Skip to content

गजल

सरकार राहत होइन बरू लौ काम देउ

सरकार राहत होइन बरू लौ काम देउ
पसिना बगाउन मेरो उचित लौ ठाम देउ

निर्माता भए बेकामे खै छैन काम धन्दा
स्वरोजगार बनाउने योजना कै रास देउ

बारि बाँझैं राख्दिन्थे तर यहाँ बीज छैन
बिजसँगै झर्न मल युरिया र पोटास देउ

शून्यता कर्मैले फल त पाइन्न मिठो कतै
कर्म गर्ने सबै ति कर्मवीरलाई सलाम देउ

फलाउनेछु मुरीका मुरी पसिना नै पोखेर
श्रम र सबै उत्पादनको गतिलो दाम देउ

धनी बाउको शाख

दोबाटोमा भेट हुँदा आँखासँग आँखा जोड्यौ
सुस्त-सुस्त गरिकन पिरतीको भाखा जोड्यौ ।

अञ्जानमै बस्न थालेँ एकान्तको साथ्मा म त
ल्याईकन त्यसैमाथि तिम्ले फेरि काख जोडयौ ।

कोरोनामा देश नियाल्दा !

कोरोनाले देश झनै भाँडिएको देखें मैले
आफ्नासँग आफ्नैहरू टाढिएको देखें मैले

सबैलाई आफ्नै ज्यान प्यारो लाग्दो रहेछ
दूरी मात्र होइन मनै बाँडिएको देखें मैले

व्यवस्था यो

व्यवस्था यो हाम्रो तर पनि खुलस्तै भएन
व्यवस्था यो राम्रो तर पनि सुखदै रहेन

विषाणु छ यस्तो प्रवेश गरे शरीरै क्षीण
व्यवस्था यो सप्रो तर पनि जहरै कटेन

कायम भयो दुरी लौ एकान्तबास पनि
व्यवस्था यो चाम्रो तर पनि कहरै हटेन

श्रमजीवी छन् पिडित अर्थोपार्जन छैन
व्यवस्था भो काम्रो तर पनि पिङ नै हलेन

कहरैबीच आउने त क्वारेन्टाइन राख्न
व्यवस्था यो छाप्रो तर पनि दुःख तै परेन

(संघीयता, प्रभावकारी राहत वितरण र महामारीको व्यवस्थापनसम्बन्धि व्यंग्य समेटिएको)

न बजार बढ्यो बरू बढ्यो हतास पो

न बजार बढ्यो बरू बढ्यो हतास पो
न बेरुजु घट्यो बरू घट्यो राजस्व पो

पुगेन लक्ष्य भएन भन्छन् राजस्व संकलन
न गस्ती नै चल्यो बरू चल्यो लाइन पो

उसै अर्थतन्त्रै भो कोरानाले डामाडोल
न आशा नै रह्यो बरू रह्यो निराशा पो

सबै छन् सत्यवादी कर्म नगर्ने कर्मशील
न मस्तिष्क खोल्यो बरू खोल्यो वाइन पो

लौ ठुलो कहर छ मन झसक्क झस्किन्छ भित्र पट्टी

लौ ठुलो कहर छ मन झसक्क झस्किन्छ भित्र पट्टी
छाम्दा दुख्दैन मुटु तर चसक्क चस्किन्छ भित्र अति

सानो सञ्जालमा बसी व्या पार जस्ले गर्दथे हिजो
मुहारै मलिन बनाइ मसक्क मस्कन्छ भित्र बसी

साह्रै सुस्त भयो है व्यापार विस्तारैमा ताल्चा लाग्यो
ऋण फर्का लौ भन्दै साहू पटक्क पड्किन्छ भित्र पसी

राजश्व घट्दो छ सरकारको संकलनमा न्यूनता
अर्थतन्त्र राखौ है आशा फरक्क फर्किन्छ भित्र सखी

सेवा नै धर्म हो जागिरमा

सेवा नै धर्म हो जागिरमा पुग्नै पर्ने दश बजेपछि
नोकरीमा नातागोता सबै भुल्नै पर्ने दश बजेपछि

म फलानो यो ऊ भन्दै परिचय छाड्दै टाढा टाढा
द्रुत सेवा मुस्कानले, प्रवाह गर्नै पर्ने दश बजेपछि

सेवाग्राही ईश्वर हुन तिनलाई द्रुत सेवा दिनुपर्छ
मिल्ने काम फत्ते गर्न अघि सर्नै पर्ने दश बजेपछि

न त टार्न मिल्यो न त अलिकत्त्ति नि नकार्नलाई
लगाएकासँगै अह्राएका काम गर्नै पर्ने दश बजेपछि

पस्किएको थालको खाना खाई नौ बजेकै समयमा
लगामे घोडाजस्तै कार्यालय पुग्नै पर्ने दश बजेपछि

यो काम गरिदिनु, ऊ काम गरिदिनु भन्दै सेवाग्राही
लर्को लाग्नु अघि सुसांख्य अन गर्नै पर्ने दश बजेपछि

मान्छे

अरुको पीडाले हतपत आफू रुदैन मान्छे
आफैसँग, किन आफू, खुशी हुँदैन मान्छे ?

आफ्नो सानो दुखमा नि अचेत हुने गर्छ
अरुको ठुलै चोट पनि, किन बुझ्दैन मान्छे ?

यहाँ के के भेटिन्छ

यहाँ मातृभूमि त्यागि दिनप्रतिदिन विदेशीनेको लहर भेटिन्छ
मेलापाखा गर्नै त्यो विरे नि आजभोलि गाऊँ छोडि शहर भेटिन्छ

रुँदै छोरा कुर्दै एक्लै बुढेसकाल कटाइरहेकि बुढि आमा
मर्नू भन्दा पहिले छोरोको अनुहार हेर्न पाऊँ भन्ने प्रहर भेटिन्छ

कसको के नै विश्‍वास गर्नु छ र यो स्वार्थी दुनियाँमा
अमृत पिलाउछु भन्ने कै ब्यवहारमा जहर भेटिन्छ

पाप पखाल्न मठ,मन्दिर,तीर्थ धाउने धनीहरू,जाउ पखाल पाप
उ पर त्यो गरिब को दैलो मा पाप पखाल्ने नहर भेटिन्छ
✍️ यज्ञ राज खनाल
प्रदेश नं ७, धनगढी कैलाली

म जान्छु भन्छु

म जान्छु भन्छु तिमी अघि सरेर आउँछौ किन
म जान्छु भन्छु तिमी अघि परेर आउँछौ किन

कर्म गर्नु छ सधैं जनसेवा गर्नु छ हर्दम
म जान्छु भन्छु तिमी अघि गरेर आउँछौ किन

GopalKhanal

अचेल तिम्रो यादले

अचेल तिम्रो यादले दिग्दार बनाएको छ
यहाँ कसैले मायालाई व्यापार बनाएको छ

मान्छेले जे कुराको जति नै घमण्ड गरोस्
आज जीवाणुले विश्व हाहाकार बनाएको छ

मजदुर

मजदुरहरू सीमानामा फसेको देखेनौ र
आँखाबाट बलिन्द्र धारा खसेको देखेनौ र?

काम धन्दा गुम्यो सबै छाक टार्ने केले
भोकभोकै पटुका कसेको देखेनौ र?

संगै हिड्न सकिन्न त साथ छोडेको जाति

सम्बन्ध नै तोड्नभन्दा बाटो मोडेको जाति
संगै हिड्न सकिन्न त साथ छोडेको जाति

एकअर्काको बोझ भइ सधै उचालिनुभन्दा
राजिखुसि एकअर्कालाई हात जोडेको जाति

कल्पना र बास्तबिकता कसको एउटै हुन्छ
यथार्थको कलमले आफैं भाग्य कोरेको जाति

सम्बन्धको मिठास एक अर्काको खुसीमा छ
मायाको बगैचा त दुवैले मिलि गोडेको जाति

बिश्वाश पनि शिशाझैं हो तोडेसी जोडिन्न
मिठो झूठ भन्दा तितो सत्य ओडेको जाति

सौगात के दिउ खै हरजन्म राख्न तिमीलाई

सौगात के दिउ खै हरजन्म राख्न तिमीलाई
सौगात के दिउ खै हरजन्म बाँच्न तिमीलाई।।१।।
लेखेर सरसर्ती कोरेर मेरा भावना मनका सबै
सौगात के दिउ खै हरजन्म साँच्न तिमीलाई।।२।।
अमिर छौ म भन्दा तिमी हार दिन सक्तिन
सौगात के दिउ खै हरजन्म डाक्न तिमीलाई।।३।।
शिशिर लिन्छु म जिवनको वसन्त लैजाउ है
सौगात के दिउ खै हरजन्म टाँस्न तिमीलाई।।४।।
जिवनभर भलो होस् उत्तरोत्तर प्रगति अमिट
सौगात के दिउ खै हरजन्म हाँस्न तिमीलाई।।५।।

हेर चलिराछ

हेर चलिराछ
हेर गइराछ।।१।।
राजश्व कति धेरै
हेर छलीराछ।।२।
बजार भाउ कत्ति
हेर बढीराछ।।३।।
यता साहू जति
हेर हुर्कीराछ।।४।।
गरिबको भाग्य
हेर कुल्चीराछ।।५।।
बजेटमा बृद्धी
हेर भइराछ।।६।।