Skip to content

व्यक्तित्व समीक्षा

स्मृतिमा रुद्रसर

  • by

जहाँ जीवन छ, त्यहाँ मृत्यु पनि छ तर पनि जीवन हुने कसैले पनि जन्म र मृत्युको पूर्वआभाष पाएको हुँदैन । जसरी थाहा नपाइकन जीवन पाइन्छ, त्यसरी नै मृत्यु पनि । त्यस्तै भयो आदरणीय गुरु रुद्र खरेलको पनि । ०६५ साल भाद्र ७ गते अध्यात्मवादले भनेजस्तो पञ्चतत्वको शरीर पञ्चतत्वमै विलीन हुन पुग्यो वा भौतिकवादअनुसार शून्यबाट शून्यमै विलीन हुन पुग्नु भयो थाहा भएन । यति भने सत्य हो रुद्र सरको भौतिक उपस्थिति अब छैन । कहीँ कतै भेटिनु हुन्न ।

मायादेवी सुब्बा

  • by

मायादेवी सुब्बा नेपाली साहित्यमा लामो र छोटो कथा बुन्न सिपालु शिल्पीको नाउँ हो । उनी नारीका लागि अप्ठ्यारोे मानिने त्यस समयमा पनि नेपाली भाषासाहित्यको आन्दोलनमा लागिन् । वास्तवमा त्यस घडी नारीलाई कविलेखक भएर हिँड्न त्यति सहज परिस्थिति थिएन । तर उनी आफ्नो रुचिमा दौडँदै हिँडिन् । अथवा भनूँ; त्यस बेला आफ्नो सृजनात्मक प्रतिभा पोख्न उनी सक्रिय भइरहिन् । बाल्यकालमा नै उनी कवितालेखनमा आकृष्ट थिइन् । उनी कृतिगत रूपमा ढिलो जन्मे तापनि फुटकर रचनाकारका रूपमा सातसालको हाराहारीमा उदाएकी थिइन् । त्यति बेला उनको उत्साह विशेष गरी साहित्यमा झयाङ्गिएको थियो ।

ओझेलमा असल स्रष्टा

  • by

यतिखेर दैवज्ञराज न्यौपाने राम्ररी बोल्नसक्ने अवस्थामा हुनुहुन्न, उहाँका बारेमा यतिखेर कसैले बोलेकै छैन भन्दा हुन्छ । यतिखेर दैवज्ञराज न्यौपानेका आँखाले राम्ररी काम गर्न छाडेका छन्, उहाँको अवस्था अरूले नदेखे सरहै भएको छ । दैवज्ञराज न्यौपानेले लेख्न नसकेको छ महिना भइसक्यो, उहाँको बारेमा कसैले नलेखे जस्तै भएको छ । एउटा स्रस्टा विगत तीन वर्षदेखि अस्वस्थ र अशक्तजीवन बाँच्दासमेत धेरैले पत्तोसमेत पाएका छैनन्, कतिले चासोसमेत लिएका छैनन् ।

अवरुद्ध आशाबारीको धुन

  • by

उनी विसं २००६ मै साहित्यमा होमिएका हुन् । तर, ००९ सालमा रेडियो नेपालले स्वर-परीक्षामा उत्तीर्ण गरिदिएको भए सायद उनी गायक पो हुन्थे कि – ००५ सालको आरम्भतिर उनी राजनीतिमा लागे । यसको कारण श्यामप्रसाद शर्मा थिए । श्यामप्रसाद वीरगन्जबाट भर्खर काठमाडौं पसेका थिए । उनी साहित्यमार्फ राजनीति र चेतनाको बीउ र्छर्दै हिंडेका थिए । श्यामप्रसादकै हुटहुटीमा उनी र समविचारका केही मित्रहरू मिलेर एउटा हस्तलिखित साहित्यिक पत्रिका निकाल्ने योजना बनाए । त्यो पत्रिका थियो, सन्देश । त्यसैमा उनको पहिलो कविता छापियो ।

