Skip to content

bhuwan.np

भैगो आमा !

तिम्रो मायाको स्पर्श नपाउँदै संसार छाड्नुपर्छ भने
म जन्मनाले तिमीले समाजको गुनासो सुन्नुपर्छ भने
भैगो आमा,
जन्म नदेऊ मलाई
म जन्मन नपाउँदै समाजले तिरस्कार गर्छ भने
पारिवारिक हेला र घरधन्दामा नै जीवन बित्छ भने

PunditGhananathTripathi

कुल एक पूजा अनेक : सन्दर्भ गौतम गोत्री सामवेदी त्रिपाठी

आआफ्नो धर्म संस्कृति र जाति अनुसार आफ्ना कुलका देवतालाई खुसी पार्नको लागि आआफ्नै तरिकाले कुलको पूजा गर्ने प्रचलन परम्परादेखि चल्दै आएको छ । आआफ्नो प्रचलन अनुसार कतै कुल पूजा, कतै कुलायनको पूजा, कुल देवताको पूजा र कतै देवाली पूजा भन्ने गरिन्छ । अन्य धर्म संस्कृतिमा आफ्नो कुल र वंशलाई सम्झने परम्परा भए पनि मूलत: हिन्दू र बौद्ध धर्मका अनुयायीहरूले कुलायनको पूजालाई विशेष महत्त्वका साथ गर्ने गर्दछन् । कुलायनको पूजा गरेमा आफ्नो कुलमा अगति परेका पितृहरूको मोक्ष हुन्छ भन्ने परम्परागत मान्यताको आधारमा कुलको पूजा गर्ने प्रचलन चल्दै आएको हो ।

मानव डिभाइस

“ए सर! तपाईँको साथमा के छ?”

“पैसा छ ।”

“पैसा बाहेक अरु केही छ कि?”

“बैङ्कमा आउँदा पैसा बाहेक अरू के हुन्छ र?”

“तपाईँको साथमा केही मेसिनरी सामान भएको सङ्केत दिन्छ त सुरक्षा परीक्षणमा?”

BhubanTripathee

झाँझरमारे

सतीको श्राप परेको ठाउँमा राम्रो काम गर्न कहाँ पाइन्छ र !”

यो वाक्यले घरिघरि झकाइरहेको निद्रा पनि भङ्ग हुन्छ। फेरि कोल्टो फेरेर सुत्ने प्रयास गर्छु, अँह निद्रा नै पर्दैन।

“मेरो व्यक्तिगत हितको निम्ति मात्र हो र ?”

“बुझ्नेहरूले त्यस्तै बुझे त के गर्छस?”

प्रथम खगोलीय शिखर सम्मेलन

“मार्च १० को कार्यक्रमको तयारी पूरा भयो ?” पहिलो पटक संयोजक निकोलसले प्रत्यक्ष रूपमा भेटेर कार्यक्रमको बारेमा जानकारी मागेका थिए । सबै कुरा प्रविधिले प्रत्यक्षरूपमा जानकारी दिइसकेको भए पनि विशेष महत्त्वको कार्यक्रम भएकाले यसरी सोधेका थिए । यसको मर्म राम्रैसँग बुझेको थिएँ ।

“हजुर बोस, सम्भव भएसम्मका सम्पूर्ण प्रविधिहरू जडान गर्ने कार्य सम्पन्न भयो ।” भन्दै उनको सबैभन्दा नजिकको सहयोगीको नाताले उत्तर दिएँ । त्यसपछि संयोजक निकोलस सरासर आफ्नो कार्यकक्षतिर फर्किसकेका थिए ।