किन छोड्यौ बादलमा सल्काएर आगो
कसरी म हेरुँ आकास जल्दै खस्न लाग्यो
जुनतारा हेर्दा भुल्थेँ यो दुखेको छाती
चोटसँग पीडा साट्दा हुन्थ्यो अलि जाती
किन तोड्यौ भरोसाको मसिनो धागो
किन छोड्यौ बादलमा सल्काएर आगो ।
ढले हुन्थ्यो बन्दी क्षितिज उर्ली ज्वारभाटा
मिले हुन्थ्यो दुईधार छुट्टिएका बाटा
किन लाछ्यौ जिन्दगीले गुँड ला’को हाँगो
किन छोड्यौ बादलमा सल्काएर आगो ।
प्रकाशित : बालुवाको मुठ्ठी (गीति कविता संग्रह), २०५७
