Skip to content

खोला आफै प्यासी

खोला आफै प्यासी बनी बगिरहेछ कि
सागरको सम्झनामा तड्पिरहेछ कि

तिर्खाएकाहरु खोला धाउने गर्छन्
संसारले दुःख यहिँ बिसाउने गर्छन्
सबका आँसु धुँदै खोला रोइरहेछ कि
खोला आफै प्यासी बनी बगिरहेछ कि
सागरको सम्झनामा …

हुन्थ्यो बरु कालो बादल यतै बर्सिए
हुन्थ्यो कालो मान्छेको मन अन्तै पोखिए
विरहमा सुसाउँदै खोला रुँदैछ कि
खोला आफै प्यासी बनी बगिरहेछ कि
सागरको सम्झनामा …

खडेरीमा साउन भदौ जोगाएर राख्दै
शित छर्केर आकासका जुनतारा भिजाउँदै
सबैलाई बचाउँदै खोला मरिरहेछ कि
खोला आफै प्यासी बनी बगिरहेछ कि
सागरको सम्झनामा …

प्रकाशित : बालुवाको मुठ्ठी (गीति कविता संग्रह), २०५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *