Skip to content

Biju Subedi

2)10 Years Extra Job Experience of Journalism :-  Columnist: 4 years, Annapurna Post National daily continue daily column writing From AP's main distribution department R.B.Newspaper Traders, Basantapur, Kathmandu. Reporting in Nepali also from Kathmandu District. (2058 Chait 1 to 2062 Chait 23) 14th March 2002 to 5th April 2006.  Columnist: 6 years, Amlekh National Weekly, Mangalbazar, Lalitpur. News paper, weekly column writing & ancient stories writing in Nepali for starting to Ending of this publication. (2064.04.07 to 2070.09.22) 23th July 2007 to 6th Jan 2014.  Columnist: 1 year, experience in Online Patrika Daily From Online Patrika Media House, Lalitpur district, Manbhaban. 2072.02.02 to 2073.02.01 {16th may 2015 to 1st May 2016}  Article writing: Individual approximately 200 article writing in various National daily newspaper of Nepal From 2059 to now.  Literature writing in Online: 15 Years period approximately 300 literature(stories, poems & Articles) posted in Majheri dot com. Mostly stories are written till now. 7 years period approximately 150(stories, poems & Articles) literature posted in Pallava dot com mostly poems written till now.  Blog Writing: Having amassed over 1500 engaging posts on WordPress.com and Blogspot.com since 2059, both of my blogs have consistently attracted a dedicated audience of over 100,000 viewers and..counting. 4) 11 Books Written as Author Biju Subedi Bijay S.N. Book Name Publisher Book Category Published Date 1 Chandako Siddhanta Biju Subedi Bijay Short Epic (Literature) 2065-01-11 2 Laotseko chautisaun Prabachan Prabhat Pustak Sadan Holy Speeches of Tao 2066-04-21 3 Akampa Chaitanya Nai Dhyan Prabhat Pustak Sadan Description of Holy speech of Osho about Buddhism 2066-12-21 4 Tantra Sutra Prabhat Pustak Sadan Description of Holy speech of osho about God Shiva 2067-05-08 5 Bahya Sansarko rahasya Prabhat Pustak Sadan Guru Chinghai Holy speech collection, Free Distribution 2068-04-04 6 Gandhijika Uktiharu Prabhat Pustak Sadan Mahatma Gandhi's quotations collection 2068-12-07 7 Ashanti Bata Shanti, Shantibata Kranti Prabhat Pustak Sadan Description of Holy speech of osho about Politics 2069-12-27 8 Shiva Vandana Prabhat Pustak Sadan Holy Epic of God Shiva 2069 Fagun 27 Mahashivaratri 9 Satya Sangharshaka Kathaharu Ratna Pustak Bhandar Katha Sangraha (collection of Stories) 2072-04-11 10 Satya Pauranik Kathaharu Ratna Pustak Bhandar Pauranik Katha Sangraha (collection of Ancient Stories) 2075 Fagun 11 Shanti Samjhauta Ratna Pustak Bhandar Katha Sangraha (collection of Stories) 2080-02-07

सृष्टिकर्ता किंकर्तव्य–विमूढ (लघुकथा)

सम्पूर्ण ग्रहहरूमा भूइँचालो लाग्न थाले, सम्पूर्ण ग्रहहरूका धरति फाट्न थाले, आकाश फाट्न थाले, ताराहरू झरे अनि भयो दारुण प्रकृतिको लीला । त्यत्तिबेला गुरुत्वाकर्षण शक्तिको मेसो कतै थिएन । छताछुल्ल ग्रह, तारा, नक्षत्रहरू विष्फोटन हुन थाले । समुद्र आकाशमा बहन थाले । बादल हिउँको ढिक्का बन्न थाले । जीवजन्तुहरूले आँखा, मुखबाट आगो बर्साई नामोनिशान समाप्त भइसकेका थिए ।

एक पाउण्ड पाउरोटी (लघुकथा)

