Skip to content

बुद्धि मोक्तान

नपाउने जूनको लागि

भोकै तिर्खै कति बसेँ पिरतीमा उनको लागि
ब्यर्थै त्याग गरिएछ नपाउने जूनको लागि

आँखा जुँध्दा पिरतीको खेती भयो नयनमा
नभित्र्याउँदै बग्यो बाली सेती भयो नयनमा
कोही लडे सुनको लागि कोही लडे नूनको लागि
म चाहिं लडेँ माया भन्दै नपाउने जूनको लागि

म त्यही छु

म त्यहीं छु
जहाँ, झ्याल बाहिर पुसको हिउँ फुस्फुसाउँछ
कतै नडुलाउँ भनेर रोकेको नजर
हिउँको बिस्कुनमा पोखिन्छ
यही बेला आमा भन्दिहुन,
“कठै यो जाडोमा मेरो कान्छा !”

दोबाटोमा मलाई देख्दा

दोबाटोमा मलाई देख्दा, अरुको हात छुन्छौ तिमी
चुमेकै हो तीओठ मैले, के आज पराई हुन्छौ तिमी

भाग्यको खेल भन्दिन म, स्वार्थको खेल चल्यो यहाँ
हारेको खेल जितेँ भन्यौ, प्रेमको मन्जिल ढल्यो यहाँ
मन्जिल ढाली प्रीतको गगन, भन त कसरी छुन्छौ तिमी
चुमेकै हो ती ओठ मैले, के आज पराई हुन्छौ तिमी

कविताको हत्या

मनको मैदानबाट
मुल फुटेको भए
शायद,
त्यो कविता हुन्थ्यो
यहाँ त,
मस्तिष्क खर्चेर
ओठबाट जबर्जस्ती
कविताको निर्माण गर्न खोजियो
र त महासय !
कविताको हत्या यही भयो ।

संघर्षरत फूल

फेरि कहिल्यै नमुस्कुराउने सर्तमा
चुडिन तयार छन हजारौ सयपत्री
समयसँगै
भाइटीकाको नाउँमा ……

दिदी !
तिहार आयो
अनि भाइ खोज्यौ होइन ?
अनि निम्तो बाड्यौ होइन ?

ईतिहास रटाउनु छ

विदेशमा काम गर्छु घरमा पैसा पठाउनु छ
विपतको आलो घाउ मलम दली घटाउनु छ

स्वर्ग जस्तो सुन्दर घर भताभुङ्ग भएपछि
एकै पालमा संयौ जना मिलिजुली अटाउनु छ

बस्दा सम्झे पुग्छ

साँझ पख कोइली बास बस्दा संम्झे पुग्छ
चैत्र मास पिपल पात खस्दा संम्झे पुग्छ

सधैं सधै भन्दिन म एकै पल छ बिन्ती
पराइको सिन्दुर तिमीले घस्दा संम्झे पुग्छ

रोल्पा रोयो रुकुम रोयो

रोल्पा रोयो रुकुम रोयो रोयो दुनै माडी खारा
रसिदै थे किन सुके संबिधानका सबै धारा

प्रगतिले फड्को मारी चन्द्र छोइ हाँस्ने बेला
आँसु भित्रै पौडिदैछन हुम्ला जुम्ला सोलु बारा

नामहरुको बदनाम !

हे बौद्धनाथ !
हे पशुपथिनाथ !
हे अल्लाहा र मस्जित
एक पल्ट जान्ने मौका देउ ,
एकपल्ट भनि देउ
एक पल्ट प्रस्ट्याई देउ
कसले गर्र्यो यस्तो बदनाम
किन गरिदैछ नाममा अन्याय
किन भैरहेछ नामहरुको बदनाम

म छक्क पर्छु,
थुक्क ललितपुरे!
चार दोबाटोलाइ सातदोबाटो भन्यौ होइन ?
कत्रो महत्वकाक्षा, चार लाइ सात भन्ने ?
त्यसै सन्तान गणितमा फेल भएका होइनन !
चार बाटोको संगम चौबाटो छ ,
सातदोबाटो किन नि …??

सुनेको छु, देखेको छु, भोगेको छु,
फल चुम्ने पुतली हो ,
रस चुस्ने पुतली हो ,रगिन हुन्छ पुतली,
आकर्षण हुन्छ पुतली
सायद
सायद पुतलीको रंग उड्यो,
र त खुइलिएको छ पुतली सडक

म जोगी होइन

म जोगी होइन प्रेमको,..न फेरी लाउँछु न सिधा लिन्छु
माग्दिन हात थापेर माया,.. बुझेर कसैले दिदा लिन्छु

निश्चल निर्दोष सागर पनि ,..सुकेर गए बगर हुन्छa
बगर झै उदास जिन्दगी यो,झन बित्यो झन बाँच्ने रहर हुन्छ
रहर मार्ने र जवानी माग्ने,. न शिकारी हुँँ म, न भिखारी हुँ
चढिन तयारी मन्दिरमा फूल,..म पनि प्रेमको पूजारी हुँ

मेरो जून बादलुमा

मेरो जून बादलुमा छोपिएर हरायो कि….!!
झुल्की आउँदा क्षितिजैमा रोकिएर हरायो कि..!!

यादको आँधी देखा पर्छ परेलीमा रुपा रारा
आज ऱारा गह भरी पोखिएर हरायो कि….!!

सपनी मै देउसी भैलो

सपनी मै देउसी भैलो बोलेँ जस्तो लाग्यो
बास्ना छैन तैपनि सेल पोलेँ जस्तो लाग्यो

मादलुको घिन्ताङसँगै छिंग छिंग पनि थियो
घुँगरुको होइन थैली, खोलेँ जस्तो लाग्यो ।

देउता आफै बोल्ने मन्दिर

देउता आफै बोल्ने मन्दिर भेटिएन आजसम्म
ढुङ्गा पूज्ने इच्छा फेरि, मेटिएन आजसम्म

घामको झुल्कोभन्दा पैले म नै पुग्छु अन्तु डाँडा
तर किन ? प्रीतको आँगन, टेकिएन आजसम्म

कहाँ लुकिन

कहाँ लुकिन मेरी माया कुहिरोले छेक्ने गरी
खोजी गर्दा आसु झर्‍यो दुनियाँले देख्ने गरी

सँगै यात्रा गर्ने थियो सम्झौता चै हामी बीच
एक्लै लडेँ सडक माझ वटुवाले टेक्ने गरी

सगर जस्तै डड्यो छाती बिछोडमा चोटको बेला
नूनचुक छर्‍यो पिरतीले आलो घाउ सेक्ने गरी

दश मुक्तक (ब्राजिलमा खेल हुन्छ)

१)
ब्राजिलमा खेल हुन्छ नेपालमा कराउने
खेल हेर्नेकै खेल हो हजुर ठाउमै पैसा हराउने
सुकी नहुने नै बाजी राख्छन हिजो आज
मैले थैली खोल्दा किन ? दुनियाँ नै डराउने

२)
धर्ती उही टेके पनि किता फरक भयो हाम्रो
संगै जल्न मरेका थ्यौ चिता फरक भयो हाम्रो
चाहना थ्यो मरे पछी पनि फोटोसँगै नै होस्
श्रद्धान्जली अर्पने त्यो भिता फरक भयो हाम्रो

तन्नेरी आँखा

कविता लेख्दा लेख्दा
हजारौ अनिँदा रातहरू गुज्रिएर
निन्याउरिएका होइनन,
मेरा यी तन्नेरी आँखाहरू…….

मेरो परिवेश
त्यसै त्यसै अनौठो छ,
बातावरण
त्यसै त्यसै अनौठो छ,
म उस्तो कि यी गल्लीहरू ..?

योद्धाका नयाँ वर्षहरू!

समय त्यही हुरी न हो,
आउछ जान्छ….
बिना योजना
बिना तर्जुमा
बिना तथ्याङ्क
बिना नाप नक्शा
पाइलाहरू,
नयाँ वर्षको सङघारमा
उन्मुख्त छन,