गजल
कालो मुख पारेर रिसले नहेर कहिल्यै भन्छु म तिम्लाई
कालो मुख पारेर रिसले नहेर कहिल्यै भन्छु म तिम्लाई
बिषले हुन्न घात अरुको नहेप कहिल्यै भन्छु म तिम्लाई।।१।।
न उठ्छ समाज रिस रागले बरु आफैमा भासिन्छ झनझन
क्रोध पालेर अति रिसले नखेद कहिल्यै भन्छु म तिम्लाई।।२।।
हुन्छ र फाइदा सौदामिनीको त्यो गर्जनमा सगर थर्काइ
ईर्ष्या मोलेर अति क्रोधले नरोक कहिल्यै भन्छु म तिम्लाई।।३।।
आत्मा-आवरण वरिपरी तिम्रै खोजी हेर सत्यका कुरा
सत्य बेचेर अति झुठले नबोल कहिल्यै भन्छु म तिम्लाई।।४।।
आउ हामी जिन्दगीको असहज यात्रा सहज बनाऔं
आउ हामी जिन्दगीको असहज यात्रा सहज बनाऔं
दुःख बाँटेर जिन्दगीको हामी सारा सुखमा रमाऔ।।१।।
कठिन यात्रा को छ खै भरोसा विश्वासको धरोहर
एकै लक्ष्य हार्दिकताको मन बोकेर हाम्रा हात समाऔ।२।।
छ कोप्चेरो बाटो हामीसँगै हिंडी अब यो लड्नुछ लडाइ
कसेर मोर्चा युद्धको जुटेर बढार्दै कसिङ्गर अघि बढाऔ।।३।।
कष्टकर हाम्रा पदचापहरुमा दिन्छौ भने साथ टाढैबाट नि
जागेर आउ पाइला मिलाउँदै लम्केर आजै लक्ष्य भेटाऔ।।४।
समयको चक्र मोडे यो महल अझै स्वागत गर्न तयार छ
समयको चक्र मोडे यो महल अझै स्वागत गर्न तयार छ
चक्रव्यूह त्यो तोडे यो महल अझै स्वागत गर्न तयार छ।।१।।
समयले जबर्जस्त तिमीलाई लादेका आचारसंहिता उपर
अध्यादेश ल्याए यो महल अझै स्वागत गर्न तयार छ।।२।
असन्तुष्टीका ज्ञापनपत्रहरु पेश गर्न उद्दत छ है मेरो मन
ज्ञापन बुझेर आए यो महल अझै स्वागत गर्न तयार छ।।३।
सल्बलाएका तिम्रो चाहनाका एक बथान रहर र खुशीहरु
हृदय खोलेर ल्याए यो महल अझै स्वागत गर्न तयार छ।।४।।
तिम्रा चुराहरुमा जाग्ने रोमान्चकारी त्यो ध्वनी मेरो समिप
आइ सुनाए छनछन यो महल अझै स्वागत गर्न तयार छ।।५।
पराई अधिनस्थ त्यो सिमाबन्धन च्यात्न सक्छ्यौ भने
नमुस्कुराउ सामुन्नेमा किन हो रक्त चाप बढ्न थाल्छ
नमुस्कुराउ सामुन्नेमा किन हो रक्त चाप बढ्न थाल्छ
नरिसाउ सामुन्नेमा किन हो मन डढेलोले डढ्न थाल्छ।।१।।
रिस राग छैन भन्दै तिमी किन मुर्मुरिन्छ्यौ आजभोली
नर्मुमुरिउ सामुन्नेमा किन हो तन दियालोझैं बल्न थाल्छ।।२।।
मेरा कुरा आजभोली पराईसामु तिम्ले काट्छ्यौ भनि सुन्दा
नछाउ सामुन्नेमा किन हो मन काटेको रुखझैं ढल्न थाल्छ।।३।।
यामिनीमा एकान्तमा तारा गन्या देखी अर्कैको बाहुबलमा
नअत्ताउ सामुन्नेमा किन हो मन चिसो हिउँझैं गल्न थाल्छ।।४।।
जोत्नलाई सबै खेतबारी अब नयाँ फाली फेर
जोत्नलाई सबै खेतबारी अब नयाँ फाली फेर
ऊ त साह्रै बुढो भएछ अब नयाँ माली फेर।।१।।
अधेरोमा घोडा भनी किनेको त गधा पर्यो
बिउ रोप्दा फसल दिने अब नयाँ बाली फेर।।२।।
बस्ती निर्माण गर्ने भन्दा उजाड्ने नै धेरै भए
