AnshumaleeB
उदासीनता
एका बिहानै
निद्रा भागेर, अकर्मण्यता नभागेर
ओछ्यानमा डर्लङ्ग लडेको बेला
छानाबाट कराइरहेछ काग
बासी समचार!
ओए मान्छेको जात
त्यही
एक मुठी गास, एक मुठी सास
र अलिकति जिउनुको आभासका लागि
नमर्दासम्म
म पखेटा फट्फटाउदै उड्छु
त चाहना भट्भटाउदै गुड्छस्
के फरक भो तेरो र मेरो बिचमा?
मृत्युलाई धकेली धकेली मृत्युकै संघारसम्म
मैले काट्ने समय
र तैले बिताउने जीवन
के यौटै होइन?
फोस्रा शब्दालङ्कार
र बोक्रो दर्शनलाई छोडाउने हो भने
तँ पनि नाङ्गो छस जसरी म नाङ्गो छु
जसरी नाङ्गो छ सत्यता
फेरी कुन भ्रमलाई ढाक्न पहिरिन्छस कपडा?
मिथ्यै मिथ्याको उदेकलाग्दो तेरो दुनियाँ!
बढ्दै गर्दा
बच्चामा
कती सानो लग्थ्यो संसार।
घर अगाडिको डाँडो
देशको सिमाना जस्तो
पहिलोपल्ट
धाराको डिलमा उभिएर
घरको छानामाथी चङ्गा उडाउँदा
कती मज्जाले हाँसेको थिएँ म
पछी थाहा पाएँ,
चङ्गा अझै माथि उड्दो रहेछ
घरको धूरी भन्दा माथि
बाँसको घारी भन्दा माथि
खारबारी भन्दा माथि
बादलपारी भन्दा माथि
बच्चामा
कती सानो लाग्थ्यो संसार।
तर ठुला थिए सपनाहरु-
कहिले चित्त्र कोर्थें
मान्छे भन्थे- दा भिन्ची जस्तो
कहिले कविता लेख्थेँ
मान्छे भन्थे- देवकोटा जस्तो
कहिले पढ्थेँ बिज्ञानका कुरा
मान्छे भन्थे- न्यूटन जस्तो
पछी तिनै मान्छेहरु
सोध्न थाले-
कलेजमा के पढ्छस अब?
होस्टेलकी दिदी
कालो, निलो आकाश । मुसलधारे पानी । शिरदेखि पाऊसम्म निथ्रुक्क भिझेर लुगलुग काम्दै ऊ अवला बच्चा झै बाटोको छेऊमा उभिराखेकी छ । दिन ढल्दै जान्छ, साँझ छिप्पिदै जान्छ । घपलक्क ओढेको पछ्यौराको मुनिबाट ऊ देख्छे टाढाबाट कोही मान्छे अजङ्गको घोडामा उतिर दौडदै आउछ । कालो घोडामा कालो लुगा लगाएको भिमकाय मान्छे । अहो कस्तो भयङ्कर उसको मुटु जोडले धड्कन्छ । त्यो मान्छे त हेर्दाहेर्दै ऊनेरै आयो । लौ उसले त उसको पाखुरामा च्याप्प समात्यो दुख्ने गरी र हुइँकायो आफूसँगै ।
उस्तै छ
त्यो बस्ती उस्तै छ,त्यो ठाउँ उस्तै छ
त्यो भोकानाङ्गाको गाउँ उस्तै छ
फरक छ त केवल मान्छेको मुहार
मुहारभित्रको घाऊ उस्तै छ
आँखामा पिडा छ,दम फुल्छ छातीमा
कुर्कुच्चा फुटेको पाउ उस्तै छ
सामन्ती ढलेनी, मुखिया हटेनी
गरीबी नामको साहू उस्तै छ
भो लेख्दिन हर्के म तेरो कविता
आसुँ र अक्षरको भाउ उस्तै छ
-अंशुमाली

तेत्तीस कोटी देवताको बास छ मभित्र