Skip to content

Buddhi Moktan

मेरो राष्ट्र! भन्दै भन्दै

जिन्दगीका अन्त मसी त्यहींनिर पोख्यौ किन
‘मेरो राष्ट्र!’ भन्दै भन्दै बाँकी शब्द रोक्यौ किन ?

राष्ट्र फेरि अमर गीता तिम्रै बरदान यो
बिछोडको शख ढोल हामीबिच ठोक्यौ किन ?

रोज खुनलाई

बिर्सन कहाँ सक्थें तारा जूनलाई
सरे म त नजिक तिम्रो हुनलाई

धन ल्याऊ कि माया, यो मनभरिको
मन पराउँछौ धरै भन कुनलाई ?

सकिन्छ रे धन त, माया अमर हो
जुनी बित्ने साईनो रोज खुनलाई

म भित्रका खुशीहरु

म भित्रका खुशीहरू, ….
एउटा प्रकृति
एउटा सहिष्णुता
एउटा वात्सल्यता
अनि एउटा जीवन दर्शन।

मेरा प्रक्रितीका भिताहरू, कठै !
मालिङ्गो घारी, तोरी बारी,
रानीबन भित्रका ,
जीवन बिताउने चौतारी
कहीले लेकाली यौवन,
कहीले बेशीमा बयली खेल्दै
बिछट्ट छ जीवन ..

‘प्रेमप्रत्र लेख्दैछु माया’

प्रेम दिवशमा प्रेमप्रत्र लेख्दैछु माया
भविष्य जीवनको तिमीमा देख्दैछु माया ।

स्वाभिमान र महानताको अध्याय दर्साउदै
सामिप्यमा, नेपथ्यबाट पाइला टेक्दैछु माया ।

आत्मसमर्पण गर्दिन फाली प्रेम हतियार
आइपर्ने मुढभेट बिवेकले छेक्दैछु माया ।

दाहालले हो सपारेको

देश त्यसै कहाँ बन्यो ? दाहालले हो सपारेको
क्रान्ति रची रगतको अहालले हो सपारेको ।

जस लिन किन खोज्नु तैले मैले गरे भन्दै
भोका जन उत्रे सडक कङ्गालले हो सपारेको ।

दाङतिर गोली चल्यो मन्थलीमा मान्छे मर्यो
गणतन्त्र छिट्टै आयो भूपालले हो सपारेको ।

कान्छा छोरा

आमा बाको कान्छा छोरा पुल्पुलिएको छुइन म त
माया सबको पाए पनि चुल्बुलिएको छुइन म त ।

कुरा लाउँछन् दाजु, दिदी “आमा! कान्छा लाठे भयो”
सानै ठान्छु आफूलाई फुल्फुलिएको छुइन म त ।

बाबा भन्ने, “अब कान्छा ! बुहारी पो हेर है, छोरा”
कसैसित प्रीत गाँसी घुल्मिलिएको छुइन म त ।

तिम्रो सलनाल र मेरो माघे मेला

कति नयाँ बर्ष मनाउँछौ
कस्ता कस्ता नयाँ बर्ष मनाउँछौ
कहिले चुसकमा झुम्मिन्छौ अरे

कहिले अल्लाहमा खुम्चिन्छौ अरे
कहिले इदमा रमाउँछौ
कहिले क्रिसमसमा कराउँछौ
अनि कहिले सलनालको
चिसो जाडोमा मुटु कमाउँछौ
खै म कसरी तिम्रो त्यो
वास्तविकतालाई बोध गरूँ

शहिदको लस्करमा देखे तिमीलाई

शरदको भाइटीकामा आउछु भन्थ्यौ,
निम्ताको पत्र लेखे तिमीलाई
मुक्तिको खातिर लड्छु भन्थ्यौ,
शहिदको लस्करमा देखे तिमीलाई ।

भाइटीका मेरो उज्यालो नै होस्,
आँशुको मुलमा भेटे तिमीलाई
क्रान्तिले बीरता चुमेछौ माइती!
राष्ट्रकै तुलमा देखे तिमीलाई ।

मुक्तीको सन्देश

मुक्तीको सन्देश पठाको थिए,
खुसीले खोली तरयौ के दिदी !
भाइटीका निम्तो म पाउछु होला,
मखमली बिझ छरयौ के दिदी !….?

