Skip to content

Biju Subedi

2)10 Years Extra Job Experience of Journalism :-  Columnist: 4 years, Annapurna Post National daily continue daily column writing From AP's main distribution department R.B.Newspaper Traders, Basantapur, Kathmandu. Reporting in Nepali also from Kathmandu District. (2058 Chait 1 to 2062 Chait 23) 14th March 2002 to 5th April 2006.  Columnist: 6 years, Amlekh National Weekly, Mangalbazar, Lalitpur. News paper, weekly column writing & ancient stories writing in Nepali for starting to Ending of this publication. (2064.04.07 to 2070.09.22) 23th July 2007 to 6th Jan 2014.  Columnist: 1 year, experience in Online Patrika Daily From Online Patrika Media House, Lalitpur district, Manbhaban. 2072.02.02 to 2073.02.01 {16th may 2015 to 1st May 2016}  Article writing: Individual approximately 200 article writing in various National daily newspaper of Nepal From 2059 to now.  Literature writing in Online: 15 Years period approximately 300 literature(stories, poems & Articles) posted in Majheri dot com. Mostly stories are written till now. 7 years period approximately 150(stories, poems & Articles) literature posted in Pallava dot com mostly poems written till now.  Blog Writing: Having amassed over 1500 engaging posts on WordPress.com and Blogspot.com since 2059, both of my blogs have consistently attracted a dedicated audience of over 100,000 viewers and..counting. 4) 11 Books Written as Author Biju Subedi Bijay S.N. Book Name Publisher Book Category Published Date 1 Chandako Siddhanta Biju Subedi Bijay Short Epic (Literature) 2065-01-11 2 Laotseko chautisaun Prabachan Prabhat Pustak Sadan Holy Speeches of Tao 2066-04-21 3 Akampa Chaitanya Nai Dhyan Prabhat Pustak Sadan Description of Holy speech of Osho about Buddhism 2066-12-21 4 Tantra Sutra Prabhat Pustak Sadan Description of Holy speech of osho about God Shiva 2067-05-08 5 Bahya Sansarko rahasya Prabhat Pustak Sadan Guru Chinghai Holy speech collection, Free Distribution 2068-04-04 6 Gandhijika Uktiharu Prabhat Pustak Sadan Mahatma Gandhi's quotations collection 2068-12-07 7 Ashanti Bata Shanti, Shantibata Kranti Prabhat Pustak Sadan Description of Holy speech of osho about Politics 2069-12-27 8 Shiva Vandana Prabhat Pustak Sadan Holy Epic of God Shiva 2069 Fagun 27 Mahashivaratri 9 Satya Sangharshaka Kathaharu Ratna Pustak Bhandar Katha Sangraha (collection of Stories) 2072-04-11 10 Satya Pauranik Kathaharu Ratna Pustak Bhandar Pauranik Katha Sangraha (collection of Ancient Stories) 2075 Fagun 11 Shanti Samjhauta Ratna Pustak Bhandar Katha Sangraha (collection of Stories) 2080-02-07

फेसबुकमा लाइकको ब्यापार (लघुकथा)

“हे भाइ ! कति फेसबुक खेलिराको ? ओहो तिमीले त लाइक कति ठोकिराको ? कि सबका सबलाई लाइक ठोक्छौ ?”

“हैन ?” भन्ने छोटो उत्तर दियो उसले ।

(ऊ फेसबुकमै व्यस्त थियो कुरा गर्ने फुर्सद थिएन उसलाई )

“कति साथी छन् तिम्रा ?”

कसैकोे हाँसो चेहरा हेर्दिन

अचेल सधैँ कसैकोे हाँसो चेहरा हेर्दिन
धेरैको मैले मुस्कान भित्र क्रुरता देखेथेँ

आफूले सधैँ मद्दत गरेँ धेरैको आपत
आफूले झेल्दा पाइन कुनै बदला मद्दत
सुखमा देखेँ सबैको हाई ताम र झामको
दुःखमा सधैँ म आफू एक्लो सधैँको एकल

उदास दुःखी चेहरा भनी हेपेथेँ सधैँ नै
आपत पर्दा मद्दत गर्न उदासी नै आए
धनको मात्र बल यो हैन मनको बल हो
दिमाग हैन हृदय हेर त्यसमा परख

२०७२ फागुन १४ शुक्रवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com

भगवानलाई मद्दत गर्ने को ? (लघुकथा)

एकदिन भगवान आफ्नो लोकबाट व्रम्हमाण्ड संसारका सर्वत्र न्याय दिलाउन जुटिरहँदा धेरै थकित भए अनि त्यसै मेसोमा भगवानलाई मत्र्यलोकमा मानिसहरुमा कोचाहिँ मलाई मद्दत गर्ने रहेछन् भनेर निरीक्षण गर्ने बिचार पलायो ।

अनि भगवानले ध्यानदृष्टिले मत्र्यलोकमा सर्वत्र निरीक्षण गर्दा

पत्र कथा :– प्रेमिकालाई पत्र

धेरै किसिमका फूलहरू स्वर्गका थुप्रै बगैंचाहरूबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छासहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद !

मेरी प्यारी स्याफ्रोन !!!
म एकदमै हल्का महसुस गरिरहेको छु तिम्रो माया, समर्पण, आदर, सत्य, आज्ञाकारिताका भावनाहरूबाट र तिमीलाई कस्तो छ ? अवश्य नै तिमी पनि यस्तै छ्यौ ।

भूकम्प पीडित तथा शासकहरुको परनिर्भर प्रवृत्ति

भूकम्प पीडितहरु आजसम्म पनि पाल मुनि राहतको आशामा विताइरहेका छन् । यस्तैमा धुर्मुस र सुन्तली जस्ता कलाकारहरुले थुप्रै भूकम्प पीडितहरुलाई टहरा बनाएर सुम्पिसकेका छन् । यहाँ भन्न खोजेको कुरा के हो भने धुर्मुस र सुन्तलीजस्ता कलाकारहरुलाई गाँस बासको समस्या नपरे पनि उनीहरुले थुप्रै टहरा बनाएर पडितहरुलाई सघाए । यो सहयोग त्यही भूकमपमा भत्किएर उब्रेका निर्माण साग्रीका सरसामानबाट पुनर्निमाण गरेका हुन् । तर पीडितहरुमा भने यस्तो जोश, जाँगर र आँट पलाएन । उनीहरु मुख ताक्दै बसिरहे । यदि उनीहरु पनि समस्यासँग जुझ्न तम्सने हो भने धुर्मुस र सुन्तलीले भन्दा राम्ररी जोहो गर्न सक्थे तर दुखःको कुरा , यस्तो पीडत पक

बर्बर समस्या (गीति कविता)

कस्तो यो हाल देशको आज बर्बर समस्या ।
अबैध काम गर्नेका लागि आहाहा क्यामज्जा ।।

कतै त भयो दिनमा सधैंँ रोडमा सुताइ ।
कतै त भने ढुङ्गा र मुढा पुलिस सफाइ ।
रातमा सधैंँ इन्धन पास राजश्व छलाई ।
कङ्गाल भई देशको हाल अत्यन्तै विक्षिप्त ।

20151231_BijjuSubediBijay-Lekh

“सत्य सङ्घर्षका कथाहरू” कथासङ्ग्रहका समीक्षाहरू

युवा कथाकार विजु सुवेदी ‘विजय’ कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरू”मार्फत बजारमा आएका छन् । प्रगतिवादी धारतिर ढल्किएका उनका कथा अलि फरक शैलीमा लेखिएका छन् । नेपाली समाज र मनोविज्ञानसँग तिनको सम्बन्ध छ । देशभक्ति र स्वतन्त्रताको चेतना बोकेका कथाले राजनीतिक नेतृत्त्वको अकर्मण्यता र जनताको अल्छीपनप्रति व्यङ्ग्य गरेका छन् । सच्चा क्रान्तिकारीले देश, जनता र परिवर्तनका लागि गर्ने सङ्घर्ष र बलिदानको उपादियतामाथि कथाले बोलेका छन् । बढी विचारात्मकजस्ता लाग्ने कथाहरूभित्रका प्रेमकथाले पाठकलाई लोभ्याउँछ ।

रणमा अघि बढिदेऊ

समतामूलक समाज पर्खिरहेका छन्
क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ

धनी झन्–झन् अकुत सम्पत्ति कुम्ल्याउँदैछन्
गरिब झन्–झन् धेरै रित्तो हात हुँदै छन्
यो अव्यवस्था हटाउन तिमी बन्दुक बोकीदेऊ
क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ

बिजुलीप्रसाद

सबैका लागि चाहिने कुरो म बिजुलीप्रसाद
नहुँदा म त जहिल्यै कालो हुन्छ नि सर्वत्र

म भए जो नि सन्तोष गर्छ गर्वले फुल्दछ
आशाको केन्द्र भएको छु म नेपाली जनको
म जान्छु सधैंँ बहेर जहीँ उज्यालो ल्याउन
नभए म त कसैको गाँस पाक्दैन अब त

जाग हे ! दुःखी

जाग हे ! दुःखी समर गर्न अन्याय विरुद्ध
बाँधिन सक्छ साङ्लोले हात आवाज उठाऔँ ।।

फुटाई राज गरेर बाँध्ला कम्मर कसौँ न
सामन्ती सत्ता बढार्न आज समूह बनौँ न
लुटेरा राज आउन सक्छ दमन गरेर
डटेर गरौँ सामना अब बुलन्दी भएर

देशको हाल बिग्रियो

देशको हाल बिग्रियो आज संकटै संकट
जता नि हेरे कालोको धन्दा महङ्गी भूकम्प

पैसाको क्याँठ देखायो भने जे पनि पाइन्छ
अन्यथा भाउ मोल्न नि खोजे केही नि पाइन्न
पैसाको पछि लागेर यहाँ बेपारी मोटाए
जनता–लाई लुटेर यहाँ ढाड नि सेकाए

विश्वको एक नम्बर भयो गरिब राष्ट्रको
के गरी बाँच्ने सकस भयो निमुखा जनले
आकाशे भाउ सबै नि बस्तु के गरी जिउने
कसरी बसे जनता आज कहर खाएर

नाकाको बन्दी भारत एक्लो निर्याती भएर
असली मित्र भएन हरे ! दक्षिणी सिमाको
नेताको चाल दलाली गर्ने देशको सम्पत्ति
के गरी खाने यसरी यहाँ नेपाली सन्तत्ति

२०७२ पुस २
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi#gmail.com

पढाइ र अनुभव (लघुकथा)

पढाइले उज्जवल भविष्य हुन्छ भनेर उसले धेरै पढेको थियो तर रोजगारी कतै पाएको थिएन । जहाँ पनि “कामको अनुभव कति छ ?” भनेर सोध्नाले हलुवामा वालुवा भइरहेको थियो । ऊ सधैँ जागिरबाट चिप्लिन्थ्यो । जहाँ पनि अनुभवी मान्छे चाहिने हुनाले आखिर उसको मोटो पुस्तकको पढाइले कतैपनि रोजगारी प्राप्त हुन सकेन ।

आत्तिनु हुँदैन, मात्तिनु हुँदैन ।

दुःख भयो भनेर आत्तिनु हुँदैन ।
सुख भयो भनेर मात्तिनु हुँदैन ।।

गरिब भनेर कबै हेला नगर,
उन्मादित भएर ठाट्टिनु हुँदैन ।
जवानी सबको एकपल्ट आउने हो,
चौडा छाती भनेर पात्तिनु हुँदैन ।

