Skip to content

कुल एक पूजा अनेक : सन्दर्भ गौतम गोत्री सामवेदी त्रिपाठी

PunditGhananathTripathi


आआफ्नो धर्म संस्कृति र जाति अनुसार आफ्ना कुलका देवतालाई खुसी पार्नको लागि आआफ्नै तरिकाले कुलको पूजा गर्ने प्रचलन परम्परादेखि चल्दै आएको छ । आआफ्नो प्रचलन अनुसार कतै कुल पूजा, कतै कुलायनको पूजा, कुल देवताको पूजा र कतै देवाली पूजा भन्ने गरिन्छ । अन्य धर्म संस्कृतिमा आफ्नो कुल र वंशलाई सम्झने परम्परा भए पनि मूलत: हिन्दू र बौद्ध धर्मका अनुयायीहरूले कुलायनको पूजालाई विशेष महत्त्वका साथ गर्ने गर्दछन् । कुलायनको पूजा गरेमा आफ्नो कुलमा अगति परेका पितृहरूको मोक्ष हुन्छ भन्ने परम्परागत मान्यताको आधारमा कुलको पूजा गर्ने प्रचलन चल्दै आएको हो ।

कुल पूजा भनेको नै आफ्नो कुलका पुर्खाका कीर्तिलाई स्मरण गरेर सामूहिक रूपमा गरिने विशेष पूजा हो । प्रत्येक हिन्दू वंश एव म कुलमा कुल देवता अर्थात कुल देवीको पूजा गर्ने परम्परा रहेको छ । यस परम्पराको सुरुवात हाम्रा पूर्वज एव म ऋषिहरूले सुरु गरेका थिए । यसको मुख्य उद्देश्य भनेको हाम्रो सुरक्षा गर्नु एव म हाम्रो उन्नतिको निम्ति सहायता गर्नु नै हो । यहाँ हरेक कुल अथवा वंशका आआफ्ना खालका विशेषता एव म परम्परा जोडिएको हुन्छ । आजको वर्तमान समयमा धेरै मानिसहरू विभिन्न कारणले आफ्नो जन्मस्थान छाडेर अन्यत्र जानुपर्ने हुन्छ यस्तो अवस्थामा आफ्नो कुलका मानिस एव म आफन्तलाई समेत नचिन्ने आवस्था हुन्छ । यदि कुल पूजा गर्ने परम्परा छ भने कुनै न कुनै पूजामा सहभागिता हुन सक्यो भने एक आर्कालाई चिनिने आर्थात आफ्नो कुल भित्रका मानिसहरूलाई समस्या पर्दा सहयोग गर्न सकिने र आफूलाई समस्या पर्दा सहयोग पाइने आवस्थाको पनि सिर्जना हुन सक्छ । कुल पूजाले आफ्ना अग्रजको प्रसिद्धिलाई सम्झने कार्यमात्र नभई आफ्नो कुलको श्रीबृद्धि र उन्नतिको लागि पहल गर्न सकिने अवसर समेत स्थापित हुन्छ ।

समवेदी गौतम गौत्री त्रिपाठीका कुल पिता गौतम ऋषि हुन । कुल पूजा वायु अष्टमी (जेष्ठ शुक्ल अष्टमी) दिन मनाइन्छ । यस दिन सामवेदी त्रिपाठी कुलका सम्पूर्ण सदस्यहरू उपस्थित भएर आफ्नो कुलका विगतदेखि वर्तमानसम्मका कुरा स्मरण गर्नुको साथै आगामी दिनमा आफ्नो कुलको उत्थानको निम्ति गर्न सकिने कार्यप्रति दृढसङ्कल्पित हुन्छन् ।

मैले देखेँ बुझेका कुराहरू:

