bheshraj71
चक्रपथको गोलचक्कर
अण्डरपाससहित सडक विस्तार भइरहेको कलंकीचोकबाट महानगर यातायातको नयाँ गाडीमा छिरेँ म । सम्बत् २०७४ साल भदौ १७ गते बिहानको सात बज्दै थियो त्यतिबेला ।
काठमाडौँसँग जोडिन आइपुगेको मुलुकको प्रमुख लोकमार्गको चौराहा कलंकीचोकको अवस्था देखेर भने विक्षिप्त भएँ एकछिन । देखियो– चारैतिर रोकिएका गन्तव्य बिर्सेका जस्ता सवारी साधनहरू, कुदिरहेका हुलका हुल मान्छेहरू, हिले फुटपाथमा तेर्साइएको च्याँखे व्यापार । सामान्य डाइभर्सनसमेत नखोली आवागमन रोकेर निर्माण भइरहेको देख्दा उदेक लागे पनि बन्दैछ भन्ने भरोसामा केही सम्झेझैँ गरी आँखा चिम्लेँ । र, शहरिया स्वाङ पार्दै अन्तै मुन्टो फर्काएँ मैले ।
मेची किनारको जङ्गे पिलर
‘भाइ सा’ब, भाइ सा’ब’ कसैले उतर्सिएर कराएजस्तै लाग्यो ।
मैले दुईसट मारिसकेको क्यामेरा हातमा झुण्ड्याएर यताउता हेरेँ । एउटा भारतीय सैनिक मेरो नजिक आइरहेको थियो ।
‘आप फोटो नही खिच सकते ।’ गाईवस्तुलाई तह लगाउँदा जसरी उसले हातको लौरो मतिर तेर्सायो ।
‘मैले त यो जङ्गेपिलरको फोटो खिचेको ।’ मैँले आफ्नो सफाइ पेश गरेँ ।
‘नही खिच सकते ।’ उसले मेरो हातको क्यामेरा खोस्ला जसरी अगाडि बढ्दै थियो ।
शुक्लाफाँटामा एकबिहान
शुक्लाफाँटा वन्यजन्तु आरक्षतर्फ जान महेन्द्रनगर विमानस्थलको छेउ पार गर्दै थियौँ, एउटा खुट्टाले साइकल अड्याउँदै साइड दिइरहेकी षोडसीको मुस्कान छरियो हामी वरपर । धेरै दिनदेखि खुलेको आकास र उज्यालिएको अनुहार देख्न पाएको थिइनँ । तब, संरचनाले सम्पन्न लाग्ने सहरभन्दा हरिया गहुँबारीबीचका स–साना गाउँबस्ती सुन्दर लाग्यो मलाई ।
मुस्कान कसका लागि भन्ने बहस साथीहरूबीच यसरी चल्यो, त्यसले हँसिमजाकसहित सबैका मुहारमा खुसीको ज्वारभाटा नै पैदा गरिदियो । यो हँसिमजाकले भावी जीवन साथीबारे सोच्न बाध्य बनाउनुपर्ने भन्दै अविवाहित साथीहरूलाई हेरेथेँ मैले ।
सुन्तलेको उकालो र दिङ्गलाको ओरालो
सम्बत् २०६९ साल असार १६ गते । भोजपुर जान एयरपोर्टभित्र छिरेर धेरैबेर पर्खियो । सहकर्मी थिए श्याम डंगोल र हिरा महर्जन ।
धेरै जनाले भोजपुर नजानुस्, टिकटै पाउन कठिन छ भनिदिनाले भोजपुर यात्राको आसै मरिसकेको थियो । टिकट पाइहाले पनि उडान बढी क्यान्सिल भइरहन्छ भन्ने सुनेर त्रास बढेको थियो । बर्खाको समयले अनिश्चितताको बादलमाथि अर्को तह थपिदिएको थियो । अन्ततः एघार बजेतिर सबै अनिश्चितता हटाउँदै प्लेन उड्यो ।
- « Previous
- 1
- 2
- 3