मान्छे पनि काले त्यति राम्रो थिइन-दुर्गालाल श्रेष्ठ

  • by

भनिन्छ, काठमाडौँको नेवार समुदायमा हप्तै र महिनैपिच्छे एक न एक चाडपर्व पर्छ । ती पर्वहरूको सांस्कृतिक महìव पनि छ । त्यही पर्वमध्येको गाईजात्रा, इन्द्रजात्राको बेला टोल-टोलका डबलीहरूमा नाटक मञ्चन हुन्थे । इन्द्रजात्राकै बेला हुनुपर्छ, डबलीकै लागि २००४ सालतिर बाङ्गेमुढाका बालकहरूले ‘सत्तलसिंह’ नाटकको ‘रिहर्लसल’ गरिरहेका थिए । नाटक ‘रिहर्लसल’ गरिरहेकाहरू दुर्गालालका टोलछिमेकी दौँतरीहरू थिए ।

महाकविको नौ भाषाको कविता र डा. कोइरालाको अपूरो सामग्री

  • by

संवत् २०६५ साल कात्तिक महिनाको वर्ष ४१ अङ्क ६ पूणर्ाङ्क ४७३ को ‘मधुपर्क’ पत्रिका ‘महाकवि देवकोटा विशेष’ -अङ्क)को रूपमा प्रकाशित भएकोमा यसका सम्पादक एवं ‘मधुपर्क’ सित सम्बन्धित सबैलाई सधन्यवाद बधाई ज्ञापन गर्दछु । विशेष गरेर ‘महाकवि देवकोटाको शतवाषिर्की’ मनाउन तरखर हुन लागेको बेलामा प्रकाशित यो अङ्कको विशेष महìव रहनेछ भनेमा अत्युक्ति हुने छैन ।

अविरल विकल

  • by

सहरी कोलाहलदेखि पर कुनाको आरुबारी टमस हार्डीको उपन्यास ‘फार पम द म्याडिङ क्राउड’ झैं लाग्छ । सुन्दर गाउँदेखि अलि पर हरियो जंगल छ ।

एउटा चमत्कारी स्रष्टा

  • by

केटाकेटीलाई पनि साथी बनाउने खुवी भएका, युवायुवतीसँग पनि मित्रता राख्ने हैसियत कमाएका र प्रौढसँग पनि आत्मीयता जोड्न सिपालु स्रष्टा थिए — धुस्वाँ सायमि । धुस्वाँ सायमिको जीवनको मूख्य विशेषता आˆनो उमेरलाई समेत जित्न सक्ने उनको मन थियो । उनी मनका पूँजीपति थिए । त्यसैले उनी मनैले अरूको मन सजिलै जितिदिन्थे । उनको जित्ने कलाका कारण म पनि कैयौँचोटि उनीसँग हारेको थिएँ । किनभने कुनै बेला म पनि आफूभन्दा तेईस वर्ष जेठाको साथी थिएँ तर क्रमशः म उनको साथीबाट चाहिं टाडिन थालें ।

अनौपचारिक – सलाम आस्थाका सतिसालहरू

  • by

असल मित्रहरूसँगको अनायास बिछोडले सधैँ नै पीडाको नमिठो चोट छाडेर जान्छ । यस्तै पीडाको अनुभव गराएको छ मित्रद्वय रूद्र खरेल र अग्नि शिखाको असामयिक तथा अप्रत्यासित बिछोडले। आस्था र प्रतिबद्धतामा सतिसालझैँ अडिग र सरल जीवन शैलीका प्रतीक लाग्ने यी दुई प्रगतिशील साहित्यकार-पत्रकार मित्रलाई छोटै समयमा एकपछि अर्को गुमाउनुपर्दा मजस्ता धेरैमा बिछोडको पीडाबोध हुनु स्वाभाविक थियो ।