गिनिस बुक र बृद्ध (लघुकथा)

गिनिस बुकमा सबैभन्दा बृद्धको पगरी गुथ्न सफल १०४ वर्षीय सनत् नामक बृद्धलाई सो गिनिस बुकका टोलीले प्रमाणपत्र दिन आए ।

टोलीका एकजना :– “हामी तपाईंलाई प्रमाणपत्र दिन आएका । एउटा कुरा सोधुँ है बाजे ? हैन तपाईं यसरी १०४ वर्षसम्म दीर्घ आयु बाँच्न सक्नुको प्रमुख कारण के हो ? मलाई लाग्छ तपाईंले रक्सी, धुम्रपानजस्ता कुनै पनि कुलत गर्नु नभएर होला हैन त बाजे ?”

तत्कालै चीनबाट इन्धन ल्याउने जोहो गरोस् ।

अहिलेको अवस्थामा भारतले तीन बाली उत्पादन गर्नुहुने तराईको उर्वर भूमिमाथि आँखा गाडेर र्याल चुहाइरहेको छ । उसले कसरी हुन्छ तराईलाई आफ्नो भू–भाग बनाउनमा कुटनीतिक चाल चलिरहेको छ । हुनत भारतीय सदनमा आज मोदी सरकारको विरोधमा नेपाललाई नाकाबन्दी नगर्न बहुमतले ठूलै दबाब दिएको समाचार आएको छ । तर हाम्रा कधेसी नेताहरुमा नेपालभक्तिको त्यस्तो चेत अझैसम्म पनि पलाएको देखिएको छैन । हाम्रा मधेसी नेताहरुको भारतपरस्त विचारले झन् मोदी नेतृत्व सरकारलाई हौस्याइरहेको छ । यस्तो अवस्थामा पनि नेपाल सरकार भने अझै पनि विभिन्न बहानामा भारतबाट इन्धन ल्याउँदा पाउने कमिशनको आश गरी जिब्रो लेब्र्याउँदै बसिरहेका छन् । हाम्रो देशक

संसार बदल्न

संसार जिते फर्कन्छु भन्छौ नभए झुक्दिन
हारेमा आफ्नो ज्यानको बली देशको खातिर
सलाम लाखौँ दिएर भन्छु सपुत सिपाहीँ
तिमी नै हाम्रो आशाको दिप प्रभाती अमृत

गएछौ तिमी सिपाही भई संसार बदल्न
दुःखीयाहरू प्रतिक्षा तिम्रै गरेर बसेका
भोका र निर्धा सहेर बसी पुकार्दै सहस्र
कहाली लाग्दो जिन्दगी गर्यौ बदल्ने अठोट

न कि कुर्सीको अभिसप्त

आजले नाकाबन्दी भएको २ महिना र मधेसमा आन्दोलन भएको १०० दिन पूरा भइसकेको छ । तर यत्तिबेलासम्म पनि सत्तापक्ष र आन्दोलनरत पक्ष बीच निष्कर्ष सहितको सम्झौता हुन सकेको छैन । एकातिर मधेसी दलहरू सबैको साझा धारणा बनेको छैन भने सत्ताधारीहरूको पनि एकमत भएको छैन । यो पनि जनतालाई अनिर्णयको बन्दी बनाइनुको प्रमुख कारक हो ।

प्रभात तिमी आऊ न

प्रभात तिमी आऊ न यहाँ अँध्यारो छ साह्रो
सदियौँ भयो प्रकाश यहाँ छिरेको होइन

गरिब, दुःखी, निमुखा सबै आँसुको दहमा
उजेली बनी बेजोड आऊ देखाऊ चकमा
समीप अँझै आएमा तिमी कहर मेट्नेछ
जीवन ज्योति झलल्ल गरी सहारा हुनेछ