झरी असिमित उर्लिएर दर्किरहेको थियो मानौं यो झरीले भेल बनेर केही न केही उटुङ्ग देखाउनेछ । झरी आाउँदा पनि नहुने नआउँदा पनि नहुने । नआउँदा पनि “कत्ति सारो गर्मी छ हगी ?किन यसपाली नआएको” भनेर प्रतिक्षारत बनाउने । आउँदा पनि यसले उटुङ्ग देखाउने । यो झरी तीन दिनदेखि अबिरल दर्किरहेको थियो । विरहमा लागेकाहरु आँसु दर्केको देखिरहन्थे भने खुशीले चुलबुल भएकाहरु त्यसैमा सङ्गीत सिर्जेको देख्थे ।

तिम्रो माया (गीत)

सबै माया पनि देखेँ
तिम्रो माया पनि देखेँ
सबै माया फिक्का भयो
तिम्रो माया गाढा पाएँ

लाग्थ्यो सधैं नभ ठूलो
तिम्रो माया अझ ठूलो
सबै माया सानो भयो
तिम्रो माया गाढा पाएँ

गजल (समाज सपार्न)

नबुझे चित्त बोलेरै छोड फकाऊ सपार्न
सभ्यता सिकी सुधार्न लम्क लजाऊ झपार्न

आलस्य हुन्छ अरुको भाग लुछेर नखोस
सन्तोष मिल्छ भनेरै छोड नखााऊ डकार्न

जो पनि बने समाज बन्छ आरेस नगर
सम्बन्ध भन्या त्यसरी लग नजाऊ हकार्न

घर्तीको अर्ती (लघुकथा)

हरिलाई घर्तीले सम्झाए “हेर त्यो घुस्यहा नेता हो उसको सँगत नगर्नु । ऊसँग पैसा त धेरै छ तर नैतिकता छैन ।”

केही दिनपछि हरि उही नेताको चम्चा भएर निस्क्यो तर घर्तीसँग उसले भुलेर पनि सँगत गरेन ।

फेरि श्यामलाई घर्तीले सम्झाए “हेर त्यो रेष्टुरेन्टमा लोडसेडिङ्ग भएको बेलामात्रै घ्इँचो लाग्छ । त्यो पनि जोडी–जोडीहरू मात्र त्यो बेला जान्छन् । तिमी त्यस्तोमा नलाग ल ?”

(लघुकथा)प्रकृति र उसको दायित्व

ऊ रोइरहेको थियो । पानी परिरहेको थियो । ऊ भक्कानिएर रोयो । पानी झन् दर्किन सुरु भयो । उसको रुवाइ हेरेर ढुङ्गा समान मौन छ समाज । शायद ऊसँगै प्रकृति साथी बनेर रोएकी छन् ।

उसले कसको के बिगारेको थियो र आज उसको यस्तो हालत थियो ? हुन त आजसम्म सबैको भलो हुने नै काम उसले गरिरहेको थियो । सायद प्रकृतिको पनि हालत यस्तै–यस्तै लाग्यो उसलाई ।

(लघु कथा)भगवानको अर्थ

गुरुपुर्णिमा नजिक आएकोले ऊ चारदिन भइसक्यो झोक्राएर बसिरहेको थियो । आज गुरु पुर्णिमा हो । ऊ गुरुलाई भेट्न आतूर छ । आफ्नो गुरु को हो भनेर उसलाई थाहा छ तर गुरुसम्म ऊ पुग्न सकेको छैन । त्यसैले ऊ अती दुःखी छ । गुुरुलाई भेट्न यो तुच्छ समाजले दिएन । यतिसम्म कि उसले गुरुको फोटोसम्म टाँग्न पाएको छैन तैपनि उसको हृदयमा वास बसेको छ गुरु । गुरुको नामसमेत लिन दिँदैन यो तुच्छ समाजले । तैपनि उसले गुरुलाई अती श्रद्धा गरेको छ ।

असीम आनन्द

एकजना दानी व्यक्तिको सन्दर्भमा छ त्यो । उसले परोपकार गरी–गरी दिन विताउँथ्यो । ऊसँग सहयोग माग्न आउनेहरूको ताँती लाग्थ्यो । उसले उनीहरुलाई आफू मरेर सहयोग गथ्र्यो । उसले आफूले दिन सक्ने खालको सहयोग आफ्नो ज्यान प्राण दिन्थ्यो । यतिसम्मन् कि आफ्नो हाड छाला घोटेर सहयोग गथ्र्यो ।

एकदिन ऊ लखतरान भएर बाटोमै ठ्याच्च बसेर, टोपी फुकालेर आफैलाई हम्केर खुइय्य गर्दै सास फेरिरहेको थियो ।

उठ युवा

देश कोलाहलमय छ
देशमा अनेकौं दुर्दशा छ
देश असमञ्जस्यमा छ
देशमा अनेकौं भ्रष्टाचारहरू छन्
सदाचारहरु कहीँ कतै देखिँदैनन्
देश निमोठ्न उठ्ने गिद्ध चिलहरु व्याप्त छन्
क्रुर दमन सामन्ती शासन छ

“जीवन काँडा कि फूल” लाई नियाल्दा

आज “जीवन काँडा कि फूल” पढी सकाएँ । झमक जस्ता अपाङ्गले हामी जस्ता हात खुट्टा भएकाहरूलाई अपाङ्ग बनाइदिएकी छन्, हुतिहारा सावित गरिदिएकी छन् । किनकि उनले सबलाङ्गलेभन्दा धेरै गरेर देखाइदिएकी छन् । लेखेर धेरै गरेर देखाइ दिएकी छन् । गरेर धेरै देखाइ दिएकी छन् । उत्कट अभिलाषाले सबै इच्छा सफल पारेकी छन् । अनि उनले अपाङ्गलाई दुनियाँले हेर्ने दृष्टिकोणलाई (विश्व परिवेशले पनि) बदलिदिएकी छन् । जस्तो सुकै आपद विपद परिआएता पनि आफ्नो कर्तव्यमा दृढ रहनुपर्छ र अन्ततः सफलता हात पर्छ भन्ने दृष्टान्तको पाठ पनि सबै पाठकलाई उनले यो कृतिबाट दिन सफल भएकी छन् ।

नेपाल धड्केको

चिरेर हेर छाती यो मेरो नेपाल रहेको
जहाँमा हेर हेरन जता नेपाल धड्केको

दक्षिण तिर तराई भूमि उत्तर हिउँको
काली र मेची पश्चिम पूर्व हेर न बगेको
छिमेकी देश उत्तर चीन दक्षिण भारत
मिलेर बसी मित्रता गाँसी सौहाद्र्र बनेको

गरौं केही (हाइकुको छाल)

बूढाको मर्म, काममा जोतेको छ, मस्ती छन् सब
फर्केमा घर, भाडाले सातो लिन्छ, रित्तिन्छ गोजी
नफर्क घर, पठाऊ बरु ड्राफ्ट, हुनेछ जोहो

राम्रो छ घर, नभन भए ऋण, मान्दछन् सब
थोत्रो छ घर, नभए पनि ऋण, घृणा गर्दछन्

कुरुक्षेत्र (लघुकथा)

कृष्ण र अर्जुन भगवान र भक्तको सर्वोत्कृष्ट नमूना थिए । त्यत्ति भएर पनि कृष्ण र अर्जुन सबैभन्दा मिल्ने साथीहरूका उत्कृष्ट उदाहरण थिए । त्यसैले त गीताज्ञान दिँदा कृष्णले अलिकति पनि झर्को नमानी अर्जुनलाई सोधेका सबै जिज्ञासामूलक प्रश्नको समाधान वताएका थिए । अर्जुनले पनि एक–एक रेशा–रेशा केलाई–केलाई प्रश्न गरेका थिए । जसकारण कृष्ण अर्जुनको सम्वाद गीताज्ञानका लागि सम्पूर्ण सबैखाले भक्तहरूका लागि ज्ञानयोग्य महत्वपूर्ण उपदेश बन्न सफल भयो ।