सामवेदी त्रिपाठीको कुल पूजा सम्बन्धी अनेक चर्चा परिचर्चा चल्ने गरेका छन् । कास्कीको अर्घौ कालिकाको सेरोफेरोलाई रस्तिवस्ति बनाएका दस पुस्ता भित्रका त्रिपाठीको पृष्ठभूमिलाई यस लेखको केन्द्रबिन्दु बनाइएको छ । हाम्रो बाल्यकालदेखि नै हाम्रा पूर्वजहरूले शुक्ल पक्षको अष्टमीमा दूध नखाने अर्थात दूध बार्ने प्रचलन रहेको थियो । देवी भक्त भएका हुनाले देवीको उपासना गर्ने भन्ने प्रचलन रहेको छ । संस्कारगत रूपमा बलि दिने तर बलि कसको लागि दिने भन्ने चर्चा रहेको छ । जो आफ्ना कुलमा अकालमा मृत्यु भएर पितृमा मिलन भएका छैनन् वायु भएर हावामा उडिरहेका छन् त्यस्ताहरूको लागि (छाग) पाठाको बलि दिएर त्यसको कलेजो र फोक्सोको होम गर्ने प्रचलन रहेको हो । देवीको लागि कुष्माण्ड बलि दिने जस्तै श्राद्ध गर्दा विकर नदिनेहरूको लागि वायुस्थाना नलगाउने वर्षमा एक पटक वायु अष्टमी (जेष्ठ शुक्ल अष्टमी)मा पूजा दिने प्रचलन पहिलादेखि नै थियो । कुल देवताहरू गौतम, अङ्गिरा, साण्डिल्य, विश्वमित्र, नैध्रुव पञ्च प्रवर भएका हुँदा पाँच ऋषिको आह्वान पूजा गर्ने, शिव, गणेश आदि पञ्चाङ्ग पूजा गर्ने, होमन गर्ने, सामवेद र चण्डी पाठ गर्ने । आफ्ना कुलदेवको पूजा आफैँले गर्ने एव म अन्य व्राह्मणद्वारा नगराउने प्रचलन रहेको छ । जुन वायुको निम्ति बालिएको दियो मूलत: स्त्री जाति एव म कुटुम्भले देख्न नहुने भन्ने परम्परा रहेको छ । मौलो र वायुलाई एकै ठाउँमा राखेर पूजा गर्ने प्रचलन रहेको छ तर अहिले आएर परम्परा मान्ने नाममा केही भद्रगोल तरिकाले वास्तविकताभन्दा मन गणन्ते तरिकाले गर्ने गरेको पनि देखिन्छ । परम्परा र संस्कृतिको जगेर्ना गर्नको लागि सम्बन्धित वंश परम्पराका बन्धुहरूको दायित्व निर्वाह गर्नु पर्ने देखिन्छ । बलि दिने नदिने बारेमा कुनै मतभेद गर्नु पर्ने छैन । मनुस्मृतिमा उल्लेख भए अनुसार जीवको बलि दिएर पूजा गर्दा पशुलाई समेत मुक्ति मिल्छ भन्ने धारणा राखिएको पाइन्छ । पूर्खाले थालेको परम्परालाई जानकारी दिनको लागि पनि यो परम्परालाई निरन्तरता दिन उपयुक्त देखिन्छ । छाग बलि वायुको लागि र मौलोमा दिने कुषमाण्ड बलि देवीको लागि देवीको मूर्ति स्थापना गर्नु पर्ने हुन्छ । पायस बलि ऋषिहरू शिव, गणेशको लागि होमन गराउनु पर्छ । वर्तमान समाजका मानिसहरूका स्वाभावको विविधता जस्तै देवी देवताका विविधतायुक्त विशेषतालाई बुझेर खुसी पार्नको लागि पूजाका विविध प्रचलन रहेको कुरालाई बुझ्न सकिन्छ । आफ्नो कुलका नकरात्मक पक्षलाई नष्ट गर्नको लागि केही चिजलाई बलिमा चढाएर आफ्नो कुलको संमृद्धिको कल्पना गर्नुलाई सकरात्मक रूपमा नै बुझ्नु पर्ने हुन्छ । कुलका सदस्यहरूले एउटा साझो पाठो बनाएर बलिदिनु कुल एकताको निम्ति पनि सकरात्मक पक्ष नै हो । पहिले पहिले हाम्रा पूर्खाहरू भन्ने गर्थे “घर बिग्रे थोत्रा भाडा हुन्छन कुल बिग्रे सन्तति लाटा,गाडा एव म भ्रष्ट हुन्छन् ।” परम्पराको निरन्तरतालाई मान्ने हो भने वायुको पूजा गर्नको लागि पहिला दियो बालिन्छ । त्यो दियो बाल्नुको अर्थ भनेको आफ्नो कुलमा अनैतिक तरिकाले जन्मेका एव म कुकर्म गरेर मरेका साथै काजक्रिया नभएका प्रेत तत्वमा रहेकाहरूलाई आह्वान गर्नको लागि बालिएको हो । त्यस्ता आत्माको नकरात्मक पक्षको अन्त्य गरेर आत्माको शान्तिको लागि पाठोको बलि दिएर पूजा गर्ने प्रचलन चलेको हो । आफ्नो कुलका स्त्रीहरू गर्भिणी, रजस्वला आदि अशुद्ध अवस्थामा समेत रहने भएकाले झुक्किएर पनि कुलको पूजा अशुद्ध हुन सक्छ भनेर कुलको पूजा स्त्रीले हेर्नु हुन्न भन्ने परम्परा चलेको हुनपर्छ । शु.य. वेदको ३५ अध्यायको वायु बुझाउने मन्त्र यस्तो रहेको छ : “ॐ वायु पुनन्तु सवित पुनन्त्वाग्ने वभ्राजस सूर्यस्य वर्चसा विमुच्चना भुस्त्रीया” भन्ने मन्त्र १०८ पटक उच्चारण गरेर मष्टा मनु, वराहा, माछा, सावित्री सहित व्रह्मा आदिको पूजा गर्नु पर्छ ।

कुल पूजा गर्ने तरिका :

गौतम गोत्री सामवेदी त्रिपाठीहरूले आफ्नो कुलको पूजा वायु अष्टमी(जेष्ठ शुक्ल अष्टमी) को दिन आफ्नो छुट्टै तरिकाले गर्ने प्रचलन छ । वायु अष्टमी मान्न हामी हामी सामवेदी त्रिपाठीहरू सहमति हुने तर वायु पूजा गर्न, वायुको स्थान बनाउन हामी हिच्किचाउनु हुन्न । कुलको पूजा गर्ने परम्परालाई भण्डारबाट बाहिर ल्याएपछि तत्काल वायुको मन्दिर र मौलाहरू पनि यथास्थितिमा नभएकाले कहाँ र कसरी पूजा गर्ने भन्ने विषयमा कुलका सदस्यहरूमा दुबिधा हुनु स्वभाविक नै हो तर वायुको स्थान नै मौलो भएको हुनाले मौलो स्थापना गरेर निरन्तरा दिनु पर्ने हुन्छ । कुल पूजा गर्ने क्रममा वायु अष्टमीको दिन त्रिपाठी कुलका सदस्यहरू कुल वा ऋषि मन्दिरमा उपस्थित हुने गर्छन । पूजा स्थलमा ऋषिहरू, माछो, शिव, गणेश आदि पञ्चाङ्ग देवताहरूको पूजा गर्ने प्रचलन छ । साथै रूद्री पाठ, देवी मन्दिरमा देवी पूजा, चण्डी पाठ, बलि वायुको थानमा मौलो राख्ने र आफ्ना कुलका सम्पूर्ण जाति अकालमा मरेर वायु भएका छन् ती सबैलाई आह्वान गरेर पूजा गर्ने र छाग बलि दिएर होमन गर्नु पर्ने हुन्छ । पूजा गर्ने चौका वा कोठामा पञ्चाङ्ग देवता र गौतम, अङ्गिरा साण्डिल्य, विश्वमित्र, नैध्रुव आदि पाँच ऋषिहरूको आह्वान गरिन्छ । ऋषिहरू मध्ये गौतम ऋषिलाई माझमा राख्ने प्रचलन रहेको छ किनकि सामवेदी त्रिपाठीका कुल पिता गौतम ऋषि भएको हुनाले हो । पूजा गर्ने क्रममा पायस चढाउनुको साथै होमन गर्ने गरिन्छ । पूजा कोठा अर्थात भण्डारमा मौलो राखेर आफ्ना कुलमा अधोगतिमा परेर पितृमा मिलन हुन नसकेर वायु भएर हावामा डुलेकाहरूलाई आह्वान गरेर पायस बलि दिने, कलेजो, फोक्सो होमन गर्ने गरिन्छ । त्यस स्थानमा वालेको दियो स्त्री जातिलाई देख्न नदिने, त्यहाँ पूजा गर्दा पानी समाउँदा अपसभ्य भएर गर्ने, वर्षैपिच्छे गर्ने हुँदा त्रिपाठीले वायुस्थान नलाउने मौलो राख्ने र वायुको पूजा गर्ने हो । मूलत: पूजाको क्रममा सामवेद, चण्डी पाठ गर्ने एक एक जना, वायु पूजा गर्ने एक जना, होम गर्ने दुई जना र कुलको रुद्री होमनमा चार जना रहने छन् साथै पूजाको लागि अघिल्लो दिनदेखि शुद्ध भएर बसेका एक भक्तालु कर्ताको रूपमा रहेका हुन्छन् ।

परम्परागत रूपमा सबैले कुल पूजा गर्दा मोष्ट (मनु)का सन्तान मानिस, पहिलो औतार माछा, पृथ्वीलाई उतार्ने वराहा, सबैको रक्षा गर्ने देवी, सबैले मानेका पञ्चाङ्ग, शिव गणेश आदिलाई आस्थापूर्वक पूजा गर्ने प्रचलन छ । यी सबैका साझा मानिएका देवी देवतालाई परम्परागत रूपमा हाम्रा पूर्खाले मानेका ऋषि गौतम अङ्गिरा, शाण्डील्य, विश्वमित्र र नैध्रूव आदि पञ्च प्रवर ध्यौथुमी शाखा सामवेदी त्रिपाठीले कुल पूजा गर्दा गर्नु पर्ने रुद्री पाठ, चण्डी पाठ, होमन, वायु पूजा ऋषि, शिव, गणेश आदिको पूजालाई कुल पूजाको दिन प्राथमिकताको साथ गर्नु पर्छ । यस अन्तर्गत देवीको पूजा गर्ने, देवी र वायुलाई बलि दिने, पञ्च देवता ऋषि आदिलाई पञ्चामृत, फलफुल, मनभोग धृतपाक्य वस्तु चढाउनु पर्छ ।

वायुलाई वेदको ३५ अध्यायको “ॐ वायु पुनन्तु सविता पुनन्त्वाग्ने वभ्राजसा सूर्यस्य वर्चसा विमुच्चना भुस्त्रीया” भन्ने मन्त्र १०८ पटक उच्चारण गरेर १०८ होमन दिनु पर्छ । देवी मन्दिरमा चण्डी पाठ गर्ने, देवीको पूजा गर्नु पर्छ । कुलका सदस्य सबैले आफ्ना कुलमा अकालमा मृत्यु भएर एव म पतित भएर मरेर वायु भएकालाई साझो पाठोलाई वायुको मौलो वा स्थान एव म मन्दिरमा बलिदिनु पर्छ । अन्य सदस्यले बलि दिन चाहेमा देवी मन्दिरमा देवीको नाममा बलिदिनु पर्छ । त्यसपछि ऋषिको मन्दिरमा ऋषि पूजा क्रमश: मोष्ट पूजा, बहारा पूजा, शिव पूजा, पञ्चाङ्ग देवता पूजा, माछोको पूजा गरेर रुद्री पाठ गर्ने अनि अग्नि स्थापना गरेर होमन गर्नु पर्ने हुन्छ । शुक्ल पक्षको अष्टमी र कृष्ण पक्षको औशीमा दूध बार्ने हुँदा र खिर नखानेले पायस बलि नगर्ने चलन पनि छ ।
वायु पूजा गर्न वायुको स्थान अर्थात मन्दिर पनि नभएको साथै भण्डारबाट निकालिएका मौला पनि यथास्थितिमा नरहेको हुनाले वायुको पूजा कहाँ गर्ने भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । अब त्रिपाठीका परम्परागत मान्यतालाई अनुशरण गरेर सोहिअनुसार निर्माण गरेर पूजा गर्न नै उपयुक्त देखिन्छ । केही समय अगाडि घरको भण्डर भित्र पूजा गर्ने परम्परालाई अन्त्य गरेर गौतम ऋषि र देवीको मन्दिर बनाएर वायु अष्टमी (जेठ शुक्ल अष्टमी) को दिन कुलका सम्भव भएका सबै सदस्यहरू जम्मा भएर परम्परागत मूल्य मान्यता लोप नहुने किसिमबाट कुलको परम्परालाई सम्झदै कुलको वृद्धिको निम्नि गरिएका कार्यहरू सराहनीय नै छन् ।

पोखरा-लेखनाथ महानगरपालिका -२८, कालिकास्थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *