नेपाल राम्रो हृदय बन्छ धड्काइरहन्छ
नेपाल राम्रो गजल बन्छ गवाइरहन्छ
पूर्वमा राम्रो मेचीको सीमा विशाल नदीको
पश्चिम हाम्रो कालीको गर्ज बजाइरहन्छ
कतिमा राम्रो उत्तरतिर उचाइ फैलेको
हिमाल हाम्रो आकाश चुम्छ रमाइरहन्छ
कतिमा राम्रो दक्षिणतिर हरियो बनेको
तराई हाम्रो उन्नत हुन्छ सजाइरहन्छ
कतिमा राम्रो डाँडा र ताल, भञ्ज्याङ्ग, चौतारी
झरना, नदी कलल गुञ्ज बजाइरहन्छ
शिवको हाम्रो हिमाली काख धरती तपको
बुद्धले राम्रो शान्तिको कुञ्ज बनाइरहन्छ
झण्डा छ हाम्रो जून र रवि सिम्रिकमाथिको
आकाशे गङ्गा किनार बग्छ फह्राइरहन्छ
लय :– लोक लय असारे (३+२)= ५ + (३+२) =५ + (३+३) =६ जम्मा १६
२०७० पौष १९
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
www.bijusubedibijay.blogspot.com