सितार सम्राटबारे दुई शब्द

  • by

नरेन्द्र वाटाजू र सितारवादन एकाअर्काका पूरक हुन् भन्दा फरक पर्दैन । सितारका सातै तारका झंकारबाट जीवन-जगतलाई झंकृत पार्नमा अति पोख्त हुनुहुन्छ हाम्रा नरेन्द्र वाटाजु ।

‘गीत-गंगा’ र तुहिएको सपना स्वर सम्राट नारायण गोपालको शब्द-सम्झना

  • by

कुनै एकदिन पेमला भाउजूसित नारायण दाइका बानी- व्यहोराबारे मैले कुरा गरेथेँ । उनले सार्वजनिक नगर्ने सर्तमा भनेका कुराबाहेकको एउटा कुरा, सन्दर्भले आज सम्झिएँ । भन्थिन्- ‘भाइ ! नारायणको एउटा सपना थियो । यो घर संगीत-ट्रस्टको नाममा जाओस्, अगाडिको फूलबारीमा एउटा चिटिक्कको सांगीतिक हल बनोस् र त्यसको नाम ‘गीत-गंगा’ रहोस् ।’ यसो भनिरहँदा पेमला भाउजूको मुहार निकै उत्साहपूर्ण देखिन्थ्यो । त्यसबखतसम्म उनको स्वास्थ्य त्यति खस्किएको पनि थिएन । उतिबेला, यसो भन्दै गर्दा मेरो मस्तिष्कमा भने नारायण गोपालको एउटा लोकपि्रय गीत घुमिरहन्थ्यो ।

सक्रियता देखाउँदा देखाउँदै जानुभयो शारदाजी

  • by

उमेरले केही गरौँ र सक्दो गरौँ भन्ने भावनाले शारदा अधिकारी -ढकाल) को सक्रियता साहित्यिक क्षेत्रमा यता केही वर्षदेखि बढ्न थालेको थियो । लेखन, सम्पादन, साहित्यिक सङ्घ संस्थामा संलग्नता आदि माध्यमबाट नेपाली भाषा र साहित्यमा सक्रिय शारदा अधिकारीको पेशा पनि नेपाली भाषा प्राध्यापनमै थियो । उमेरले साथ दिए पनि, रोगले नगाँजे पनि दुर्घटनामा परेर उहाँले आˆनो जीवन अल्पायुमै गुमाउनु पर्‍यो । उहाँको ४३ वर्षको उमेरमै मोटरसाइकल दुर्घटनामा परेर काठमाडौँमा निधन भयो ।

नेपाल भूमिका गौरव महाकवि विद्यापति

  • by

नेपाली इतिहास र राजनीतिको प्रसड्ढ चल्दा काठमाडौंलाई र साहित्यको प्रसड्ढमा नेपाली भाषालाई मात्र सम्झने कमजोरी नेपाली बौद्धिक समुदायमा व्यापक छ । नेपाल एकीकरण हुँदाको अघि र पछि वर्तमान नेपालको भूभागभित्रका विभिन्न ठाउँमा राजनीति, दर्शन, शिक्षा, भाषा, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा निकै महत्त्वपूर्ण काम भएका थिए । ती सबै क्षेत्रतिर हाम्रो ध्यान पुग्न नसक्दा हामी आˆनै देशको इतिहासका अनेकौं गौरवमय पक्षबाट अवगत हुन सकिरहेका छैनौं । नेपालका सबै क्षेत्रको र सबै जाति-भाषा-संस्कृतिको इतिहास र वर्तमानको योगदानतिर अध्ययन गहिर्‍याएर राष्ट्रको ऐतिहासिक गरिमालाई प्रकाशमा ल्याउनु आवश्यक छ ।

मेरो सम्झनाका माष्टर मित्रसेन

  • by

मैले माष्टर मित्रसेनलाई भारतको शिलाङ्गमा सन् १९३५ तिर देखेको हुँ। केही दिनसम्म उहाँसंग संगत पनि भयो । उहाँ एक राष्ट्रवादी सेवक हुनुहुन्थ्यो । यद्यपि उहाँको जन्म भारतमा भएको हो । र केही समय उहाँले फौजमा पनि काम गर्नुभएको कुरा उहाँको जीवनी पढ्दा थाहा हुन्छ । किन राजीनामा गर्नुभयो, त्यो त उहाँले नै जान्ने कुरा हो तापनि उहाँ आफ्नो गायन कला मार्फत् समाजमा रहेका नराम्रा रीतिथितिहरूलाई उजागर गर्नुहुन्थ्यो । उहाँको साथमा मैले बहादुर सिंह बराललाई पनि शिलाङ्गमै देखेको थिएँ । माष्टर मित्रसेनलाई आफ्नो गायन यात्रा जारी राख्न बहादुर सिंहको पनि सहयोग थियो क्यारे ।

भिक्षुको साहित्यिक यात्रा : भुतुचाको आलोकमा

  • by

आज हामी नेपालीहरू पहाडी र मधेशी क्षेत्री बाहुन र जनजातिका रूपमा आ-आफूलाई वर्गीकृत गर्न जुरमुराउँदै छौं । हामीबाट साझा नेपाली जातिको अवधारणा पातलिंदै जाँदो छ । यसले राष्ट्रलाई फाइदा हुन्छ कि हानि – यस सन्दर्भमा तराईमा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अद्वितीय योगदान दिनु हुने कवि भिक्षुको जीवनी र काव्य साधना तर्फहामीले ध्यान दिनु वान्छनीय देखिन्छ ।

अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !

  • by

भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ?
आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली परिवेशमा हुर्के र उनले धनीमानीले सजिलै अवलम्बन गर्न नचाहने माक्र्सवादजस्तो राजनीतिक दर्शनलाई अंगीकार गरे ।

जनसम्मानको शिखरमा महाकवि

  • by

जा त मान्छे बन वजनदार
विश्व थर्का, पृथ्वी चर्का
मृत्युको जुघा उखेल्
दैनिक गन्धेझार रोई-रोई नउखेल्
मानवलाई स्वाभिमान, संर्घष्ा र स्वाधीनतानिम्ति कविताबाट यसरी झकझक्याउने, लोकतान्त्रिक संर्घष्ामा आफैं होमिने, कविता, गीत, नाटक, कथा, निबन्ध, काव्य, महाकाव्य आदिको नया“ सगरमाथा उभ्याउने, नेपाली चेतनालाई विश्वव्यापी तुल्याउने महाकवि लक्ष्मीप्रसाद देवकोटाले हामीबाट अन्तिम विदा लिएको आधा शताब्दी भयो ।

साहित्यसँगै राजनीति पनि

  • by

साहित्य र राजनीतिलाई सँगैसँगै समन्वयात्मक ढङ्गले अघि बढाउन चाहने कवि केदारमान व्यथितको जन्म वि. सं. १९७१ साल कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारको गाउँ बाँसबारी बाहुनेपाटीमा भएको हो । सानैमा पिताजीसँग काठमाडौँ आउनुभएका व्यथितको औपचारिक शिक्षा नेपाली तीन पास मात्र हो, तर उहाँमा जन्मजात कवि-प्रतिभा थियो र त्यसलाई उहाँले स्वाध्ययन र साधनाले उकास्नुभयो । सारांशमा उहाँ आˆनो निर्माण आफैँले गर्नुपर्छ भन्ने विचारका व्यक्ति हुनुहुन्छ ।

देवकोटाः शिशुभक्षकका पक्षमा

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्धद्घ गर्दछ ।

महाकविका अन्तिम क्षणका साक्षी

  • by

“श्रेष्ठजी ! तपाईंको घर नजिक अस्पताल भएको कुरा सुनेको छु, डाक्टरहरूसँग तपाईंको हेलमेल राम्रै होला । मलाई कतैबाट चार ग्रेन मफिर्न अथवा पोटासियम साइनेड ल्याइदिए म तपाईंलाई जीवनको सच्चा साथी सम्झने थिएँ र तपाईंको सहयोग म सदा सम्झिरहने नै छु पनि ।”