Skip to content

गजल

गजल

  • by

गजल मुरद्दफ १

बिखालु रातको चिहान निम्ति लेख्छु म ।
अझै नझुल्केको बिहान निम्ति लेख्छु म ।।

गर्न के गर्छन तर भन्न सबैले भन्छन्
पाप र धर्मको किटान निम्ति लेख्छु म ।।

गजल

  • by

स्वाँठलाई भने हुन्छ धेरै फुर्ती नलाउन
नीम रोपी सकिंदैन नासपाती फलाउन

हिजोसम्म जे भो भो बुझोस् अब एंजेरूले
बिरुवाका अंश मारी पाइँदैन पलाउन

लालाबाला काप्न थाले नाना लिएर आउनु

आँत सुकेको बर्षौं बित्यो खाना लिएर आउनु
लालाबाला काप्न थाले नाना लिएर आउनु ।

दिन दिनै आँधि चल्छ हुरीको के कुरा गर्नु
तारा मण्डल घर ओत्ने छाना लिएर आउनु ।