Skip to content

रमेश त्रिपाठी निराला

मेरा गुरुहरु

प्रिय गुरुबर,
नमस्कार !

म शिबपुरीको बेशीमा लुकेको सहरको परदेशीको तर्फबाट । र मैले आज करिब एक दशक पछि बिहानै एक्कासि ४२0 भोल्टको लकडाउनले मुटु हल्लाए पछि दिमागमा यो माला बनाउदै छु । र यो माला लाउन योग्य ठहर्छ ठहर्दैन ! यहाँहरुले नै मूल्यांकन गरी लाउनु होला ।

जिन्दगी हो

सबै कुरा सहे मित्र सहनु नै जिन्दगी हो
नदी जस्तै नरोकिई बहनु नै जिन्दगी हो

बैकुण्ठको कथा जस्तै नहोस यहाँ कसैको प्रेम
आफ्नो ब्याथा आफैसित कहनु नै जिन्दगी हो

जाडोसँगै

जाडो सङ्गै प्रीत लगाउ भन्नेहरू कहाँ गए ।
एकै दिनमा तिम्रा-हाम्रा बन्नेहरू कहाँ गए ।

सर्दा सर्दै कुहिसकेँ अब कस्ले किन्छ मलाई
नकुहिदै पुर्न खाल्टो खन्नेहरू कहाँ गए ।

मेरो प्यारो पोखरा

गाउँ पनि बिरानो भो टेक्न पाए हुन्थ्यो
सपनीमा एकै झल्को देख्न पाए हुन्थ्यो

बाराही र फेवा मेरा कस्ता भए सहेली ती
कलम छैन एउटा चिठी लेख्न पाए हुन्थ्यो

तिमी पनि गए हुन्छ ,,,,

तिमी पनि गए,,,,,,
तिमी पनि गए हुञ्छ अरुको नै भए हुञ्छ ।
नबोलेरै शून्य थप्छयौ एक बेथा सय हुञ्छ ।
,,,,,,,,,,,,
बोल बरु केही बोली सरापेरै भएपनी,
हासीँ हासीँ सहञ्छु म तिम्रो गाली जय हुञ्छ।
,,,,,,,,,,,,,,,,
पेलिएको रुवा जस्तै धुजा धुजा भा छ मुटु,
टाल्दा टाल्दै थाकिसकेँ अब क्यारी नयाँ हुञ्छ ।
,,,,,,,,,,,,
छोडदेऊ ईश्वर !जन्मिएर पुग्यो अब संसार देख्न,
मेरो पुकार सुञ्छौ भने तिमी सङ्गै लए हुञ्छ ।
,,,,,,,,,,,,,,,
अँध्यारोको पिजडामा थुन्नभन्दा मेरो परान,
स्वर्गै लैजाऊ भन्दिन म बरु नर्कै लए हुञ्छ ।
-रमेश त्रिपाठी निराला,

मेरो एउटा आफन्त ,,,,,,

मेरो एउटा आफन्त,,,,,,,
मेरो एउटा आफन्त थ्यो चाइदा मात्रै बोलाउने ।
नाफा घाटा हिसाब गरी फाइदा मात्रै बोलाउने ।
,,,,,,,,,,,,,,,
अरुकोलाई पर पर आफ्नो लागि भर,
दिनुपर्दा हात काम्ने पाउँदा मात्रै बोलाउने ।
,,,,,,,,,,
आफू भने फलाक्थ्यो ऊ जिन्दगी यो सुखदुख,
उसको बोली जेजे हसहस खाइदा मात्रै बोलाउने ।
,,,,,,,,,,,
दिन दुखी सबको सेवा गर्नु पर्छ भन्थ्यो भेटदा,
झुत्रे झाम्रे टाढै सुट्बुट लाइदा मात्रै बोलाउने ।
,,,,,,,,,,,,,,,
एउटै थालमा खाने हामी भन्थ्यो चिल्लो घसिअरी,
गरीबहरू पत्रु भन्दै काइदा मात्रै बोलाउने ।

मेरि हजुरी ,,,,अर्थात मुखिनी बजै !!!

मेरि हजुरी अर्थात, मुखिनी बजै !!!!!
आज २०७६ को तिहारको दिन ।सबै तिर माला र पालाको रमाइलो छ ।तर मलाई भने तिहारको पियार छैन । जस्ले गर्दा मनमा ताला लगाएर ,यो लेख लेख्न बस्दै छु ।सम्भबत !दिनपर एक बजे ।सुरु यहिबाट गरौ ,कि नगरौ ,दोधारमा छु ।निधो छैन, म लेखी खाउला कि नाई ।खैर !म त्यति लेख लेखी टोपल्ने मान्छे पनि त हैन ।त्यसैले कताकता शरिरमा काडाँ उमार्दै म लेख्न थाल्छु ।हजुरिको मृत्युबाट ,,,,,,,

तिम्रो गीत ,,,,,,,

गाउने छैन तिम्रो गीत,,,,,,,,
गाउने छैन तिम्रो गीत बिर्सिएर पनि ।
पाउने छैन तिम्रो प्रीत सम्झिएर पनि ।
,,,,,,,,,,,,,
तिम्रो जुनको धुन पाउन बिर्सिदिए घाम ।
तिम्लाई पाउन त्यागेको थ्ये आफ्नै बाबुआमा ।
सियो बनी पसेकी थ्यौ कुल्च्यौ हात्ती बनी ।
गाउने छैन तिम्रो गीत बिर्सिएर पनि ।
,,,,,,,,,
लुकाएर आफ्नो दुख थिए तिम्लाई सघाएको ।
तिम्लाई ख्वाउन खाली पेटमै थिए म त अघाएको ।
बैगुनिलाई बैगुन दिउ त छैन म त धनी ।
गाउने छैन तिम्रो गीत बिर्सिएर पनि ।
,,,,,,,,,,,
सङ्गै हुन्थ्ये,सुन्थ्ये रुन्थ्ये तिम्ले दुख फुकाएको ।
तिम्रै दुख मेटछु भन्दै थिए गलो सुकाएको ।
एकान्तमा नआउनु सम्झनाको खिल बनी ।

म चुडिएको चप्पल ,,,,,,,,,,,,,

म चुडिएको चप्पल,,,,,,,,
सुकेको रुख काटिइञ्छ बालिञ्छ नै साथी ।
चुडिएको चप्पल आखिर फालिञ्छ नै साथी ।
,,,,,,,,,,,,,,,,
अँध्यारोमा अरु त के आफ्नै आँखा परदेशी
हुँदा गेडि अङ्गालो त हालिञ्छ नै साथी ।
,,,,,,
मेरा आफ्ना मनका माञ्छेछोड सबै वाईघात यो
मौरी मह दिन्न त घार टालिञ्छ नै साथी ।
,,,,,,,,,,,,
एउटै थालमा खाने माञ्छे भाञ्छे भई आयो भने ।
तरकारीमै चर्को नून हालिञ्छ नै साथी ।
,,,,,,,,,
बन्यौ भने सबले हेर्छन,बिग्र्यौ भने केर्छन
मसिनो भौ नत्र पिन्न चालिञ्छ नै साथी ।
,,,,,,,,,,रमेश त्रिपाठी निराला

हाम्रा लेखनाथ हाम्रो लेखनाथ

लेख्छु, हेर्छु, केर्छु एकक्षण भरमै मिल्काउँछु कागत
कल्पेरै पुग्ने धोको थ्योँ लेखनाथ पुग्नै सकिन म त
जन्मघरघडी जो कविशिरोमणि जो त्यो अर्घौ त्यो अर्चले
एकै धर्को कीर्ति सुनाउ कसोरी भ्याउदैन मेरा खर्चले

सहर कस्तो छ नसोध आमा

सहर कस्तो छ नसोध आमा,,,,,
आमै! यहाँ रिस गरेर खुट्टा तान्नेहरू धेरै हुञ्छन ।
गर्न खोज्नेहरुभन्दा बोल्न जान्नेहरू धेरै हुञ्छन ।
,,,,,,,,
अघि लडन डराउछन् मार्चे गोरुहरू याँ ।
पिठिउ फर्केको बेला हान्नेहरू धेरै हुञ्छन ।
,,,,,,,,,
सहर कस्तो छ बाबू! मलाई नसोध आमा ।
माञ्छे मारेर ढुङ्गो देउता मान्नेहरू धेरै हुञ्छन ।
,,,,,,
कोही तनका भिखारी कोही मनका भिखारी ।
गाईको दुधमा रगत मिस्दै छान्नेहरू धेरै हुञ्छन ।
,,,,,,,
मनलाई रुवाएका जो धनले नुहाएका हुञ्छन ।
पैसा पैसालाई नै मित्र ठान्नेहरू धेरै हुञ्छन ।
-रमेश त्रिपाठी निराला

म बोलाउदिन पनि

म बोलाउदिन पनि तिमी आउदिनौ भने नआऊ
म टोलाउदिन पनि तिमी भ्याउदिनौ भने नआऊ

धेरै धेरै थिए साचेका तिम्रै समर्पणमा बाँचेका सपना
सप्ननै रहे हराए फेरि फिर्ता ल्याउदिनौ भने नआऊ