Skip to content

कवि एवं गीतकार ईश्वरबल्लभ

  • by

आकाश मात्रै नहेर, धरती पनि हेर्नुपछ
धरतीले मानिसलाई साह्रै माया गर्छ
जतिनै तारा आकाशमा छन्
त्यति नै थापा यहाा पानी पर्छ
त्यति नै बिरूवा यहाा सर्छ ।

यो कवितांश ईश्वरबल्लभले लेखेका हुन् । उनको थर भट्टराई हो । उनी नेपालका ठूला कवि एवं गीतकार हुन् । उनलाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तकमध्ये एक भनिन्छ । वैरागी काइाला र इन्द्रबहादुर राईसाग मिलेर उनले ‘तेस्रो आयाम’ नामको साहित्यिक अभियान चलाएका थिए ।

ईश्वरबल्लभको जन्म वि.सं. १९९४ साल असार २८ गते मङ्गलबार काठमाडौाको जैसीदेवलमा भएको थियो । उनी बाबुआमाका जेठा छोराका रूपमा जन्मिएका थिए । उनका बाबुको नाउा पं. मुरलीधर भट्टराई र उनकी आमाको नाउा राममाया थियो । मुरलीधर प्रसिद्ध पुराणवाचक र राणाविरोधी क्रान्तिकारी पण्डित थिए । उनले गोरखाबाट काठमाडौंा आई नेवारजातकी राममायासाग विवाह गरेका थिए । ईश्वरबल्लभका भाई विश्वबल्लभ पनि गीतकार र सङ्गीतकार हुन् ।

ईश्वरबल्लभ जन्मिएको २ वर्षपछि उनका बाबुलाई पुराण सुनाउादा-सुनाउादै प्रजातन्त्रको कुरा गरेको आरोपमा राणाहरूले झ्यालखानामा हाले । त्यसैले उनलाई सानै उमेरमा आमाले पढ्न-लेख्न सिकाएकी थिइन् । उनी १० वर्षका भएपछि बाबु झ्यालखानाबाट छुटे ।

ईश्वरबल्लभ दरबार हाइस्कुलमा पढ्न थाले । उनी स्कुलबाट र्फकंदा बाबुलाई भेट्न झ्यालखानामा जान्थे । र्फकंदा बाबुले दिएको नुन र चामलको पोको बोकेर घर र्फकन्थे । उनलाई देख्ने मानिसहरू दङ्ग परेर हेर्दथे । किनभने उनको कपाल सानै उमेरमा फुलेको थियो । उनी स्कुलमा पढिरहेकै बखत उनकी आमाको मृत्यु भयो । त्यसपछि विरक्त भएर उनी भारतको इलाहावाद पुगे र त्यहीाबाट म्याटि्रक परीक्षा उत्तीर्ण गरे । उनकै आग्रह मानेर ईश्वरबल्लभ सर्लाहीको मलङ्गवामा आए र महिनाको ४० रूपियाा तलब लिएर त्यहााको विद्यालयमा पढाउन थाले । त्यहाा पढाउादा-पढाउादै उनले इलाहावाद बोर्डबाट प्राइभेट स्नातक उत्तीर्ण गरे ।

सर्लाही बसेको डेढ वर्षपछि उनी घुम्दै दार्जिजिङ पुगे । उनले त्यहाा उपन्यासकार रूपनारायण सिंहको विशाल शवयात्रा देखे । साहित्यकारको त्यत्रो मान्यता देखेर उनी छक्कै परे । उनलाई त्यहीा बस्न मन लाग्यो । नभन्दै उनले त्यहााको टर्नबुल हाइस्कुलमा पढाउने मौका पाए । त्यतिबेला उनी विद्यार्थीहरूलाई ट्युसन पनि पढाउाथे । आफैाले ट्युसन पढाएकी कमला क्षेत्रीसाग उनको मन मिल्यो र उनले वि.सं. २०१६ सालमा कमलासाग विवाह गरेर त्यसपछि उनी रेडियो खर्साङमा उद्घोषणको काम गर्न थाले । केही समयपछि त्यो जागिर छुट्यो । उनले पसल थापे । जीविकाको लागि उनले ठेक्कापट्टा पनि गरे । २०२७ सालमा उनी सपरिवार काठमाडौा फर्किए ।

ईश्वरबल्लभ सानैदेखि गीत र कविताहरू लेख्थे । उनको पहिलो कविता २०१२ सालमा दार्जिलिङबाट पारसमणि प्रधानले निकाल्ने ‘भारती’ पत्रिकामा छापियो । ‘मेरो आमाले आत्महत्या गरेको देश’ उनको प्रसिद्ध कविता हो ।

ईश्वरबल्लभ सम्पादक पनि थिए । उनले ‘टुकी’, ‘प्रज्ञा’, फूलपातपत्कर’ र ‘तेस्रो आयाम’ नामक पत्रिकाहरूको सम्पादन गरेका थिए । उनी गीतहरू पनि लेख्थे ।

ईश्वरबल्लभले नेपाली भाषा-साहित्यको सेवा गरेवापत मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री स्वर्णपदक, मुक्ति पुरस्कार, व्यथित सिन्धु पुरस्कार र प्रेस काउन्सिल पुरस्कार पाएका थिए ।

ईश्वरबल्लभ उच्चरक्तचाप र मधुमेहका रोगी थिए । ७० वर्षका पुगेपछि उनलाई हृदयघात भयो । २०६४ साल चैत ९ गते शनिवार उपचार गर्दागर्दै अस्पतालमै उनको निधन भयो । उनको निधनले नेपालले अत्यन्त ठूला साहित्यकारलाई गुमायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *