गुरुपुर्णिमा नजिक आएकोले ऊ चारदिन भइसक्यो झोक्राएर बसिरहेको थियो । आज गुरु पुर्णिमा हो । ऊ गुरुलाई भेट्न आतूर छ । आफ्नो गुरु को हो भनेर उसलाई थाहा छ तर गुरुसम्म ऊ पुग्न सकेको छैन । त्यसैले ऊ अती दुःखी छ । गुुरुलाई भेट्न यो तुच्छ समाजले दिएन । यतिसम्म कि उसले गुरुको फोटोसम्म टाँग्न पाएको छैन तैपनि उसको हृदयमा वास बसेको छ गुरु । गुरुको नामसमेत लिन दिँदैन यो तुच्छ समाजले । तैपनि उसले गुरुलाई अती श्रद्धा गरेको छ ।
तर उसले गुरुलाई भेट्यो । उसको हर्षको सिमा रहेन । गुरुले केही भन्नुभएन । उसले गुरुसँग सोध्यो “भगवान भनेको के हो ? गुरु” गुरुले केही बोल्नुभएन । उसले गुरुलाई सोध्यो “भगवान भनेको सर्वशक्तिमान हो कि सूत्र हो ?” भनेर सोध्यो । गुरुले “सूत्र” भन्नुभयो । सूत्रको तार यसरी प्रतिध्वनित भयो त्यसरी उसको हृदय तरङ्गित भएर रमायो ।
त्यसपछि अर्का एकजना चेली आएर उसको हात सुम्सुम्याउन आइन् । ऊ पनि हात सुम्सुम्याउन लगाएर बसिरह्यो । जब चेलीको हात सुम्सुम्याई अस्लिल हरकतसम्म बढ्यो तब उक्त चेलीको श्रीमान्ले उसको त्यो सुम्सुम्याउन सुरु गरेको बायाँ हातको नाडी स्थानमा एउटा रक्षाबन्धनको सूत्र बाँधिदिनुभयो ।
भरे ब्युँझँदा उसको हातमा सूत्र थिएन न नै उसको साथमा गुरु थिए ।
उसले एकैसाथ गुरु र भगवान भेट्टाएर घोत्लिरह्यो ।
२०७१ अषाढ २८ गते गुरुपुर्णिमा
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
