बिर्सन कहाँ सक्थें तारा जूनलाई
सरे म त नजिक तिम्रो हुनलाई
धन ल्याऊ कि माया, यो मनभरिको
मन पराउँछौ धरै भन कुनलाई ?
सकिन्छ रे धन त, माया अमर हो
जुनी बित्ने साईनो रोज खुनलाई
मिल्नैपर्छ तालको, नाच्न उफ्रिन्दा
बाजा गाजा नौमती पूज धुनलाई
नारा हाम्रो प्रेमको, ‘दौलत चाहिन्न’
स्पर्श देऊ हिर्दय छोड सुनलाई ।
