bheshraj71
घुर ताप्ने बस्तीहरूमा
वीरगञ्जस्थित भिसुवा होटलबाट निस्केर चोकमा पुग्दा भर्खर बिहानको पाँच बज्दै थियो । पशुपतिको जात्रा सिध्राको व्यापार भनेझैँ वीरगञ्ज पुगेको अवसरमा तराई मधेशका गाउँघर नियाल्दै शक्तिपीठ गढीमाइको मन्दिरतर्फ जाँदै थियौँ हामी ।
पृथ्वीनारायणको सालिकछेउबाट पार भएर साँघुरो बाटोभित्र छिर्यो गाडी । प्रतिमाचोकपछि वीरगञ्ज र बाराको सीमानाको गाउँ लक्ष्मनवा आइपुग्यो । बाटोमा गोरू गाडाका लस्करहरू भेटिए । ती गाडामा सामानका बोरामाथि सुतेर बजारतिर जाँदैथिए केही मान्छेहरू । एउटा ट्रकले सडक किनाराको धूलो उडाउँदै अगाडि बढ्यो । सडकका धुमिल दृश्यहरू एकछिनका लागि झन् धमिलिए ।
डुबेको मधेशका गढेका दर्दहरू
कलैयाबाट गाडी चढ्दा मध्यान्ह टलिसके पनि टल्किरहेथ्यो शारदीय चमक आँखाभरि, मनभरि ।
तेलकुवाको चोकबाट अघि बढ्दा मधेशका केही भूभाग हेर्नपाउने उत्साहले उचालिइरहेथ्यो मन । चालक विजेश पटेलले हाँकिरहेको गाडीमा थियौँ वरिष्ठ गीतकार प्रमोद ढुङ्गाना र म ।
बाटोमा नाङ्गा भुतुङ्गा बच्चाहरू कुदिरहँदा वास्ता थिएन मलाई, अब त नाङ्गा मान्छेहरू पनि देखिनथाले । उसमाथि चर्को घाम खनिइरहेथ्यो टाउकैमा ।
‘देश सधैँ रुने छैन’ कविता सङ्ग्रह : देशप्रेमको दस्तावेज
युवाकवि भेषराज रिजालको कविता सङ्ग्रह ‘देश सधैँ रुने छैन’ सरसर्ती पढेँ । शंकरपोखरी, पर्वतमा जन्मेका कविका यसअघि ‘बालुवाको मुठ्ठी’ गीति कविता सङ्ग्रह, लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् । विविध गद्य विधामा कलम चलाउँदै आएका कविको व्यक्तित्वलाई अझै निखार तुल्याउने यो कविता सङ्ग्रहको सामान्य प्रतिक्रिया दिनु मेरो उद्देश्य रहेको छ ।
‘देश सधैँ रुने छैन’ कविता सङ्ग्रह गद्य विधामा लेखिएको छ अर्थात् रबर छन्दमा । यसमा संग्रहित सैँतीसवटा रचनामध्ये तेत्तीसवटा कविता रहेका छन् । ‘तिम्रो प्रतिक्षामा’, ‘आफ्नै गीत’ र ‘बितिगए दुईदशक’ यस सङ्ग्रहमा रहेका गीतहरू हुन् भने एउटा गजल पनि रहेको छ ‘हाँस्दै हाँस्दै’ शीर्षकमा । गीत र गजल हेर्दा मलाई कविजी पहाड घन्काउने सरल र सहज गायकझैँ पो लागिरहेछ । जीवनलाई हेर्ने दृष्टिकोण सफा सुन्दर प्रकृतिझैँ पो छ ए उनका गजल पढ्दा—
“हिजो बादलमुनि थियौ मसँग धर्ती रायो
चाँदनीको संघार टेकी आज आकास पसेको छु ।”
सुदूरपश्चिममा एकसाता
सम्बत् २०६७ सालको भदौमा निर्वाचन आयोगको कामले सहयात्री ऋषिराज शर्मा र म डडेल्धुरा, बैतडी र डोटी जिल्लाको भ्रमणमा निस्कियौँ । काठमाडौं-धनगढी बुद्ध एयरको उडानबाट शुरू भयो हाम्रो यात्रा ।
यात्रामा निस्कँदा मेरा आँखा सदैव नवीन दृश्यावलोकनका लागि लालायित हुन्छन् । प्लेनबाट विस्तारित आँखाले तलतिर नियालिरहन्छु । हरिया डाँडाका थुम्काथुम्कीमा फैलिएका बस्तीहरूमा राता खैरा बाटाका डोबहरू देखिए । नागबेली नदीहरू भदौरे भेलमा पनि शान्तरूपले सल्बलाएझैँ लाग्थ्यो । शायद माथिबाट हेर्दा यिनीहरूको असलीरूप नदेखिएको होला । जहाज सोह्रहजार फिटको उचाइमा उडिरहेको थियो ।
उत्कृष्ट संस्मरणात्मक शोक ग्रन्थ : ननिख्रिएका आँसु
वि.सं. २००७ साल भदौ ११ गते गोरखा जिल्लाको ताकुमाझ लाकुरीबोट गाउँमा माता ललिताकुमारी गुरुङ र पिता कप्तान दीर्घसिंह गुरुङको कोखबाट जन्मनुभएका दोलखबहादुर गुरुङले शिक्षा स्नातक (B.ED.) प्रशासन स्नातक (D.P.A.) र समाजशास्त्रमा स्नातकोत्तर (M.A.) शैक्षिक उपाधि हासिल गर्नुभएको छ । २०६३ सालदेखि निर्वाचन आयोगको आयुक्त हुँदै कार्यवाहक प्रमुख आयुक्त पदबाट वि.सं. २०७२ साल भदौ १० गते सेवानिवृत हुनुभएको छ । २०२३ देखि २०२६ सालसम्म परोकार आदर्श मावि, जौबारी, गोरखामा र २०३० सालदेखि २०३२ सालसम्म भानु मावि, दरबारहाइस्कुल, रानीपोखरीमा अध्यापन गरी जागिरे जीवन शुभारम्भ गर्नुभएका गुरुङले २०३३ सालदेखि २०३६ सालसम्म माध्यमिक विद्यालय निरीक्षक रही मुगु र सिन्धुपाल्चोक जिल्लामा काम गर्नुभयो ।
लम्बेतान यात्राका एकाध डोबहरू
बिहान मिर्मिरेमा डाँडामाथि नपुग्दैको घाम समात्ने बाल्यकालको इच्छाजस्तै अभिलाषा सङ्गाल्दै निकै उल्लासित मन र हलुका पाइला लिएर उकालिँदै थिएँ म । मेहनत, पसिना, थकाइ र स्फूर्तिका साथ उकालिँदा लाग्यो, जीवनको आनन्द यसमै छ । एउटा भरोसाले रसायो भित्री आँत ।
चारखुट्टे फेदीमै छोडेर आफ्नै खुट्टाका भरमा उचालिँदै गर्दा शिखरसँग दाँजियो मन । संसारका अग्ला शिखरसँग दाँजिन पाउँदा मेरो मनमा पनि अन्नपूर्णा, धवलागिरि, नीलगिरी र माछापुच्छ्रे उभिए । हिमाली उचाइमा रक्तिम आभा चुलियो । त्यो आभाको उज्यालो हृदयमा पनि सञ्चार भयो । हृदय उज्यालिँदा ओठ चल्मलाए– मेरो प्यारो भूगोल, मेरो सुन्दर आँगन, मेरो किशोरावस्थाको क्रीडास्थल । लाग्यो, यही भूगोलको अनुहारमा मेरो खुसी फक्रिरहेछ । क्यामेरामा बचत गर्न खोजेँ खुसी फक्रिएको भूगोलको उज्यालो । अनि फेवाको मोहक स्पर्शले रोमाञ्चित भएँ ।
- « Previous
- 1
- 2
- 3
- Next »
