बहुभाषाका ज्ञाता देवकोटा
लक्ष्मीप्रसाद देवकोटा नेपालको इतिहासमा अत्यन्तै गरिमामय ऐतिहासिक राष्ट्रिय व्यक्तिका रूपमा प्रतिष्ठापित छन् । पाँच दशकको जीवनावधिमा उनले आर्थिक विपन्नता, गरिबी, अभाव, विभिन्न शारीरिक र मानसिक पीडाकाबीच रहेर पनि नेपाली जनताको चेतना जगाउने, नेपाली शिक्षण संस्था स्थापना गर्ने, पत्रपत्रिका प्रकाशन गर्ने, शिक्षण गर्ने, सम्पादन गर्ने पाठ्यपुस्तक तयार गर्ने जागिरे लेखकको रूपमा, राजनीतिक क्रान्तिमा सामेल हुने, सल्लाहाकार सभामा विपक्षी दलको नेता हुने, शिक्षा तथा स्वायत्त शासन मन्त्रीसम्म हुने जिम्मेवारी बहन गरे ।
