Skip to content

“खै त मेरा प्रियतम”

“खै त मेरा प्रियतम”

भेटिनेसुर देखिन गाउमा काफल पाक्दा पनि
क्षितिज पारी प्रियतम जवानीले डाक्दा पनि ।।

शिशिर बित्छ आँशु बनी बसन्तलाई कुरी बस्छु
सिउदो किन खाली हुन्छ कम्मर कसी लाग्दा पनि ।।

प्रकृतिमा लाली चढ्यो म चाँही सानी हुन खोज्छु
छरलङ भो जवानी यो पछ्यौरीले ढाक्दा पनि ।।

भाको छैन इच्छा पूरा दैब परेउ की निर्मोही
कपुत जोडी उडाएर देबीथानमा भाक्दा पनि ।।

एउटै ध्यान प्रियतम देउ एक् चिम्टी सिन्दुर
अधुरो छ मनको स्वाद सयौ फल चाख्दा पनि ।।

– बुद्धी मोक्तान
ताप्लेजुङ,
दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *