो । त्यही बाटोले एउटा हृष्टपुष्ट थकाली केटोलाई वनारसतर्फ डोर्‍यायो । उसको नाउँ भुपेन्द्रमान शेरचन थियो । उसमा साहित्यिक प्रतिभाहरू जतिजति प्रस्फुटित हुँदै गए उसका नाउँ पनि परिमार्जन हुँदै गए । उसले नाटक लेख्यो “परिवर्तन” र आफ्नो विचारधारामा प्रगतिशीलता ल्याएअनुरूप नाउँ पनि परिमार्जन गर्‍यो, भुपेन्द्रमान शेरचन “सर्वहारा”। भूपी शेरचन भन्ने नाम त पछि मात्र रहन गएको हो ।

रूप-रसिक कवि कटुवाल

  • by

कवि हरभिक्त कटुवाल २०२४ सालमा झापामा आयोजित द्वितीय राष्ट्रव्यापी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक भारत, असमबाट नेपाल आएका थिए । कटुवालको कवितापाठ गर्ने अद्भुत कलाले गर्दा साहित्य सम्मेलनमा आएका साहित्यकारहरूमाझ रातारात उनी चर्चित बन्न पुगे । कवि केदारमान व्यथितको पहलमा कवि कटुवाललाई त्यसै सम्मेलनमा विशिष्ट कवितापाठका निम्ति ‘स्वर्णपदक’ दिइयो ।