के सही छ के गलत नबुझी पिट्ने ताली फेर।।३।।
काम शून्य गर्नेहरु हावी भइ सके अरे
बुद्धु छाटी बाठालाई नै अब नयाँ पाली फेर।।४।।
विकास गर्न देको पैसा ठाउँमै खर्च गरी
हिजोभन्दा भोलीभोली झन् अब बानी फेर।।५।।
काँहा भेटूँ खै तिमीलाई लाछ राख्न मनमा थुनी
काँहा भेटूँ खै तिमीलाई लाछ राख्न मनमा थुनी
फसाएर राख्न कति लाछ मायाको जाल बुनी।।१।।
माया चाहिन्छ साह्रै चोखो सुख दुःखमा मन बुझ्ने
कुरा बुझ आत्मा बुझ मेरो सँगै बाँचौ जुनी जुनी।।२।।
यसो हुन्छ उसो भनी कल्पनामैं डुब्नु हुन्न
जिवन बित्छ यथार्थमा काँहा बित्छ कथा सुनी।।३।।
कस्तो कस्तो भाछ खै अनौठो लाछ कता कता
घातै गरी बनाइदिन्छन् की जिवनमा बसी रुनी।।४।।
यौवनको मात कस्तो रोक्न छेक्न हुन्छ गाह्रो
यौवनमा साथ दिनेहरु हुन्छन् हुन्नन् भोली कुन्नी।।५।।
मेरा नामका अक्षरहरु कागजमा कोरीकोरी
मेरा नामका अक्षरहरु कागजमा कोरीकोरी
मरै तस्विर दिलमा राखी संसारै सुम्पनेलाई
सुन्दर यो जवानीमै साथ दिन्छु म त तिन्लाई।।१।।
सम्झनाका सौगात स्वरुप शब्द मिलाई पत्र कोरी
शब्द गुँथ्दै मनका भाव सारा ओकलेर पोख्नेलाई
सुन्दर यो जवानीमै साथ दिन्छु म त तिन्लाई।।२।।
प्रकृतिको सुन्दर काखमा सदा सदा रमीरमी
मरै दिलको समिप आइ अँगालोमा बाँधिनेलाई
सुन्दर यो जवानीमै साथ दिन्छु म त तिन्लाई।।३।।
पूर्णिमामा चाँद हेर्दै सुन्दर कल्पनामा डुबि डुबि
सारा ति सपनाका महलहरु मेरै निम्ति रच्नेलाई
सुन्दर यो जवानीमै साथ दिन्छु म त तिन्लाई।।४।।
मेरो मनमा तिमी बस सजाएर राख्छु तिमीलाई
मेरो मनमा तिमी बस सजाएर राख्छु तिमीलाई
मेरो समिप मुस्कुराए ज्यानै पनि दिउला तिम्लाई।।१।।
डुब्न लागे आज किन कल्पनाको सागरमा
भेट्न आए एकान्तमा सजाउछु दिलमा तिम्लाई।।२।।
राख्न मन लाग्छ किन प्रेम प्रस्ताव तिम्रो सामु
स्वीकार न प्रेम प्रस्ताव लभ लेटर लेख्छु तिम्लाई।।३।।
आउ बनाउ गाढा नाता राखौला सदैव मूटुमाझ
प्रणयको डोरीले जूनिभर बाँधेर राख्छु तिम्लाई।।४।।
तिम्रो त्यो खाली सिँउदो सिन्दुरले रंगाउला म
रंगाएर तिम्रो सिँउदो बनाउँछु साथि तिम्लाई।।५।।
संसार सारा छाडेर आए तिम्रो मनमझेरीमा
संसार सारा छाडेर आए तिम्रो मनमझेरीमा
तिम्रो मनले दिल चोर्यो जब देखें देउरालीमा।।१।।
तिम्रै लागि टाढाबाट हतारी हाम फाल्दै आए
जुनि जुनि बास बस्न तिम्रो मनको झुपडीमा।२।।
यो भूमण्डलको सदस्य म किन किन रुमलिए
राख्नखातिर सदा सदा तिम्लाई मेरै समिपमा।।३।।
वर्षायामको यो झरीसँगै रुज्दै रुज्दै म त आए
बस्न तिम्रै लोचन अनि तिम्रो मनमन्दिरमा।।४।।
सपनाको संसारमा देखें एउटी प्रेमलता
सपनाको संसारमा देखें एउटी प्रेमलता
सजिएकी फूलसरी नै सुन्दरी छे प्रेमलता।।१।।
कल्पनामा डुबेर म खोज्दैछु ति सुन्दरीलाई
घर काँहा नाम के खै मैंले खोजेकी प्रेमलता।।२।।
आजकल उनकै खोजिमा एकान्तमा हराउछु
आई बस न सुटुक्क यो मेरो मनमा प्रमलता।।३।।
साँचेकोछु तिम्रै लागि मेरो मनको खालि महल
आउ है सजाउ शून्यताको मेरो घर प्रेमलता।।४।
म गरिब तिमी धनी त्यसैले त फरक छौ
म गरिब तिमी धनी त्यसैले त फरक छौ
म डुलुवा तिमी माली त्यसैले त फरक छौ।।१।।
पंख छ तिमीमा उडिरहन्छ्यौ म हेरिरहें
म फूलको डाली तिमी फूल त्यसैले त फरक छौ।।२।।
शक्ति खिच्यौ यो तनबाट तैपनि म उभिरहें
म खोका हुँ तिमी गोली त्यसैले त फरक छौ।।३।।
रोपे नि तीर पलपल रैछ भाग्य म त बाँचिरहें
म शिकार तिमी शिकारी त्यसैले त फरक छौ।।३।।
मागि रह्यौ दिइ रहे तिमीले मागेको जति सबै
म रत्तो छु तिमी भरी त्यसैले त फरक छौ।।४।।
म गरिब तिमी धनी त्यसैले त फरक छौ
म गरिब तिमी धनी त्यसैले त फरक छौ
म डुलुवा तिमी माली त्यसैले त फरक छौ।।१।।
पंख छ तिमीमा उडिरहन्छ्यौ म हेरिरहें
म फूलको डाली तिमी फूल त्यसैले त फरक छौ।।२।।
शक्ति खिच्यौ यो तनबाट तैपनि म उभिरहें
म खोका हुँ तिमी गोली त्यसैले त फरक छौ।।३।।
रोपे नि तीर पलपल रैछ भाग्य म त बाँचिरहें
म शिकार तिमी शिकारी त्यसैले त फरक छौ।।३।।
मागि रह्यौ दिइ रहे तिमीले मागेको जति सबै
म रत्तो छु तिमी भरी त्यसैले त फरक छौ।।४।।
सुन्ने जति सबै खुसी भए बुझ्ने जति रमाए
सुन्ने जति सबै खुसी भए बुझ्ने जति रमाए
गणतन्त्र नेपाल स्वागत् गर्न धेरैले गीत गाए।।१।।
कोही कोहीले स्वागत गरे नचाहे नि हृदयले
विरुद्धमा जान नसकि मुखमा ताल्चा लगाए।।२।।
बुझ्ने त फाइदा बताए नबुझ्नेले हाई हाई
बाइ बाइ राजतन्त्र भनि सबैले नारा घन्काए।।३।।
लाग्यो यसरी नै लाहा गणतन्त्रको प्रस्तावमा
पदकै खाँचो सबैलाई छ संविधान लेख्न थन्काए।।४।।
ए सुन नेताजी कति गर्छ्यौ पदकै लुछालुछी
पठाएका किन जनताले सबै कुरा सम्झिए।।५।।
आज राती सपनीमा तिमीलाई देखे मैले
आज राती सपनीमा तिमीलाई देखे मैले
मिर्मिरेमै अन्त कतै तिमीलाई भेटे मैले।।१।।
फूलै फूल बर्षाएर अर्कैलाई अंगालिछ्यौ
बिहानीमा अर्कै साथ तिमीलाई भेटे मैले।।२।।
किन त्याग्यौ लक्ष्य वाचाकसम बिर्सिएर
आज बिहान अर्कैसँग तिमीलाई भेटे मैले।।३।।
मलाई छाडेर पराईको होण्डा बाइकमा
सखारै सवार भाको तिमीलाई देखें मैले।।४।।
भन्ने छैन
ओइलिएपछी सबै फुल फालिन्छ भन्ने छैन
च्यातिएपछी सबै प्वाल टालीन्छ भन्ने छैन
सबलाई त्यै नजरले नहेरे हुन्छ,
सुन बनाउन पित्तललाई गालिन्छ भन्ने छैन ।
पट्टि बाधेरनि हिडिन्छ कहिले,
हिड्नलाई सधैभरी दिप बालिन्छ भन्ने छैन ।
हुन्छन् भुल जिन्दगीमा नचाहेरै,
हरेक पटक गलत कदम चालिन्छ भन्ने छैन।
माथि उठ्न खोज्छ सबले,
तर,आकाश छुने रहर पालिन्छ भन्ने छैन ।

सोझो मोरो मख्ख पर्छ मुसुमुसु हाँस्छ