पागलहावा (लघुकथा)

मानवहरूले एकदमै दुःख पाएकोले भगवानले सुखी बनाउने उपाय बताउन एउटा वृद्ध मानव चोला लिएर पृथ्वीमा अवतरित हुनुभयो ।

जब भगवान्ले मानवरुप लिनुभयो । संसारको, सृष्टि, स्थिति,संहारको कार्यमा विचलन सुरु भयो र शैतानी राज सुरु भयो । तैपनि मानवलाई जसरी पनि राम्रो पारुँ भनेर लागिरहेका बेला ठूलो पागल शैतानी हावा अइरहेको थाहा पाएर भगवान्ले एउटा महाठूलो खाल्टो बनाउनुभयो र संसारका सबैलाई त्यहाँ लुक्न आग्रह गर्नुभयो । तर सबैले “ सबै ठिक हुँदा पनि किन खाल्टोमा जानुपर्ने” भनेर सबैले उक्त बूढोलाई पागल साबित गरेर वास्तै गरेनन् ।

नेपाल

नेपाल राम्रो हृदय बन्छ धड्काइरहन्छ
नेपाल राम्रो गजल बन्छ गवाइरहन्छ

पूर्वमा राम्रो मेचीको सीमा विशाल नदीको
पश्चिम हाम्रो कालीको गर्ज बजाइरहन्छ

ऊ (लघुकथा)

एउटा राजा थियो, रजा बन्न मन नपर्ने । ऊ सधैं भेष बदलेर जनता बनेर हरेक ठाउँ सर्वेक्षण गर्थ्यो र आफ्नो बाबुको आदेश पालनअनुसार तथा देशका चलिआएको कानूनअनुसार राजा भइरहेको थियो । उसले जहाँ सर्वेक्षण गर्दा पनि जनताहरू केही बोल्दैनथे । भनिराख्नु पर्दैन मात्र भन्थे । “आँ गर्दा अलङ्कार बुझिहाल्छ नि” भन्थे ।

नेपाल नेपाल (गीत )

नेपाल लेऊ यो तन मेरो कोशेली भयो लौ
नेपाल तिम्रै लागि यो मन अर्पण सदा भो

फेरेको सास नेपाल सदा सुगन्ध भनेर,
बोलेको बोली नेपाल मात्रै आवाज दिएर,
धड्काई मुटु नेपाल भनी जीवन चलाई,
रगत बगी नेपाल रङ्ग भएर चल्नेछ ।

कविता (दिदीको पुकार)

खराब कुरा गरेका सबै बिर्सिमा देऊ न
असल कुरा गरेका सबै शिलामा कुँद न

हे मेरा भाइ हे मेरो काले पढीमा देऊ न
नजान्या कुरा जान्या छु भनी नगर पाइन

सफल हुन्छौ अवश्य तिमी कम्मर कस न
कसैले कुल्चे खुट्टामा तिम्रो तनाव नगर

दशैं (कविता)

दशै त हुने खानेका लागि आउने रहेछ
दशैं त हुँदा खानेका लागि दशा पो रहेछ

काट र मार यो कस्तो थिति देवता पूजने
दशैं यो कस्तो वर्षेनी सधैं राक्षश बनिने

म कवि हुँ, म कवि होइन

म कवि हुँ
म कवि होइन
मेरो कविता कविता हो
मेरो कविता कविता होइन

म कवि यस मानेमा हुँ
मलाई पाठकहरू कवि ठान्छन्
मलाई माथिसम्म उचाल्छन् ।