Skip to content


अन्धकार मेरो जीवनमा जुन बनी तिमी आयो सानु
मिठो अति मिठो संगीतको धुन बनी तिमी आयो सनु !
चैतमास तुवालोमा सित बनी तिमी आयो सानु
बेसाहरा यो दुखियाको प्रित बनी आयो तिमी सानु !
भुल्नै नसक्नि,छोड्नै नसक्नी रित बनी आयो तिमी सानु
हारै-हारको यो जिन्दगीमा जित बनी आयो सानु!
उराठ लाग्दो मरुभुमिमा बसन्तको पालुवा बनी तिमी आयो सानु
सुकी जाने खहारे खोला सगै बग्ने बालुवा बनी आयो सानु !
गरीबिको झुपडी मा हिरा र मोती बनी आयो सानु
नयन हुँदै दृष्टी बिहिन यो कालेको ज्योती बनी आयो सानु !
अन्धकार्-अन्धकार जिबानमा तिमी जुन बनी आयो सानु
रगत बिहिन यो नसा हरुमा तातो खुन बनी आयो सानु!

राजेश रुम्ब लामा,दोहा कतार ।
reasonlama_rumba@yahoo.com

2 thoughts on “सबै कुरा तिमी मेरो”

  1. चिसो हावामा
    तिमीले
    न्यानो घाम

    चिसो हावामा
    तिमीले
    न्यानो घाम खोज्यौ
    रातको अँध्यारोमा
    तिमीले
    उज्यालो बिहानी रोज्यौ
    तिमीले खोजेको
    घाम हूँ म
    तिमीले रोजेको
    बिहानी हूँ म ।

    सुख्खा मरूभूमिमा
    तिमीले
    रंगीचंगी फूल चाह्यौ
    शिशिरको जाडोमा
    तिमीले
    सुन्दर वसन्त माग्यौ
    तिमीले चाहेको
    फूल हूँ म
    तिमीले मागेको
    वसन्त हूँ म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *