Skip to content

व्यक्तित्व समीक्षा

बहुभाषाका ज्ञाता देवकोटा

  • by

लक्ष्मीप्रसाद देवकोटा नेपालको इतिहासमा अत्यन्तै गरिमामय ऐतिहासिक राष्ट्रिय व्यक्तिका रूपमा प्रतिष्ठापित छन् । पाँच दशकको जीवनावधिमा उनले आर्थिक विपन्नता, गरिबी, अभाव, विभिन्न शारीरिक र मानसिक पीडाकाबीच रहेर पनि नेपाली जनताको चेतना जगाउने, नेपाली शिक्षण संस्था स्थापना गर्ने, पत्रपत्रिका प्रकाशन गर्ने, शिक्षण गर्ने, सम्पादन गर्ने पाठ्यपुस्तक तयार गर्ने जागिरे लेखकको रूपमा, राजनीतिक क्रान्तिमा सामेल हुने, सल्लाहाकार सभामा विपक्षी दलको नेता हुने, शिक्षा तथा स्वायत्त शासन मन्त्रीसम्म हुने जिम्मेवारी बहन गरे ।

उपेक्षित स्रष्टा कुमार ज्ञवाली

  • by

लेख्नेहरू लेखिरहेका छन् तर कुमार ज्ञवालीको बारेमा कतै केही लेखिएन, टेलिभिजन, रेडियो, एफ. एम.बाट समाचार प्रवाह भइरहेका छन् तर कुमार ज्ञवालीबारे कतै केही सुनिएन । छापामाध्यमले पनि कुमार ज्ञवालीबारे एक शब्द खर्चेको छैन, समवेदना छापिएर पत्र-पत्रिका प्रायः भरिभराउ हुन्छन् तर कुमार ज्ञवालीप्रति श्रद्धाञ्जलि दिने औपचारिकता समेत कसैले देखाएन । न नेता, न अभिनेता, न कुनै राजनीतिसँग गाँसिएको मान्छे । न चाकडी गर्न जान्ने त्यसैले एक सक्रिय व्यक्तित्व, सफल साहित्यकारको निधन पनि समाचार बन्न सकेन, न कसैले उहाँको बारेमा कलम नै चलाए ।

बालकृष्ण सम बिर्सने? बिस्रने एउटा प्रशंसकको सम्झना

  • by

महाकवि देवकोटा महान् थिए- ठूला कवि र साँच्चै श्रद्धेय व्यक्तित्व । म विद्यार्थी बेलादेखि नै ‘देवकोटाभक्त’ भनी दरिएको मान्छे पनि हुँ । तर अचेल मलाई के लाग्न थालेको छ भने देवकोटामाथि भक्ति देखाउँदा-देखाउँदै हामी नेपालीले लेखनाथ र समलाई बिर्सिन थाल्यौँ कि क्या ! कविशिरोमणिको कुरा छाडूँ ऐले उनका बारे छुट्टै लेखौँला । ऐले सन्दर्भ ९९ औँ जन्म दिन २४ माघ परेकोले समको कुरा गरुँ भन्दैछु म । सम जस्तो प्रतिभाशाली नेपाली यो देशले जन्माएको छैन शायद सय वर्षयता ।

एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने

  • by

शङ्कर लामिछाने आधुनिक नेपाली साहित्यका उल्लेखनीय प्रतिभा हुन् । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । विशेषतः लेखक शङ्कर लामिछानेको कलमबाट आधुनिक नेपाली निबन्ध विधाले नयाा दिशा प्राप्त गरेको देखिन्छ । उनका निबन्धहरू शाश्वत साहित्यिक मूल्ययुक्त छन् । वर्तमान युगका बौद्धिक समस्याहरूलाई निजात्मक र नवीन ढााचामा प्रस्तुत गरिएका उनका निबन्धहरू न्ोपाली साहित्यका अमर रचना हुन् । नेपाली निबन्धजगत्का यस किसिमका अमर स्रष्टा लामिछानेको निबन्धकारिता एवं उनको चर्चित निबन्धरचना एब्स्ट्रयाक्ट चिन्तन प्याजको विश्लेषण गर्ने सन्दर्भमा यस समालोचनाको विषयप्रवेश भएको हो ।

जगदिश दाइको अन्तमर्न

  • by

जगदिश घिमिरेको बहुचर्चित अन्तर्मनको यात्राबारे एउटा पुस्तक समीक्षा गर्न मन लागेको थियो। तर कहिले व्यस्तता त कहिले आलस्यले गर्दा त्यो धोकोमै सीमित रह्यो। अब त धेरैले त्यो उत्कृष्ट पुस्तकका बारे लेखिसकेको हुँदा मेरो त्यो योजना असान्दर्भिक भइसकेको छ। उहाँसँग पो सीमित जिन्दगी भएकोले हातै नचल्दा पनि केही लेखिहाल्नुपर्ने र शरीरै नउठ्दा पनि केही गरिहाल्नुपर्ने हतार थियो। मलाई भने डाक्टरले जीवनको सीमा नतोकेकाले समयप्रति बडो निरपेक्षता छ, कुनै झ्टपट छैन। त्यसैले अन्तर्मनको यात्रा ले मेरो मनमस्तिष्कमा, जीवनजगतप्रतिको बुझ्ाइमा नै हलचल ल्याइदिँदा पनि मैले त्यो पुस्तकको बारेमा आफ्ना अनुभूतिहरूलाई लिपिबद्ध गर्ने जाँगर जुटाउन सकिनँ। एउटा मौका गुमेकोमा पछुतो लागिरहेको छ।

भूपि शेरचन कालजयी सार्थकता

  • by

वटुटोलको एउटा अँध्यारो कोठामा एक युवक पल्टिरहेको थियो। मेरा एक दाइ वटुकचन्द्र गौतमका साथमा म गएको थिएँ। धेरै अघिको घटना भएकाले सालको सम्झ्ना भएन। केहीबेर कुरा गरेपछि हामी दुवै निस्कियौँ। बाहिर आएपछि दाइले भन्नुभयो, “त्यो मान्छे कवि हो, भुपेन्द्रमान शेरचन सर्वहारा। वामपन्थी स्वभावले गर्दा उसले आफ्नो उपनाम सर्वहारा राखेको हो।”

विजय थापाः सलाईका काटी र क्यान्भास

  • by

मध्य दिन, नेपाल ललितकला संस्था (नाफा)को कौशीमा राणाकालिन दरबारको एक खोपी भित्र रेडियोमा मधुर सङ्गति बज्दै थियो । विजय थापा साग धेरैपल्ट विभिन्न कार्यक्रममा भेट भैरहन्थ्यो तर खासै राम्रो चिनजान थिएन । पेन्टिङ्गमा प्रयोग गरिने सलाईको काटी बारे निकै उत्सुक्ता थियो । कहिले स्वधर्मी कहिले विधर्मी रङ्ग र तुलिकाघात -(ब्रश स्ट्रोक) को रहस्य जान्ने उत्सुक्ताले नाफामा पुर्‍याएकोे थियो । क्यान्भासमा घोरिएर काम गर्दै गर्दा विजय थापालाई नमस्कार शब्दले झस्काएछ क्यार उहाा हऽऽऽ भन्दै पछाडी र्फकनु भयो अनि सम्वाद सुरु भयो । जिज्ञासा सागै विजय दाईका ब्रश र मुख सागसागै चल्दै थिए ।

गणेशमान सिंहको नेपालभाषा प्रेम र त्यसको विकासमा उहाँको महान् देन

  • by

वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनका उज्ज्वल नक्षत्र गणेशमान सिंह श्रेष्ठ नेपालका शीर्षस्थ राजनीतिक व्यक्तित्वमध्ये एकको रूपमा विश्व-प्रसिद्ध हुनुहुन्छ तर उहाको मातृभाषाप्रति अगाध प्रेम र त्यस भाषा (नेपाल भाषा) र त्यसको साहित्यको विकासमा उहाले दिनुभएको महान् योगदानबारे धेरैलाई थाहा नभएकाले त्यस पक्षलाई स्पष्ट पार्ने केही घटनाहरू स्मरण गरेको छु ।

अल्पायुका अमर व्यक्तित्व

  • by

भाषा, साहित्य, कला र संस्कृति एक स्वाभिमानी राष्ट्रका अमूल्य निधि हुन् । यी अमूल्य निधिहरूको संरक्षणमा प्रथमतः देशवासी नागरिकहरूको सर्वाधिक दायित्व रहन्छ । यिनै मूल्य, मान्यता, महत्त्व र मर्मलाई बुझ्ने जिउदा पारखीहरूको जन्म भने लाखौमा एक पनि मुस्किलले हुने गर्दछ । लाखौमा जन्मेका यी बहुआयामिक व्यक्तित्वहरूका इच्छा, आकाङ्क्षा , मनोभावना, विवेक र विचारको महत्त्वलाई सहजै स्वीकार गर्ने जनसमूह झन् त्यति नै दुर्लभ र अभावपूर्ण स्थितिमा रहेको प्रतीत हुन्छ । त्यसैले नेपाली समाज र परिवेशबाट अलिकति पनि टाढा नरहेर कलिलै उमेरमा भाषा, साहित्य, समाज र राष्ट्रको गौरवमय छविलाई चरम शिखरमा पुर्‍याई अमरत्व प्राप्त गर्ने राष्ट्रिय विभूति मोतीराम भट्ट नेपालीका ढुकढुकी हुन् ।

असफल चित्रकार सफल साहित्यकार

  • by

मैले आफूलाई पचास वर्षको उमेर घटाएर बाह्र वर्षको ठिटोको रूपमा खडा गरी आफैालाई हेरिरहेछु दरबार हाइस्कुलमा भट्टराई बाजे (बासुदेव भट्टराई) इतिहासका टिचर लठ्ठी टेकेर विस्तारै क्लासभित्र पस्नुहुन्छ । फोटो क्लास, अचेलको भए सातौा कक्षा । उहााले भारत वर्षको र इङ्ग्ल्याण्डको इतिहास पढाउनु हुन्थ्यो । म पछाडिको बेञ्चमा बसेको छु । मेरो सामुन्ने एउटा पुस्तक छ, जसको जिल्दाको सागै टाासिएको कागज बाक्लो सेतो र सफा छ । त्यो सेता कागजमा भट्टराई बाजेको आकृति लेख्ने ममा इच्छा पैदा हुन्छ । सिसा कलमले मेचमा बस्नुभएका भट्टराई बाजेलाई हेरी-हेरी म उहााको आकृति कोर्न थाल्छु । अचानक मेरो कानमा भट्टराई बाजेको आवाज आउाछ ‘मल्ले यता आइज’ म व्यूाझे जस्तो हुन्छु । खुरुखुरु किताबै बोकेर म उहााको सामुन्ने पुग्छ ।

जङ्गलमा मनका फूल फुलाउने कवि

  • by

नेपालभाषा गीति कविता विधामा सुपरिचित एवं जनपि्रय व्यक्तित्व हुन् दुर्गालाल श्रेष्ठ । उहााका गीति कविताका लय ध्वनि, कोमल शब्द चयन सीप, मधुर भाव रस सञ्चार तथा सरल, स्पष्ट, सहज अभिव्यक्तिबाट धेरैजसो श्रोता-पाठक मन्त्रमुग्ध भएका देखिन्छन् । उहााका कविताको वाचन उहााबाटै भएको बेलामा उहााका वाचिक, आङ्गकि र साìिवक भाव अभिनय पनि स्वतः स्फूर्तरूपमा प्रदर्शित भइरहेको हुन्छ । त्यस्तो स्थिति श्रोतालाई मनमोहक र प्रेरक लाग्दछ ।

