Skip to content

“सपना साचेकाहरुलाई”

“सपना साचेकाहरुलाई”

सपना पूरा हुदैछ तिम्रो माला उनि बस ठुली
साइत यही मङसिर हो कुल घरान पस ठुली ।

औंला भाची धरै बसेउ बल्ल आज दिन आयो
नाइ किन भन्नु छ र लगन गाठो कस ठुली ।

हात पाऊँ चुरी झुम्का नयन ओठ गाजल लाली
खाली सिउदो सुम्पिएर रातो सिदुर घस ठुली ।

बिर्स अब चन्चल बैश जीवनले बाटो मोड्यो
घरानाको इजत राखी ब्याबहारमा फस ठुली ।

बिदाइ गरे डोली चढाइ बा आमाको मनै ढुक्क
‘बुद्धी’पुरयाउ बेलैमा तिम्लाइ मिल्छ जस ठुली ।

-बुद्धी मोक्तान ,ताप्लेजुङ ,दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *