Skip to content

अनौठो मेरो माया


किन तिमी आउछौ सधैं मेरो झझल्कोमा
निदरीमा बिपनीमा अनि सपनीमा
किन यति धेरै माया दिन्छौ राखी समिप्यमा
म त पागल सरी भैसकें तिम्रै सम्झनाले
तिम्रै कल्पनाले तिम्रै ममताले।

निष्ठुरी बनी छाड्छौ भन्ने त्रास् जिबितै छ
त्यो दिनको कल्पना मात्रै पनि सार्है मर्माहत् छ
आखिर किन यस्तो भयो कसरी म बुझौं?
हाँसी हाँसी बसौं कि सधैं आँसुले नै रुझौं?

जसलाई देखे पनि मलाई तिमी नै झै लाग्छ
लोक समाज को डर कता कता भाग्छ
नेपथ्यको माया किन यति धेरै हुने,
बिपनीमा कल्पी बस्यो, सपनीमा रुने,
भोलि के हुन्छ होला केही थाहा छैन,
पर्खी बस्छौ बस्दैनौ सोच्न सक्या छैन

कजोल शर्मा

2 thoughts on “अनौठो मेरो माया”

  1. काजोल जि हजुरको भावना यथार्त
    काजोल जि हजुरको भावना यथार्त आफ्नु जीवनको ब्यथा जस्तो लाग्यो,जे होस् हजुरको लेखै सैली राम्रो छ ।अझै लेख्दै जानु,मेरो शुभकामना छ ।
    हजुरको अपरचित साहित्य प्रेमी मित्र>>>>>राजेश रुम्ब लामा,दोहा कतार।
    Reasonlama_rumba@yahoo.com.

  2. ओई कालि कबिता त राम्रो लेखेको
    ओई कालि कबिता त राम्रो लेखेको रहिछनि खुपै,ल ल अब मख्ख पर्नु है आफ्नै कबिता हेरि हेरि।अनि अरु पनि लेख्दै जानु।तिमि लाई बधाई छ है।छिट्टै ठुलो कबित्रीनि बन्नु।

    उहि तिम्रो साथि कालि माया k.c. सरिता।

Leave a Reply

Your email address will not be published. Required fields are marked *