सल्लेरी युद्धमा म लड्दै हुँदा,
नआउने कुरा गरयौ के दिदी !
आउदैछु अब त्यो बस्ती बीच
भाई टिके कलस भरयौ के दिदी!…..?

दिलाउदैछु मुक्ती यो देशलाई आज,
शान्तिको स्वाश फेरयौ के दिदी !
क्रान्तीले बिरता चुमेको माइती,
स्नेही नयनले हेरयौ के दिदी !…..?

फैलिन्दैछ आज मुक्तीको सन्देश,
स्वातन्त्र चौतारी झरयौ के दिदी !
उठेको बस्ती बस्दैछ फेरी ,
गाउघरमै डेरा सरयौ के दिदी !….?

जन्मिन्छन फेरी कुतत्वहरु ,
अस्तित्व उसको घेरयौ के दिदी !
फुलमाला त्यसै नसुकोस तिम्रा,

घारो एउटै हो

तिमीले खाने मैले खाने चारो एउटै हो
अछुत किन भन्छौ मलाई धारो एउटै हो ।

रगत तिम्रो सेतो भए मेरो भन्नु छैन
केशीकामा बग्ने कणको पारो एउटै हो ।

महल तिम्रो बास होला झुपडी चैं मेरो
हुरी बतास छेल्छ यस्ले गारो एउटै हो ।

फेरि कसको जिन्दाबाद छ?

मुस्कुराओस बस्ती भन्छु
फेरि बस्ती आर्तनाद छ
शान्त रहोस् बस्ती भन्छु
फेरि बस्ती हतास छ
कही छैन यस्तो बस्ती
एउटा यो अपवाद छ
मर्ने दाजु मार्ने भाइ,
फेरि कस्को जिन्दावाद छ…. ?

प्रेम पत्र स्वीकारेर

प्रेम पत्र स्वीकारेर, उत्तर लेख्दैछु माया
भविष्य जीवनको, तिमीसँग देख्दैछु माया ।

स्वाभिमान र महानताको अध्याय दर्शाउँदै
समीप्यमा, नेपथ्यबाट पाइला टेक्दैछु माया ।

आत्मासमर्पण गर्दिन फाली प्रेम हतियार
आइपर्ने मुठभेड, विवेकले छेक्दैछु माया ।

प्रकृतिले लुगा खोल्यो

प्रकृतिले लुगा खोल्यो, न्यानो तातो लाऊ है छोरा
अगेनीमा बसेकी छु, राप सेक्न आऊ है छोरा

गरीबीको सिरक डस्ना, भयो एउटै अगेना
रापसँगै ताप लिन, काखतिर छाऊ है छोरा

मेरो कान्छा सानै देख्थे, आज भयो परदेशी
उराठिला बगरमा, राष्ट्र लोक गाऊ है छोरा

प्रकृतिले लुगा फुकाउँदा

सर्लङ्ग सुकेको रुख
बनस्पति र बृक्ष
न यसमा पात छ
न यसमा जात छ
यहाँ प्रकृतिले लुगा सुकाउँदा
यहाँ प्रकृतिले लुगा फुकाउँदा ।

युरेनियमको नजिकबाट

सोडियम, युरेनियम र
रेडियमको नजिकबाट
रेलीमाइको कथा बोकेर
यो मनको गुप्ताङमा
भावनाले शीतवीर्य छर्केर
एउटा कविताको गर्वधान गराउदैछु
एउटा कविताको परागशेचन गराउदैछु ।

नयाँ बर्षमा

शुभकामना दिनु पर्दैन नयाँ बर्षमा
आइपर्ने दु:खहरु टर्दैन नयाँ बर्षमा

फलोस् फुलोस भनेर कसैले भन्दैमा
सुकेको फुल रङ्ग भर्दैन नयाँ बर्षमा ।

“खै त मेरा प्रियतम”

“खै त मेरा प्रियतम”

भेटिनेसुर देखिन गाउमा काफल पाक्दा पनि
क्षितिज पारी प्रियतम जवानीले डाक्दा पनि ।।

शिशिर बित्छ आँशु बनी बसन्तलाई कुरी बस्छु

“सपना साचेकाहरुलाई”

“सपना साचेकाहरुलाई”

सपना पूरा हुदैछ तिम्रो माला उनि बस ठुली
साइत यही मङसिर हो कुल घरान पस ठुली ।

औंला भाची धरै बसेउ बल्ल आज दिन आयो
नाइ किन भन्नु छ र लगन गाठो कस ठुली ।