चाकडी र चाप्लुसीमा नै संसार चल्या देखें मैंले
टुकी बाली खोज्दा नि न असल मान्छे भेटें मैंले।।१।।
निहुरिएर गर्नु कस्तो खै नमस्कार झुकी झुकी
गोलचक्करमा स्वर्थीले नै संसार चला देखें मैले।।२।।
कामको इज्जत हुन्छ भन्थे खै के भाको हो हजुर
जाली फटाहा यस्ताले नै संसार हाक्या देखें मैंले।।३।।