कवि मनु र उनका पहाड चढिरहने कविता

  • by

अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो, किन हो, भन्न खोजेको के हो, आदि । अर्थ र उत्तरहरूले जीवनलाई परिभाषित गरिरहेका हुन्छन् तर के ती अर्थ र उत्तरहरूले कहिल्यै पूर्णता पाउँछन् , तिनले दिएका अर्थहरू नै जीवनलाई बुझन अन्तिम उत्तर हुन् त ; यही छ समस्या । र कविताको त वास्तवमा के अर्थ हुन्छ र, बरु, त्यसमा त भाव, सङ्केत, संवेग कल्पनाहरू नै हुन्छन् । वास्तवमा तिनमा हाम्रा आफ्नै कल्पनाहरू अटाउने कत्ति ठाउँहरू पनि हुन्छन्, जसले हामीलाई रमाउन मद्दत गर्छन् ।

कुहिरो र धूइरो; पारिजात र शिरीष

दशैँ र तिहारको आगमनसँगै काठमाडौँ उपत्यकामा कुहिरो लाग्न थाल्छ। जब बादल आकाशमा नउडी जमिनलाई चुम्बन गर्नतिर लहसिन्छ त्यही अल्छी बादललाई हामी कुहिरो भन्दछौँ। रातमा जमिन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्तैनौँ। कुहिरो बाक्लो भयो भने त्यसलाई हुस्सु भन्दछौँ। अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन्। सडक र हवाई यातायातमा समेत अवरोध पुग्छ। पुसमाघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ।

भूगोलमै हराए भूगोलका ज्ञाता

  • by

पूर्वी नेपालको गुन्सा गाउँबाट ताप्लेजुङका लागि उडेको तर गन्तव्यमा नपुगी बाटैमा हराएको हेलिकोप्टरमा सवार धेरै जना देशी–विदेशी विशिष्ट व्यक्तिहरूमध्ये डा. हर्क गुरुङ एक थिए जसलाई सञ्चारमाध्यममा भूगोलविद् र पूर्व राज्यमन्त्री भनेर चिनारी गराइएको छ।

एक स्रष्टा दुइ महाभारत

  • by

‘महाभारत’ प्राचीन विश्वका विशालतम ग्रन्थमध्ये प्रमुख र र्सवाधिक चर्चित पनि हो । त्यस युगको सबभन्दा ठूलो ‘कुरुक्षेत्र’ युद्धको वर्ण्र्ााा आधारित महाकाव्य इतिहास, दर्शन, राजनीति, रणनीति, शस्त्रास्त्र वर्ण्र्ााआदि धेरै विषयले ओतप्रोत छ । अठार पर्वमा विभाजित ग्रन्थमा नब्बे हजारभन्दा बढी श्लोक छन् । यति धेरै पात्र भएको अर्को ग्रन्थ लेखिएको छैन । सबै पात्रलाई पूरा निखारसहित प्रस्तुत गरिएको छ । कौरव र पाण्डव दर्ुइ पक्षको बीचमा भएको त्यो महायुद्धमा एसियाका अनेक राज्य र गणतन्त्र यो वा त्यो पक्षको सहयोगमा सामेल भएको वर्ण्र्ााछ ।

काइला दाइका कविता

  • by

असोज १५ मै कार्यक्रम गर्ने भनी भाइ ठाकुर बेलवासेले निम्ता दिनुभएको थियो । बैरागी काइलाको एकल कविता वाचन कार्यक्रम पहिलोपल्ट हुन लागिरहेको थियो काठमाडौंमा । आरोहण गुरुकुल र र्सवदा वाङ्मय प्रतिष्ठानको प्रयत्नमा हुन लागेको कार्यक्रम । काइलाको ठूलो फोटोसहित प्रचार सामग्री टागिएको थियो गुरुकुलमा । ‘खै भाइहरूले कविता पढ्नुपर्छ भनेका छन्, सकिने हो कि होइन’ भन्दै हुनुहुन्थ्यो बैरागी दाइ ।

नाट्यसम्राट् बालकृष्ण सम

  • by

बालकृष्ण सम जहानिया राणापरिवारकै सदस्य पिता समरशमशेर र माता कृर्तिराज्यलक्ष्मीबाट काठमाडौं ज्ञानेश्वरमा संवत् १९५९ माघ २४ गते जन्मेका थिए । उनी वंशजका नाताले राणा भए पनि स्वभाव र आचरणका हिसाबले साधारण मानिस झैँ थिए । बालककालमा आफ्ना बाजे डम्बरशमशेरको क्रूर व्यवहार र आफ्नी बज्यैको दयालु स्वभाव समले देखेका थिए । बाजे र बज्यैका आचरण देख्ता समको कोमल हृदयमा बज्यैको प्रभाव पर्‍यो । फलस्वरूप उनी हिरण्यकशिपु होइन प्रहलाद बन्न पुगे । त्यसकारण उनी बाल्यकालदेखि नै नम्रता, शिष्टता र भद्रता अँगाल्न लागे ।

कविशिरोमणि लेखनाथ पौड्याल

१. जन्म, शिक्षा र कवित्वको प्रारम्भ
नेपाल अधिराज्यको गण्डकी अञ्चलअर्न्तर्गत कास्की जिल्लामा अर्घौँ अर्चलेमा संवत् १९४१ मा कविशिरोमणिको जन्म भएको थियो । पिता पं. दुर्गादत्त र माता वसुन्धरादेवीबाट जन्मेका लेखनाथ पौड्याल नामअनुसार काम पनि गरेर नेपालीसाहित्यका लेखनाथ नै बने । वंश, परम्परा, प्रकृति र समसामयिक स्थितिबाट नेपालीकविताको सिर्जनप्रति उनी प्रेरित भएका थिए । उनले शुरूमा गङ्गागणेशस्तोत्र, अमरकोश, सप्तशती (चण्डी) आदि पढेर आफ्नो अध्ययनको शुरुआत गरेका थिए । साथै काका पर्ने पितृप्रसादका हप्काइबाट उनी इखिएका पनि थिए । त्यसै वेलादेखि उनले कवितालेखनप्रति उन्मुख बन्ने अस्पष्ट सङ्कल्प गरेका थिए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा

  • by

संसार विचित्र छ । यस विचित्रताभित्र कति सम्पन्न र कति विपन्न जन्मन्छन् अनि कति मुर्ख, ज्ञानी र सारस्वत प्रतिभाको जन्म हुन्छ, ती कसरी आउँछन् र आफ्नो काम सकेर सुटुक्क बिदा हुन्छन् यो सबको लेखाजोखा गर्ने काम सुगम छैन र यहाँ सम्भव पनि हुँदैन । विचित्र संसारको नेपालीवाङ्मयको लागि एक विचित्र उपलब्धि अनि अनुपम प्रतिभाका रूपमा लक्ष्मीप्रसाद देवकोटाको अभ्युदय नेपालीसाहित्यमा एक ऐतिहासिक अध्यायका रूपमा रहेको छ । यिनै साधक देवकोटाको व्यक्तित्व र कृतित्वको सिंहावलोकन यहाँ गरिनेछ ।

भाषा मर्मज्ञ भानु

  • by

नेपाली साहित्याकाशमा अमर विभूति आदिकवि भानुभक्त आचार्य माध्यमिककालीन कवि हुन् । नेपाली राष्ट्रिय वाङ्मयकै परिवेशमा भानुभक्त एक सहजकवि हुन् । उनले अनेकन रचनाहरूको सिर्जना गरेर मातृभाषाको गहन र दायित्वपूर्ण सेवा प्रदान गरे । सिङ्गो भाषिक, सामाजिक र सांस्कृति एकीकरणको रूपमा नेपाली समाजलाई एउटै मालामा उन्ने कार्यमा भानुभक्तले समर्पण गरेको योगदान चीर उल्लेखनीय रहेको छ ।